मलमास (केटीको दृष्टिकोण बाट )

आज पनि यो रात ननिदाई
बित्ने भो,
मेरो प्यारो सिरानी
तिम्रो छाती,
म संग कहाँ छ र?
लाग्छ,
यो चन्द्रमा बनि
तिम्रो झ्यालबाट तिमीलाई
सुटुक्क चोरेर ल्याऊँ |
मलाई थाहा छ,
तिमीले झ्यालमा पर्दा हाल्न
पक्कै बिर्सिएको छौ |

बिहान नुहाएर आई
श्रिंगार गर्दा,
मेरो श्रिंगार पूरा गर्ने
मेरो सिउँदो भर्ने
ती तिम्रा हात यहाँ छैनन् |
जसो तसो आफैंले
सिन्दुर हाल्छु
ऐनामा हेर्छु
तर,
‘आहा! कति राम्री देखिएकी’
भन्ने तिमी यहाँ छैनौ |
तिमी बिना मेरो श्रिंगार अधुरो छ |
तिमी बिना म अधुरी छु |

मलाई थाहा छ,
तिम्रो कोठा लथालिङ्ग छ,
सामान छरपस्ट छन् |
तर त्यो सबै भन्दा लथालिङ्ग,
तिमी भएका छौ |
तिमी अनि म,
आधा उता, आधा यता ;
चुँडिएर पल पल जिउनु
के फाइदा आखिर?
एक मन लाग्छ,
मेरा बा-आमाले मलाई
‘तेरो घर जा नानि’
भनिदिउन् |
बतास जसरी हुर्रिएर आउथें,
तिमीमा लीन हुन |

मलमासको एक महिना,
कहिले बित्ला आखिर?
तिम्रो मायाँमा डुबेकी म,
यहाँ रुखाएकी छु,
तिमी बिना,
सुकेकी छु, ओइलाएकि छु |
कहिले आउला श्रावण महिना,
अनि म तिमी कहाँ आउनेछु,
तिम्रो प्रेमको वर्षामा भिज्न,
अनि फेरी फुल्नेछु
तिम्रो बगैंचामा
पिरतीको सुन्दर फूल बनेर ||

मलमास कविता केटाको दृष्टिकोण बाट पढ्न यहाँ क्लिक गर्नुहोस्

pic courtesy:bosconos.tumblr.com

Facebooktwitterredditpinterestlinkedinmail

मलमास

गर्मीमा पनि प्यारो लाग्दैन
मेरो ओछ्छ्यान छेऊमा यो चिसो |
रातको यो समयमा,
कालो बादल बिच
लुकामारी गरेको त्यो चन्द्रमा,
तिमी झैँ लाग्छ |
मलाई सुटुक्क चिहाउन आएकी ||

बाहिर तिमीलाई नियाल्दै गर्दापो
म झल्यास्स हुन्छु,
कोठामा पर्दा नलगाएको नि
धेरै भएछ |
तिमी माइत गए देखी,
मेरो होश ठेगानमा कहाँ छ र?
सायद, तिमी चन्द्रमा बनी आउने,
यो मनले अगाडी नै थाहा पायो कि?

कोठा पनि न्याश्रिएझैँ लाग्छ,
पटक्कै उज्यालो लाग्दैन |
तिमी हुँदा,
यो कोठा नि त तिमीसंगै
धपक्क बल्ने गर्थ्यो |
अचेल त लाग्छ
पूरै असारे बादल
मेरै कोठामा मडारिएको छ |
र बर्सन्छ मेरा आँखा बाट,
मुसलधारे पानी |

सबेरै – सबेरै उठी,
नुहाई-धुवाई गरेर,
ती परेली केशका
शीत, जब मेरो जीउ भरि
छर्किन्थ्यौ,
मेरो बिहानी सुरु हुन्थ्यो |
तर,
अहिले चिसो सिरानीले
मेरो तन-मन चिस्याई रहन्छ,
र म परेली झिमिक्क नपारी
हेरी रहन्छु ढोकामा,
तिमीले चोखा शीत ल्याउँछौ कि भनी |

अब कति दिन सहनु
यो एक्लो पना मैले ?
उजाड उजाड लाग्छ,
यी सारा परवेश |
तिम्रो न्यानोपना कतै छैन |
चिसिएर असिना बनी,
टुक्रा टुक्रा भई बर्सन्छु कि कसो?
के तिमी आउँछौ,
मलाई बटुलेर अंगाल्नलाई,
यो उजाड पनलाई लखेट्नलाई,
श्रावण बनी,
हरियो चुरा लगाएर,
मेरो आगनीमा?

Pic. Courtesy: virginieravel.deviantart.com
Facebooktwitterredditpinterestlinkedinmail

Rain, Rain. Come again.

Kathmandu, 2015-06-19

Rain… Aah!! Brings out the child in you. Those days when I was just a kid, I used to get soaked in rain. I never refrained from going out and getting soaked. As I grew up, it sadly got stopped. I started looking myself from adult’s perspective, society’s perspective and so on. In other words, I matured. And no one needs telling what maturity brings. There was no honest and simplest eyeing of the things. The innocence was long gone and you always keep in mind what the negatives are. Fun never comes with 100% fun. There is always a certain amount of risk/negatives in fun. Always. Your way of thinking as a child vanishes. You start to think like an adult. And that’s when you lose the essence of life.

What will you think when a man of around 40 runs wild in rain, happily/willingly? I bet most of us think that he is a crackhead. Not your fault. That’s society’s fault. That’s how we grew up, that’s what we are taught and heard of, that’s how we will react. No society/person should ever have any objection on what you do unless it affects/disturbs them negatively.

I ran like a child in the rain happily today. At first, unwillingly. Later, willingly. Where was my will previously? It was well buried under ‘what will society or he/she/they will think’ rock. I ran because I was close to my home. I thought I could make it on time. But later on, the child in me got sprinkled into life. And what did I do? I took the longer road to my home. While I ran, I never thought of myself or the society or anything. I ran like a child. Every step was filled with ecstasy. Every drop of rain, made me feel more alive. Whatever tensions/problems or the troubles (big or small) I had, were out of the picture. The 24 year old Bhaskar was 10 again. I imagined myself as a child, laughing/shouting, joyous and spirited child with no front teeth. The big bump of my stomach was gone, beard, moustache and whatever made me feel adult were all gone. I saw people watching me. That did not stop me from being who I am or doing what I want.

Whenever I dance or perform silly acts like a retarded seal in my home in front of my mom, she usually says, ‘how will you live your life? Grow up.’ And then I sing to her, ‘यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी’ (I will live my short life like this) sung by Narayan Gopal. ‘Most people die at 25 and aren’t buried until they are 75.’ -Benjamin Franklin. How true is that from Mr. Franklin? What’s the use of existing when you already stop living your life. Of course, living your life does not mean doing silly acts every time. But why should you refrain yourself from doing what you love or what you like?

I loved the run in the rain today. I loved bringing the child in me to life. I enjoyed this rain. I hope whenever I start to die before I live, these kind of things remind me of who I really am. That way, every cell gets rejuvenated and energizes you. Don’t let society decide who you are. You are in charge of your life. You are your own architect. You can live in a cage or refuse to believe that the cage is your home.

Pic courtesy: lifehacker.com

Rain, rain. Come again.

Facebooktwitterredditpinterestlinkedinmail

दाजुलाई चिठ्ठी

आदरणीय/प्रिय दाजु,
ढोग/मायाँ |

             तिमी आदरणीय र प्रिय दुवै छौ, कुनै एक मात्र लेख्न सकिन | ‘ढोग’ गर्या देखेर चाहिं दङ्ग पर्यौ होला, जेठमै दशैँ आएको जस्तो भान भयो होला कसो? आदरणीय लेखे पछी ढोग झुण्डाउंदा अलि मीठो सुनियो के | खैर, छोडौं यो कुरा | ‘Digital age’ मा किन चिठ्ठी लेख्यो भनेर हैरान भएको होलाऊ, हुन्देउ नहोऊ | यो इ-मेल सी-मेल लाई लोप्पा खुवाई दिएको आज | यसरी लेख्दा मायाँ नि उम्लिने रहेछ, मिठास नि बढ्ने रहेछ | मौलिकता कायम रहोस् न, कसो?

जे होस्, हामी यहाँ सन्चै छौं | भूकम्पले हल्लायो, अहिले थाक्यो जस्तो छ | हामी नेपाली नि सार्है ज्याद्रा, मर्न पर्ला बरु घुंडा नटेक्ने | त्यसै बहादुर भनेर कहलिएका होइन रहेछौं हामी | यिनलाई नसक्ने भैयो भनेर सुस्तायो जस्तो छ भूकम्प | अर्को ६०-७० वर्ष पछी आउने योजना बुन्न थाल्यो जस्तो छ | बुनोस्, सक्दो गरोस् | गोर्खालीका सन्तान गोर्खाली नै हुने हुन् क्यारे |

बा-आमा न्यास्रिनु भएको छ | आखिर तिमीले परदेश टेकेको नि ३ वर्ष लागेछ | आफ्नो मुटुको टुक्रा टाढा हुँदा, के मानोस् त मनले? तिमीले नि बुझेकै छौ त्यो कुरा त | बा-आमालाई थाहा छैन मैले चिठ्ठी लेख्या, फेरी पूरा बलिवूड पारा ल्याइदिनु हुन्छ | मैले खुसुक्क चिठ्ठी लेख्नुको कारण चाहिँ अर्कै छ फेरी |

अघिल्लो वर्ष, तिमी १ महिनालाई नेपाल आउँदा त्यहाँको स्टिभले फलाएको चौंथो संस्करणको स्याउ ल्याएका थियौ नि | हो अहिले बजारमा नयाँ स्याउ आ’छ रे, स्टिभ बा त बितिगए तर उनका अनुयायीहरु मिलेर गजबको स्याउ फला’का छन् रे | छैंटौ संस्करणको अझ ‘प्लस’ भनेर निकाल्या छन् रे | हो त्यहि स्याउ तिमीले उताबाट पठाएर मैले यता खाएर म त टन्न मोटाएको सपना देखियो हिजो | हुन त मैले तिम्रो विदेशको दुख नबुझेको कहाँ छु र? सपनाको कुरा पो गरेको त | नराम्रो सपना बिहानै ‘थाप्रेगोठ’मा बस्दा भन्नु भन्छन् | आफ्नो त राम्रो सपना सिधै तिमीलाई सुनाएको | बा-आमालाई नभन ल? मार्नु हुन्छ फेरी |

अब एक वर्ष सम्म एउटै स्याउ खाँदा खाँदा वाक्क भैयो | पोषण नि सक्यो होला भन्छु म त, नहुने कुरा सपनामा देखी हालियो, अब मीठो ताजा स्याउ खाने रहर कता नजागोस् त? पहिलाको स्याउ पाउँदा नि सपनामै देख्या थियो नि | आश त ह्वात्तै बढ्यो त्यहि भएर |  फेरी दाजु तिमी सार्है दयालु सानै देखी | आफुँ घुटुक्क थुक निलेर भए पनि मलाई सानोमा सिंगै चकलेट दिन्थ्यौ | कहाँ बिर्सेको छु र त्यो मैले? किर्तिपुरको भिनाजुले क्याडबरी ल्याईदिंदा, मैले म सिंगै खान्छु भनेर रोए पछी तिमीले घुटुक्क थुक निलेर, ‘ला भाई, नरो.. तँ नै खा’ भन्या थियौ | तिमीले थुक निलेको त मैले त्यो उमेरमा के जान्नु र? तिम्रो रुद्रघन्टी माथि तल गएको याद गरेको थिएँ | के डल्लो होला त्यो भनेर | अहिले आएर पो थाहा भयो त, भान्जा-भान्जी लाई आफुले नखाई चकलेट दिंदा, मेरो नि डल्लो माथि-तल दौडिन्छ | औडाहा भएर होला |

त्यति मात्र कहाँ हो र? नैकापको दिदीले ल्याउनु भएको चिजबल नि म तिमीलाई देखाई-देखाई खान्थे | बडो सन्तोकी थियौ तिमी, गोमाको छोरा नवराज जस्तो | तिम्रो नाम नवराज भएको-भए काइदा हुन्थ्यो | तर ठिकै भो, नत्र बिष्णुको भाई नवराजसंग नाम जुध्थ्यो | एउटै घरमा दुई नवराज के काम? लावण्य देशमा त एउटा मात्र नवराज थियो, रानी चाहिँ दुइटा थिए है | भाउजुलाई नभन नि, मार्नु होला | तर नधाटि भन्नु पर्दा, नवराज जस्तै नै थियौ तिमी | मीठो मसिनो जे थियो खान्थ्यो भन्नु हुन्थ्यो आमा | ढिडोचाहिँ पकाएकै भाडोमा हाल्दिन्थ्यो भनेर हाँस्नु हुन्थ्यो आमा, अझ हाम्रो बा-को भागमै पो झुठो ढिडो फाल्दिएको भनेर आगनमा बसेर कुरा झिक्नु हुन्थ्यो | बित्नु भएको नि ८ वर्ष भएछ | आज त्यो भुक्के मोरा भुक्के छोरो पाएर अम्रिकामा छ भन्न पाएको भए दङ्ग पर्नु हुन्थ्यो होला | भाष्करेको बिहे खाएर मर्न पाए हुन्थ्यो भन्नु हुन्थ्यो | बरा, तिम्रो नि देख्न पाउनु भएन दाजु | संसार निस्ठुरी नै छ |

तर तिमी निस्ठुरी थिएनौ | यत्रो भएँ, अहिले सम्म मलाई पिटेको थाहा छैन | गाली त गर्न परि हाल्यो, म जस्तो चण्डाल भाई भए पछी | म तिम्रो ठाउँमा भए देखि, पड्काई दिन्थे होला | त्यहीं बाट थाहा हुन्छ कि आमाले भने जस्तै दयालु अनि नवराज जस्तै सन्तोकी छौ तिमी | सन्तोकी थियौ भनेर अहिले नि आफैंले प्रमाण भेट्ने गर्छु | तिमीले लाउने पाइन्ट आफुले ‘जडौरी’ लगाउँदा खल्ती जम्मै प्वाल | कसरी सहेर बसेछौ नि तिमीले दादा, अहिले मलाई पारो तात्छ त्यो पतलुन लाउँदा | मलाई गरेको तिम्रो व्यबहार अनि माया सम्झेर नै भन्न सक्थें उही बेला, कि तिमी एउटा राम्रो छोरा र राम्रो बाऊ बन्छौ भनेर | तिम्रो तारिफ गरेर यहाँ बा-आमा थाक्नु हुन्न र तिम्रो हँसिलो गोथे छोरा फोटो/विडियो बाटै देखेर नि थाहा हुन्छ कि मेरो भविष्यवाणी गलत गएन |

खैर, छैंटौ संस्करणको स्याउ आओस् या नआओस्, तिमी नेपाल आउनु भतिज, भाउजु लिएर | बा-आमा लाई नाति खेलाउन औधी रहर छ | तिमीले viberमा पठाएको भतिजको video पूरै गाउँलाई देखाउनु भैसक्यो होला, मेरो नाति भनेर | चांडै नाति काखमा लिने रहर पूरा गर्देउ | अहिलेलाई यत्ति |

ए ए मिठा चक्लेट चाहिँ ल्याउन नभुल है |

उही तिम्रो स्याउले गाला भएको भाई,
भाष्कर ||

Facebooktwitterredditpinterestlinkedinmail

घर-घरको कहानी

यो कथा,
बिछोडको हो,
यो कथा,
मनमा बज्रेको तोडको हो,
यो कथा,
एउटा यस्तो मोडको हो,
जहाँ दुई प्रेमी
एक अर्कालाई जितेर
पनि दुनिया हार्दछन् |
यो कथा,
एउटा यस्तो जोडको हो,
जसको हिसाब बडो बेजोडको छ,
जहाँ एक प्रेमी र एक प्रेमिका
जोड (प्लस) गर्दा
उनका परिवार घट्दछन् (subtract हुन्छन्) |
यो कथाको गणित बेतोडको छ |

यो कथा,
सामान्य हिसाबले सुरु हुन्छ |
एउटा केटा हुन्छ,
एउटी केटी हुन्छे,
दुईको मन मिल्छ |
यो सामान्य हिसाब भयो |
अब हिसाब जटिल बन्छ,
दुईको मन त मिल्यो,
तर,
बाँकी केही मिल्दैन,
जात मिल्दैन,
एउटा तथाकथित्  ‘ठूलो’ जात रे
अर्को ‘सानो’ |
भात मिल्दैन,
चालचलन मिल्दैन,
संस्कृति मिल्दैन,
रहन सहन मिल्दैन,
यो मिल्दैन त्यो मिल्दैन..
मात्र मन मिल्छ, मन..
त्यत्ति मिलेर हाम्रो समाजमा
बिहेको लगन मिल्दैन |
कठै!!

भनिन्छ दुई ज्यान एक हुँदा,
दुई जनाको मात्र मिलन हुन्न,
दुई परिवार एक हुन्छन्,
आफन्त बढ्छन्,
खुसी बढ्छ,
तर त्यो,
यो कथाको सपना मात्र हो,
यसका मुख्य पात्रहरुको रहर मात्र हो |
यहाँ,
अन्य कुरा आधुनिक हुन्छ,
माटोको घरको सट्टा मार्बलको घर हुन्छ,
desktop बाट laptop,
laptop बाट palmtop,
दौरासुरुवाल बाट सुट,
goldstar बाट बुट,
पिरुकाको सट्टा dining table,
लोकल ठर्रा बाट red label,
फलैंचा बाट मोटा मोटा गलैंचा,
आदि इत्यादी हरेक कुरा update हुन्छ,
तर सोच उही,
 केटी-केटाको जात मिल्नु पर्छ,
भात मिल्नु पर्छ |

किन मिल्नु पर्छ त?
“किनभने फलानोले के भन्ला?
ढिस्कानोले के भन्ला?
समाजलाई नाक कसरी देखाउने?
इज्जतको कुरा छ |”

कुन समाजको कुरा गर्छौ ए बा-आमा?
त्यहि, जसले तिम्रो घरमा पर्दा,
आफ्नो झ्यालको पर्दा लाउँछ?
कि त्यो समाजको,
जसले तिम्रो प्रगतिको आरिष गर्छ?
कि त्यो समाजको,
जो आफैँ नालीमा डुबेको हुन्छ,
तर तिमी गनाएछौ भनि हाँसो गर्छ?
समाजका मान्छे सब भेडा हुन् बा-आमा,
तिमी तिनीहरुको हूलमा मिसियौ भने,
तिमी नि भेडा बन्छौ |

जातकै कुरा गर्छौ भने,
दिनदिनै खाने तरकारी फलाउनेको जात सोध,
मिल्छ?
बिरामी भएर अस्पताल जाँदा,
जचाउनेको जात सोध,
मिल्छ?
रगतको कमीले पहेलपुर भएको बेला,
रगत दिने मान्छेको जात सोध,
मिल्छ?
तिम्रो घर बनाउने डकर्मीको जात सोध,
मिल्छ ?
जहाँ जहाँ आफ्नो कामको लागी मान्छे भेट्छौ,
ती सबको जात सोध,
मिल्छ ?
जिन्दगीको हरेक पाइलामा के तिमीलाई
तिम्रै जातको मान्छेले साथ दियो त?
नत्र जातको कुरा नगर..

माग नै गर्ने हो भने,
असल चरित्रको माग गर,
सिप, जोश, जागरको माग गर |
एउटा/एउटी असल मान्छे
मेरो/मेरी छोरी/ज्वाईं होस्
भनेर माग गर |
के जातमा अड्क्या छौ?
“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन |”
ऊ बेला देवकोटाले भन्या कुरा,
मैले सानोमा पढ्दा,
तिमीले नै यसको मतलब बुझाएका होइनौ?
के किताबी कुरा किताबमै सिमित हुने हो त?
त्यसो हो भने,
नेपालको दुर्गति हरेक दिन समाचारमा देख्दा,
या आफैँले भोग्दा,
तिमीले नै भनेका होइनौ,
‘नेपाल उंभो नलाग्ने भो|”
किताबी ‘राम्रा’ कुरा किताब मै सिमित हुँदा,
को चाहिँ उँभो लाग्ला र?

हे,
हरेक माता-पिता,
आफ्नै सन्तानलाई दुखी तुल्याएर
कुन समाजलाई खुसी पार्न खोज्दैछौ ?
आफ्नै सन्तानलाई ‘यसो गर्यो’ भनेर
कुरा त काट्ने छैन त्यो समाजले तिम्रो?
के थाहा?
नालायक समाज त हो,
तिमीलाई खसाल्न अनेक दाउ त खोज्छ |
सबलाई खुसी पार्न सकिन्न बा-आमा,
नत्र आफ्नै जीवनले आफैंलाई टोक्छ ||

Facebooktwitterredditpinterestlinkedinmail

महाभूकम्प गएको रात लेखिएको हाइकु

१.
आजको रात
भुकम्पको कम्पन
के बाँचिएला ?
२.
चौ-तल्ले घर
के छ र अब भर
हाँस्यो जीवन ।।
३.
ऊ फेरी आयो
ए बचाऊ, बचाऊ
चैट जीवन ।।
४.
गयो भुकम्प
‘यति’ हजार मृत्यु
चल्छ जिन्दगी
५.
विदेशी मित्र,
”के छ तिम्रो खबर,
बाँची राख ल?”
६.
डरायो छोरा
‘आमा-आमा’ रुन्छ ऊ
लौन बचाऊ ।
७.
प्रियाको याद
भुकम्पको कम्पन
हल्लियो छाती ।।
८.
अनिदो रात
‘हल्लाउँछ कि फेरी?’
मनको त्रास ।।
Facebooktwitterredditpinterestlinkedinmail

मिटिंग विथ कुमार नगरकोटी

मैले पढाई रहेको कक्षा भित्र टुप्लुक्क देखा परे नगरकोटी जी | चिल्लो तालु टलक्क टल्काउँदै कक्षा भित्र यसरी छिरे कि मानौं  उनी त्यो कक्षालाई राम्ररी चिन्दछन् | चारै तिर उनले नियाँले र लागे सिधै अन्तिम बेन्च तिर अनि थचक्क बसे | कक्षामा गणित पढाई रहेको म, उनलाई देखेर छक्क परें | खाइलाग्दो ज्यानका उनी, केटाकेटीको सानो बेन्चमा बस्न गाह्रो परेझैं मैले अनुमान लगाएँ | दाहिने हातमा ३ वटा औंठी, गलामा रुद्राक्ष र अर्को गरी २ वटा माला झुन्ड्याएका उनी, आँखा चिम्लेर मस्त भावमा ध्यान गरेझैं बसे | सर्टको जस्तो कलर भएको झट्ट हेर्दा कुर्ता जस्तो देखिने सेतो  पोशाक (जुन उनले उनको कथा संग्रह ‘फोसिल’को विमोचनमा लगाएका थिए) मा थिए उनी | ४ वटा कलमहरु, त्यो पोशाकको गोजीमा शान संग विराजमान थिए | ती बाहेक नगरकोटी जी संग अरु केहि थिएन साथमा |

विद्ध्यार्थीहरुले उनलाई देखेनन् कि वास्ता गरेनन् त्यो म भन्न सक्दिन, तर कसैले पनि उनको उपस्तिथिमा आपत्ती जनाएन न त कसैले आश्चर्य नै प्रकट गरे | त्यो म बाट हुन सकेन किनभने म कुमार नगरकोटीको फ्यान थिएँ | म उनको समीप गएँ र दुई हात जोडेर भने, ‘नगरकोटीजी, नमस्कार |’

उनले आँखा पनि नखोली भने, ‘हु आर यु?’

‘आई एम दी ड्याम टिचर अफ दिस भेरी क्लास’, मैले जवाफ दिएँ |

‘त्यो त यो कक्षामा  पछी आउने अर्को टिचरले नि त्यही भन्ला | तपाईंहरुको भिन्नता के त त्यसो भए? ह्वाट मेक्स यु युनिक? तपाईं वास्तवमा को?’ उनले मलाई प्रहार गरे |

त्यो प्रहारको प्रतिउत्तर मसंग केही थिएन | वास्तवमा म को? धेरै बेर सोचे पछी पनि केही फाइदा भएन | ‘आइ वज जस्ट वान अफ दी बिलियनस् अफ कन्फ्युज्ड ह्युमनस् |’

कुरालाई अन्तै मोड्दै भने, ‘म तपाईंको लेख्ने शैलीको ठूलो फ्यान | क्या लेख्नु हुन्छ, त्यो पनि फरक स्टाइलमा | तपाईंको लेखको स्वाद नै फरक छ, पात्रहरुको संवाद झन् गजब छ, चाखी रहुँ जस्तो | दिमाग रन्थनिन्छ एकछिन त तपाईंका किताब पढ्दा | कसरी सोच्नु हुन्छ? के छ तपाईं को दिमागमा?’

‘Mind is an absurd institution, माई फ्रेन्ड |’ यति भनेर चुप लागे उनी |

मैले नै निरन्तरता दिएँ कुरालाई, ‘तपाईंको किताब ‘फोसिल’, ‘मोक्षन्त: काठमाडौँ फिवर’ र  ‘अक्षरगन्ज’ पढेको छु मैले, अरु किताब नि पढ़नेछु |’

‘त्यसो भए लगभग ७-८ सय खेर फाल्नु भयो?’ यति भनेर उनी जोडसंग हासे, मलाई पुलुक्क हेरे अनि लागे विद्ध्यालय भवन बाहिर |

म उनलाई पच्छाउँदै हिडें |

“तपाईंको लेखमा यार्रोगेन्स (arrogance) झल्किन्छ, र त्यो नै तपाईंको सुन्दर पक्ष हो | तपाईं लेखनको कुनै रुल्स फलो गर्नु हुन्न र पाठकलाई च्यालेन्ज गर्नु हुन्छ, ‘लभ मी अर हेट मी, मलाई बाल | दिस इज मी |'”

मैले उनको किताब पढेर उनलाई कति बुझेको छु भनेर प्रस्तुत गरें |

‘टेक अ सिगरेट एंड सट योर ब्लडी मौथ’ भन्दै उनले एक खिल्ली खुक्स म तिर तेर्साए | मैले ‘नाइँ’ को संकेत गरेपछी उनले एउटा सल्काए र पर क्षितिज सम्मको क्यानभासमा धुँवाको रङ्ग पोते |

‘लिसन, आफ्नो ड्रिम चेज गर्दा अरुको सुन्नु नै हुन्न | कि त अत्याउंछन् कि त मत्याउंछन् | आत्तिनु र मात्तिनु दुवै हानिकारक छ’, भन्दै अझ बाक्लो धुवाँले गाढा पेन्ट गर्न थाले |

‘आफ्नो ड्रिम चेज गर्न तपाईले टिचिंग पेशा नै छोड्नु भयो रे होइन?’ मैले सोधें |

‘एस, यु हर्ड इट राइट’ भन्दै पेंटिंगमै तल्लिन भए उनी, अझ गम्भीर हुँदै |

‘मेरो प्रिय लेखकसंग भेट हुँदा एउटा सेल्फी त पक्कै हान्न पर्यो नि|’ भन्दै मैले आइफोन ४ एस झिकें र हाम्रो दुई टाउकामा क्यामेरा फोकस गरें |

रेडी १..२.. ३..

*फुऊऊउ*

*क्लिक*

ठ्याक्क क्लिक हुने बेलामा उनले चुरोटको धुवां फोनतिर फ्याँके | सेल्फीमा अब स्मोक बढी भयो | तस्बिर चिनिन गाह्रो पर्यो |

‘ह्वाट अ पिक्चर, स्मोकिंग हट सेल्फी’ भन्दै जोडले हाँसे उनी |

म पनि खिस्स हाँसें | तर किन? मैले चाहेको सेल्फी त खराब भएको थियो |

‘ल त बडी, आइ निड टु गो’, भन्दै उनी फेरी विद्ध्यालय भवनमा पसे र अर्को कक्षाको ढोका खोली भित्र पस्न लागे |

मैले उनलाई रोकें, ‘नगरकोटीजी, तर तपाईं त पढाउन छोडी सक्नु भएको होइन?’

‘हो |’ मेरो आँखा बाट गायब हुनु अघि उनले भने | ‘म त यो कक्षामा मैले बिर्सेको पुरानो ‘उखान’ खोज्दै छु | नाउ, डु नट डीस्टर्ब मी’

म सोचमग्न भएँ | त्यो ‘उखान’ उनको कथाको पात्र उखान विक्रम मल्ल थियो कि साँचैको उखान? मल्ल उखान त भेटिएको थियो अन्त्यमा | आखिर कुन उखान खोज्दै छन् उनी?

एक पटक फेरी कुमार नगरकोटीले मेरो दिमाग रन्थन्याइ दिएर गएको कुरा मैले पछी मात्र बुझें |

———— समाप्त———–
( यो सब कुरा सपनाको हो | दिस लेजेन्डेरी स्टोरी टेलर केम टु मिट मी इन माई ब्लडी ड्रिम | )

Met fiction designer Mr. Kumar Nagarkoti at Shilpee Theatre while me along with my friends were there to watch ‘Laato Pahad’ (superb drama) . One of my favourite writers, Mr. Nagarkoti, was just there and here it is, the picture. 


Facebooktwitterredditpinterestlinkedinmail

Some candles that you don’t want to burn

 What if someone gifts you candles? One might argue that gifts are not meant to be burned. Fair enough. But what if your country has abundant power cut that you are compelled to light those candles in case of an emergency? To relish gifts, may well depend upon the person who gifted it. If one likes the person that gifted the presents then there is a fair chance of gifts being cherished and saved for future no matter what.
Today, as I was going through my old stuffs, I found this wonderful gift which was almost forgotten by me. Some two and a half years ago, I got a surprise gift from one of the people whom I admire the most. Yes, I got candles. Artistic, handmade beautiful candles of different shapes and sizes. There were three of them and each was equally lovely.
The candles came in a box labelled as ‘To my dearest brother’ and there was also a letter in it. Before I could open it, there was another message in the box – ‘Smile before you open the letter’. That message never gets old. Every time, every single time, I have automatically smiled before opening it and so I will. Moreover, the letter inside is also one of the sweetest ones I have ever received.

In the letter, there is a request to not burn the candles in the loadshedding tormented hours. Clearly that’s more a humour than the request. Because I needed no such appeal for that. Those candles when lit may illuminate the dark hours due to loadshedding for a moment or two but when left as they are, will illuminate my many more dark hours of the life in the future. The much needed affection, smile and warmth will be served every time I behold these candles. It’s hard to believe that the unlit candles possess more power than the lit ones to lighten someone’s life.  
 
What does a man need? He simply needs love and a simple reminder that somewhere someone is putting all their efforts to make him happy. These candles and letter are just that. They are a reminder to me that no matter how life turns to be, no matter how fast I run, I will always be loved and I will always find someone waiting for me to share the moments. Whenever I pause in this fast paced life, looking for an inspiration, looking for that extra support or the much needed love and assurance, I will always find these unburnt candles to light up my life.

Here’s to my dear sister whose candles will always light up my world without being burned. Cheers!

Facebooktwitterredditpinterestlinkedinmail

Home

As you come home from your work, 
all tired, 
and you smile at me
realizing that you are home, 
you look beautiful.

And when you reach for me, 
and hug me
like we have been parted for years, 
nothing seems more beautiful. 

Your warmth,
your aroma, 
your soft silky hair, 
and the taste of your lips, 
makes me realize that 
I am finally home too. 

Without your dulcet voice, 
without you being there, 
home does not feel like home. 
Your laughter, 
the sound of your anklets, 
you calling me ‘baby’, 
your fragrance, 
your presence, 
is my home. 

With you beside me, 
as we gaze into the night sky,

counting stars, 
I realize
“Eternity was never too short before this.”

Facebooktwitterredditpinterestlinkedinmail

Will you still be mine?

Five years from now,
you will be a lady.
You will marry:
not only the man
but his family,
his misery n ecstasy,
his flaws and his perfection.
You will build patience
and devotion.
Each day,
you shall be radiant
and you shall shine.
But will you still be mine?

Fifteen years from now,
you will be a mother.
You will have a couple of kids.
You will learn to:
compromise and sacrifice.
You will be softer, kinder and stronger.
And you will also try to be harder.
Happiness will no longer be abstract.
You will be complete
and you shall look more divine.
But sweetheart, will you still be mine?

Thirty years from now,
you will have lived an era.
You will be wise and insightful.
Your children will look at you
and be inspired.
You will remember your parents
and smile a little inside.
You will have wrinkles
plus your hair will turn grey.
Those signs of ageing
will never matter, hey.
Because by then,
You will have achieved everything
and the whole world will be thine.
But love, will you still be mine?

Forty years from now,
you will have grandchildren by your side.
You will realize that heaven
is not somewhere in the sky.
You will look at those kids and
thank the almighty
for the years that passed by.
You will have nothing to regret
and every moment you’ll feel satisfied.
Kids, grand kids, laughter n love
will be your ultimate wealth
and your cloud nine.
But my dear, will you still be mine?

Facebooktwitterredditpinterestlinkedinmail