ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
ऊ नै गोविन्द, म नै गोविन्द – मनै गोविन्द – सबै गोविन्द

Musings of the lost poet
ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
तिमीले निकालेका हरेक वाणी हाम्रालागी गीत भन्दा प्यारो छ। हामीले सिकाएको दुईचार शब्द बोलिहाले पनि हामीले नबुझ्ने भाषामा तिम्रो दोहोरो संवाद जारी छ। एकमनले लाग्छ तिमी चाँडै ठूलो होऊ, चाँडै हाम्रो भाषा बोल्ने होऊ। अर्को मनले लाग्छ तिमी सानै भईराख, सरसपूर्ण कलिलो भाकाले हाम्रो जिन्दगीमा तिमी देववाणीमा गीत गाईराख। हाम्रो चाहना जेजस्तो भएपनि एकातर्फ परिवर्तनशील संसारको रीत छ, अर्को तर्फ तिम्रा सुनिरहूँ लाग्ने निश्चल गीत छ। यो कस्तो समय हो छोरा, जीवन प्रति अहिले नाप्नै नसकिने असीम प्रीत छ।
त्यो ‘ आ…मा..’ शब्द सुन्ने बित्तिकै तिम्री आमाको मुहारमा अलौकिक आनन्द र खुसी देखें । सायद तिमीले ‘ बाबा ‘ भनेर शब्द उच्चारण गरेको भए मेरो खुसी त्यो बिन्दुसम्म पुग्ने थिएन जति तिम्री आमाको पुगेको थियो।
मेरो एउटा साथी थियो। नामले निर्दोष कामले फटाहा। यो कुरा हामी कक्षा ६, ७ र ८ हुँदाको हो। कक्षा ६मा म जिन्दगीमै पहिलो चोटी विद्यालय परिवर्तन गरी अर्कोमा गएको थिएँ। दोस्रो विद्यालयको पहिलो दिन, युनिफर्म नलगाएको कारण म असेम्ब्लीबाट निकालिएँ। असेम्ब्लीबाट निकालिनु पूर्व, मेरो नयाँ विद्यालयको नयाँ साथीसँग भेट भएको थियो। ऊ पनि विद्यालयको सिमेन्टको […]
हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँकै डाँडा-काँडा हुन् या पर बिकटका ठाउँ या विश्वका जुनसुकै ठाउँ हुन्, जताततै – मान्छेहरुले बाटो बिराउने अस्वभाविक होइन | हाईकिङ्ग र ट्रेकिङ्गका क्रममा हराएर बेपत्ता भएका सयौँ मानिस यसका दृष्टान्त […]
याद है तुम्हे वह शादिकी रात? बरसों कि तमन्ना जब पूरी हुई थी, तुम और मैं – लिपट के एकदूजेमेऐसे खो गए कि पता ना चला सुबह कब होगया । मैं आज भी, हर रोज – जबअपने आंखे खोलता हूं – तुम्हे उसी दुल्हन के रूपमें पाता हूं । जब रातकी बातें सब याद […]
सायद म दुई-तीन कक्षामा पढ्दाको कुरा हुँदो हो, नेपाली किताबमा निबन्ध लेख भनेर ‘मेरो गाई ‘ शीर्षक थियो । आफ्नो गृहकार्य गर्ने कापीमा मैले त्यो निबन्ध लेखेँ या लेखिन, मलाई कुनै सम्झना छैन । तर मैले त्यो शीर्षकमा निबन्ध चाहिँ एउटा डायरीमा लेखेको थिएँ । एउटा पुरानो डायरी थियो हाम्रो घरमा । त्यसमा बुवाका लेखहरु […]
बाल्यकालको तस्वीर,मेरो बा, उहाँको कलिलो छोरोअनि पछाडी साइकलमा सवार कान्छो दाहाल,त्यो पहेंलो तोरीबारीमा कति खुलेका । त्यो भन्दा नि खुलेको छ,मेरा बाको सेता दन्त लहरासायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाईत्यो पहेंलो सर्ट लगाउने सानो मनुवा फेरी लाग्छ,मेरा बाको नजरमाती फुलेका फगत पहेँला फूल होइनन्ती त उनकै पुत्र हो ।मेरा बाले […]
त्यो क्षितिजमा भेट मलाईजहाँ साँझले रङ्ग पोत्दै छफाल्गुणको शीतल बतास बनि आऊअनि खेलौँला हामी प्रेमको होलीसातैवटा रङ्गहरू प्रकृतिसँग उधारो मागी त्यो गगनमा भेट मलाईजहाँ निशाले ताराहरु बिस्कुन लगाएकी छिनपुर्णिमाको चन्द्रमा बनि उदाउँदै आऊअनि छर्नु कालो रातमा मधुर मुस्कान भाष्करसँग थोरै प्रकाश उधारो मागी त्यो बिहानमा भेट मलाईजहाँ कर्कलाले शीतलाई मोती बनाएको छचरी बनि भुर्र उडेर आऊअनि […]
आज साँझ पशुपतिनाथ पुग्दामलाई बाको झल्झली सम्झना आयोसायद बाले पनि सम्झनु होलामलाई अनि पशुपतिनाथलाईर पशुपतिनाथले पनि बालाई |सधैँ बेलुकी जो जानु हुन्थ्योभगवानको दर्शन गर्न |एउटा भक्तको सम्झना भगवानलाई किन नआउँदो हो?एउटा भक्तलाई भगवानको सम्झना किन नहुँदो हो? आज,पशुपतिनाथलाई एकटक हेरिरहँदामलाई, बासँग परस्पर भेट भए जस्तै भयोन्यानो अनुभूति भयोसायद, बाले पनि पशुपतिनाथलाई छातीमै टाँसेरअमेरिका जानु भएको […]