City of Dreams: Book Review (Not exactly)

City of Dreams: StoriesCity of Dreams: Stories by Pranaya SJB Rana
My rating: 4 of 5 stars

Pranaya Rana’s story telling is too good to be called a debutant’s work. Having read only Samrat Upadhyaya’s works long ago, I started long ago to ignore Nepali writers writing in English. A lot of English books written by Nepali writers are stacked in my book shelf and I think it’s time to kick out my ignorance.

Coming back to Pranaya and his book, I think this is one of the best collection of short stories. Out of ten stories, three stories (Dashain, The Red Kurta and Maya) left me disappointed while other stories are the early signs that ‘this writer’ will not only be better with time but will mark his place high as a writer, as a whole.

I am not going to review each story here. But I recommend everyone to read this book.

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी सकेर म फ्रेस हुन बाथरूम छिरें |
फ्रेस भएर निस्केपछि, हजुरआमाले मेरो बिहेको कुरा झिक्नु भयो | ‘बाबु, अब नातिनीबुहारी भित्र्याउने इच्छा छ |’ आलु ताछ्दै गर्नु भएको आमा मलाई हेरेर मुसुक्क हास्नु भयो | ‘हामी यसरी आएको बेला, नातिनीबुहारीले बनाएको खाजा खान पाए कति आनन्द आउँथ्यो | ‘ हजुरआमा भन्दै हुनुन्थ्यो |
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो |
नलजाउँ भन्दा भन्दै पनि हल्का तातो भयो मेरो गाला | लजालु मुस्कानले ओठ फराकिलो भयो |
‘भर्खर त २५ वर्षको भएँ | राम्रो जागिर अनि पढाई पूरा गरेपछी त हरेक इच्छा पूरा भैहाल्छ नि हजुरआमा |’ मैले भने | ‘अब २-३ बर्ष पर्खिनु न |’
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अवस्थाबाट मलाई निकै पटक पार गराईसक्नु भएको थियो उहाँले | मैले आमालाई आँखाबाट नै धन्यवाद दिएँ |
उहाँले बुझ्नु भयो; मुस्काउनु भयो |
‘अचेल त केटीको खडेरी नै छ बाबै | झन् बाहुनी केटी त भेट्नै गाह्रो | अन्तरजातीय बिहे हुन थाले धेरै, त्यसमाथि लभ नगर्ने केटा-केटी भेट्नै गाह्रो | अहिले देखि नै खोजीरहे बरु बिहे गर्ने बेला सम्म ठिक्क भेटिन्छ नत्र ढिला हुन्छ |’ हजुरआमाले देखेको कुरा व्यक्त गर्नु भयो |
मैले केहि भन्नु अघि नै माइजुले थप्नु भयो ‘हो, मेरो भाईको बिहे गर्न त्यस्तै भयो | केटी खोजेको १.५ बर्ष पछी बल्ल बल्ल बिहे भयो | ख्याल गाह्रो भो!! कि त चाँडै खोज्नु पर्छ कि त भान्जा आफैले खोजे राम्रो |’
‘कि तिमीले नि लभ गर्या छौ बाबु?’ हजुरआमाले फ्याट्टै सोध्नु भयो |
आमा मलाई हेरेर हास्नु भयो | बेला-बेला लुकी लुकी कुरा गरेको अनि राती खास-खुस फोन गरेको ४-५ पटक भेटी सक्नु भएको थियो उहाँले | को हो भनेर एक चोटि सोध्नु भएकै पनि हो | साथी भनेर टारी दिएको थिएँ | आमा त पर्नु भयो, के लुक्थ्यो उहाँ बाट कुरा? ढाँटे पनि, हाउभाउले पत्तो लाइसक्नु भएको थियो | त्यसैले
अहिले मलाई हेरेर के जवाफ दिन्छ भनेर केहि नबोली हाँसी मात्र रहनु भयो |
‘त्यस्तो केहि छैन हजुरआमा’ मैले आँखा नजुधाई भनें | आमा तिर यसो आँखा सन्काएँ | आलु ताछी, काटी सकेर आलु पखाल्दै उहाँले भन्नु भयो ‘अहिले सम्म त त्यस्तो केहि छैन भन्छ | रहेछ भने नि जातकै रोज्या भए झन् बेस हुन्थ्यो |’ आमाले मेरो कुरा बुझेर आफ्नो कुरा अघि सार्नु भयो | म मुस्काए; एक त उहाँले हजुरआमाको
प्रश्न बाट मलाई बचाउनु भयो | अर्को, उहाँले रोजेको केटी स्वीकार्ने जस्तो कुरा गर्नु भयो | आखिर ऊ पनि त बाहुनी नै थिई | अर्कै जात भएको भए फसाद हुने रहेछ |
‘जात भनेर नि नहुने रहेछ, तल्लो घरे कृष्णको जेठी बुहारी कुजातकि थिई | पहिले हेप्नु हेपे त्यसलाई, कान्छी बुहारी जातकै ल्याए | अहिले कान्छीले देखी नसहेर त्यहि जेठीसंग बस्या छन् | उसैले मान-सम्मान, माया गर्छे रे | आखिर सबै भन्दा ठूलो कुरो माया नै रहेछ |’ माइजुले भन्दै जानु भयो | ‘मर्ने बेलामा दुई छाक खान र हसिंलो
मनले पानी दिने मान्छे भए त्यहि लाख हुने रहेछ | सम्पति अनि आफ्नै जातको बुहारी भएर नि आखिर के पाए त तिनले? आखिरीमा त्यहि ‘कुजात’ भगवान भई |’ आमाले माइजुको कुरा सुनेर च्व:च्व गर्नु भयो |
‘के जमाना आयो यस्तो खै’ भन्दै हजुरआमाले खुईइय: सुस्केरा हाल्नु भयो | ‘तिम्रो राम्रो होस् बाबै, हाम्री छोरीले सुख पाओस् |’
त्यो कुरालाई मोड्दै मैले भने, ‘हजुरआमाले नातिनीबुहारीले पकाएको खाने इच्छा गर्नु भएको होइन? त्यो त पछी पूरा होला, अहिले नातीले पकाएको चाख्नु है त |’ यति भनेर चुलोमा कर्हाई बसालें | आमाले पखाल्नु भएको आलु पकाउन ठिक्क भएँ |
‘हामी छदाँ-छदैं कहाँ तिमीले पकाउने बाबु? छोरो मान्छे भएर |’ हजुरआमा कड्किनु भयो | माइजुले पनि हो मा हो मिलाउनु भयो | ‘माइजु आएको बेला कहाँ भान्जाले पकाउने कुरा गर्नु भएको बाबु ? अरुले के भन्लान्? छोड्नुस् म पकाउँछु |
‘पकाओस् न त भाउजु, कति काम गर्नु हुन्छ? आज भानिजले पकाएको चाख्नुस | उसलाई बेला-बेला पकाउने जाँगर चल्छ |’ आमाले यसो भन्दा मैले तेल तताउन हाली सकेको थिएँ | मैले आमाको कुरालाई साथ दिएँ | माइजु अफ्ठ्यारो मानेर बस्नु भयो |
तेल तातेर मेथी र खुर्सानी फुराएँ मैले | अनि आलु झ्वाईंय बनाएँ | यो सब हजुरआमाले बडो चाख मानेर हेरी रहनु भएको थियो | भन्नुभयो ‘केटा मान्छेले पकाएको कस्तो नसुहाउने | के जाँगर चलेको हो यो नातीलाई |’ म फिस्स हाँसे |
‘नसुहाएर भयो त आमा? कहिले काहिँ गाह्रो साह्रो पर्दा, केटाले यस्तो जानी रहे घरमा कत्ति सजिलो हुन्छ | हजुरको छोरालाई त पानी तताउन पनि आउंदैन | म बिरामी भएको बेला कति गाह्रो हुन्छ |’ माइजुले अमिलो मन लगाएर भन्नु भयो |
‘ हो त, मलाई नि छोरोले पकाई हाल्छ भनेर ढुक्क छ | त्यसैले त एक-दुई दिन माइत बस्दा, कतै जाँदा, ढिलो हुँदा अनि बिरामी पर्दा पनि घरको चिन्ता लिनु पर्दैन | उसले पकाउन नजानुन्जेल मलाई कस्तो गाह्रो थियो |’ आमाले सन्तोकको श्वास फेर्दै भन्नु भयो | ‘अहिले आनन्द छ |’
‘त्यसो भनेर हुन्छ? आफ्ना सजिलाको लागी छोरा मान्छे लाई दुख दिन हुन्छ? उनीहरु त पढ्ने, जागिर खाने पो हो त | घरको काम त छोरी मान्छेले गर्ने हो |’ हजुरआमाले अलि कडा श्वर गर्नुभयो |
यतिन्जेल मैले नून बेसार हालेर आलु बिस्तारै चलाउँदै थिएँ | माइजु चुप रहनु भयो | आमा केहि बोल्न खोज्दै हुनुहुन्थ्यो मैले बीचमै काटें, ‘त्यसो होइन नि हजुरआमा, पहिले पो छोरी मान्छेलाई पढाउँदैन थिए | त्यहि भएर छोरी मान्छे कुटो-कुच्चो गर्न बाध्य थिए |’ मैले आलुमा जीराको धूलो छर्दै भने | ‘अहिले त छोरा-छोरी बराबरी
छन् | पढ्ने लेख्ने, जागिर खान जाने, सबै संगै गर्छन् | दुवै थाकेर घर आउँदा अब त छोराले पनि बुझेर छोरीमान्छेलाई घर-धन्दामा सघाउनु जरुरी छ |’
एकफेर आलु मजाले चलाएर माथि बाट मैले प्लेटले छोपिदिएं अनि आगो अलि सानो पारें |
माइजु अनि आमाले मेरो कुरा सुनेर मनमनै स्याबास भने जस्तै भान भयो मलाई | म गमक्क परें | उता हजुरआमाले केहि सोचे जस्तो गर्नु भयो र भन्नु भयो ‘नातिनीबुहारीले सुख पाउने भई उसो भए |’
सबै जना हास्यौं |
एकछिन पछी आलु पाकेको सरर बास्ना आयो | मैले पुन: एक चोटी आलुलाई ओल्टाई पल्टाई पारें र ग्यास चुलो बन्द गरिदिएँ |
आमाले सबैलाई भाग हाल्नु भयो अनि सबै भन्दा पहिले हजुरआमालाई दिनु भयो | हजुरआमाले तात्तातो आलु फु: गरेर खानु भयो | मैले उहाँलाई ठुला आँखाले हेरी-रहें |
‘भोली घर फर्कने बेलामा पनि यस्तै मिठो आलु पकाउँछौ नाती?’ उहाँले हासेर सोध्नु भयो |
‘फेरी छोरा मान्छेलाई नै पकाउन लगाउने हजुरआमा?’ मैले हाँसेर सोधें |
सबै जना खुलेर हास्नु भयो |
‘लाटा!’ हजुरआमाको नजरमा थोरै ग्लानी छल्की रहेको थियो |
Facebooktwitterredditpinterestlinkedinmail

दुलहीलाई चिठ्ठी

प्रिय दुलही,
माया |
सानो हुँदा तिमीले सोचेकी थियौ होला कि एउटा राजकुमार घोडा लिएर तिमीलाई लिन आउनेछ र लिएर जानेछ तिमीलाई यस्तो स्वप्न महलमा जहाँ तिमी सुखी र सम्पन्न हुनेछौ | उमेर बढ्दै जाँदा, राजकुमारको स्वरूप परिवर्तन हुँदै गयो होला या भनौं ‘राजकुमार’ त केवल ती बाल-स्मृतिमा मात्र सिमित भयो | त्यो मीठो सपना र अहिलेको तीतो यथार्थको मिश्रण नै जीवन हुन पर्छ | सायद, अब तिमीले मीठो सपना तीतो यथार्थसंग घोलेर दिनहुँ पिउनु पर्छ |
प्रिय दुलही, तिम्रो मागी विवाह हुँदै छ भने तिम्रा लागी हरेक चीज नयाँ छ | घर, परिवार, इस्ट-मित्र सब नयाँ हुने नै भए, त्यस माथि जो संग जिन्दगी बिताउने हो ऊ पनि नयाँ | सोच्दा नै आंग सिरिङ्ग हुन्छ | बिहे अगाडिको हलुका परिचय र चिनजान के काफी होला एउटा मान्छे चिन्न? बिहे गर्ने भनेर चिनजान गर्दा त जो कोहि पनि राम्रो बन्न र देखिन खोज्छ | के देखावटी परिचयको आधारमा पूरा जिन्दगी बिताउन सकिन्छ? हुन त यो कुरा द्वैपक्षीय हो तर सारा त्यागेर अपरिचित संसारमा जाने नारी हो | सुन्दर भविष्यको वाचा एउटा नमीठो धोका रहेछ भने? यस्तै प्रश्नहरुले तिम्रा कदम अनि मन भारी हुँदो हो | ती मनका गह्रुँगा बादल, कति दिन सम्म पानी बनेर आँखाबाट बर्सी रहन्छन् त्यो तिमीले आफैले भोगेकी छौ | केवल आँसु अनि अलि कति आशा बोकेर तिमी उज्यालो भविष्यको खोजीमा लम्किन्छौ ती लामा अन्धकार गल्लीहरु छिचोल्दै | कसले भन्यो तिमी कमजोर छौ?
यदि तिम्रो प्रेम विवाह हुँदै छ भने तिमीले आफ्नो ‘राजकुमार’लाई त चिनेकी हुन्छ्यौ तर बाँकी परिवेश त बिरानै हुन्छ | जस्तै रोजेर बिहे गरे पनि के उसको माया आमाको माया जस्तो निस्वार्थ होला? के उसको माया बुवाको प्रेम जस्तो स्वच्छ होला? आज सम्म एउटी घरको छोरी भएर रहेकी मान्छे, बिहे लगत्तै अर्को घरकी ‘आमा’ हुन पर्दछ | सबैको हेर-चाह, ध्यान अनि ख्याल राख्नु पर्दछ | तिम्रो हेर-चाह कसले गर्छ दुलही? एक्कासी केहि दिननमै परिवर्तन भएको त्यो भूमिकामा तिम्रा सुक्ष्म गल्ति नजरअन्दाज होला? के तिमीले आफ्नो ‘माइती’मा जस्तो निर्धक्क गल्ति गरेर त्यसलाई सच्याउने मौका त्यहाँ पाउने छौ? डर नै डर बीच खरो उत्रिन पर्ने यो कस्तो परिक्षा हो?
त्यसैले, उमेर संगै बिहेको परिभाषा बदलिँदै रहन्छ होला | न त बिहे सुन्दर सपना भई रहन्छ, न त तिमीले बिहे गर्ने दुलाहा ‘राजकुमार’ | न त घोडा चड्ने रहरले आमाको न्यानो काख बिर्स्याउंछ न त पतिको प्रेमको चाहले पिताको माया खल्बल्याउँछ | बालापनको सारा स्वप्न पग्लिंदै जान्छ र एउटा मात्र चाहना बाँकी रहन्छ; बिहे गर्ने केटा र उसको घर असल परुन् | सायद, त्यहाँ पाउने खुसी र प्रेम नै वास्तविक सम्पन्नता हो र पतिको मायालु वचन/व्यवहार उसको सुन्दर छहारी | आफ्नो सारा सुखसयल छोडी दुई टुक्रा खुसीको चाह राख्दै आफु जन्मे हुर्केर्को, आफ्ना कलिला हाँसोले पोतिएको घर चटक्कै छोडी जानु पर्ने कस्तो कर्म तिम्रो दुलही?
प्रिय दुलही, तिम्रा मुठ्ठीमा कैद असंख्य सपनाहरुले निकास पाउन् | पतिको न्यानोपना र अन्य सदस्यको मीठो व्यवहारले तिनलाई मलजल गरी रहून् र फुल्न सकोस् तिम्रा सपना तिम्रा आँखामा, ओठमा र तिम्रा पवित्र कोखमा | तिमीलाई व्यैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना | तिमीले आफ्ना खुसीको तिलान्जली दिन्छ्यौ र त चलेको छ यो संसार |
उही, 
भाष्कर |
source: pinterest.com
Facebooktwitterredditpinterestlinkedinmail

फिरफिरे: book review

PhirphirePhirphire by Buddhisagar
My rating: 3 of 5 stars

दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले ‘कठै’ भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |

समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन ‘किताब पढी सक्कियो’ भनेर खिन्नता हुन्न | अझै पढ्ने चाह पनि हुन्न | त्यो हिसाबमा यो किताब लेखकको पहिलो उपन्यासको दाँजोमा पछारिएको छ | व्यापारिक रूपमा बुद्धिसागरको मीठो भाषा र छविले गर्दा केहि सफलता हासिल गर्ला | पुस्तक प्रवर्धनले पनि ठूलो भूमिका खेल्ला | तर, किताब विश्लेषकले यो किताबलाई निकै अब्बल दर्जाको किताब भन्ने सम्भावना न्यून छ |

फिरफिरे नराम्रो किताब भने होइन | बुद्धिसागरको लेखन अनि भाषाले छुन्छ भने यो किताबले त्यति धेरै निरास नपार्ला | तर कर्णाली ब्लुज पढेर लेखकबाट अझ उत्कृष्ट किताबको आशा छ भने त्यो यो किताबले पूरा नगर्ला | ‘Goodreads’ मा review लेख्दै छु त्यहि भएर किताबलाई ५ मा ३ अंक दिएको छु | (५००+ पर्ने किताब) बजेटले साथ दिन्छ भने र बुद्धि दाईको जबर्जस्त fan हुनुहुन्छ भने यो किताब (नछुटाउनु होला त भन्दिन) पढ्दा हुन्छ |

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

Book Review: The Old Man and the Sea

The Old Man and the SeaThe Old Man and the Sea by Ernest Hemingway
My rating: 4 of 5 stars

This is a great story of struggle, patience and hope. It hooks the readers to the story; the characters and setting come alive in reader’s mind as if they were real. Only drawback this book comprises is that it’s a tad complex read for those who are not familiar to the tools and terms of fishing. I struggled a bit to have a smooth ride. Other than that, it is a fantastic read. Everyone should go through this book at least once in their lifetime.

Spoiler Alert: ( Following paragraphs contains the summary of the book):

Hemingway’s last piece of fiction, ‘The Old Man and the Sea’ is about an old fishermen who goes 84 days without catching a fish. Abandoned by his young apprentice, Manolin (due to his parents’ pressure), Santiago goes distant in search of fish. After a great deal of patience, he finally manages to have his bait on Marlin, a big beautiful fish. He struggles to keep hold of Marlin for couple of days and nights. In this period, he thinks of ball game and the young boy, dreams of African lions, talks to himself and also the fish calling it ‘the brother’. Next day, he manages to stab the fish and straps it at the side of the skiff and heads home thinking about the market value of the fish.

During the journey back to home, he has to deal with many sharks as they come for Marlin. After the battle with some sharks, he argues with himself if he has created a sin by killing the fish and the sharks. As night approaches, he fails to defend and only the skeleton remains at the sunrise.

He heads home disappointed and exhausted and throws himself on the bed. Manolin as always comes and checks the old man’s place and cries upon finding him safe. He brings him coffee and newspaper and they talk of fishing together. People and fishermen outside regret to find the big fish eaten by Sharks and sympathize for the old man.

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

सपना

बालापनको सपनाको भित्तो च्याती
जब बाहिरिन्छ ऊ,
पछाडि फर्केर एक थोपा आँसु झार्दैन |
ती सपनाहरु मरेका
कैयन दिन भइसके |
केवल तिनका अस्थिपन्जरले
उसलाई तर्साइरहेथ्यो;
आज ऊ,
आफ्नै ‘मिठा’ सपनाको संसारबाट
‘उम्केर’ निराश छैन |

हरेक रात बाँच्न नसकेका  सपनाहरु
न्याय माग्न उसका निन्द्रा बिथोल्छन्;
अब अर्को सपना बुन्न
उसको आत्मबल हारिसक्यो |
त्यहि पनि केहि आशा बटुली
केहि ‘तरल’ सपना मुठ्ठीमा कसी
भाग्य बनाउन खोज्छ ऊ |
संघर्षको हिँडाई धेरै वर्ष हिँडेपछी
हत्केला खोलेर हेर्दा –
सपना, औंलाको कापबाट चुहिएको बर्सौं भएछ |
सपनासँगै अलप हुन्छ उसका उमेर अनि रहर |
पर क्षितिजमा डुब्न लागेको घाम हेर्दै गर्दा,
उसका बुढो आँखाले धमिलो दृष्य देख्छ
आफ्ना बचेका सपनाहरुले डाँडा काट्दै गरेको |
त्यस बखत,
खुब माया लागेर आउँछ उसलाई,
उसका अपूर्ण स्वप्नहरुको |  

Facebooktwitterredditpinterestlinkedinmail

सहनशीला सुशिला

सहनशीला सुशिलासहनशीला सुशिला by भीमनिधि तिवारी
My rating: 4 of 5 stars

भीमनिधि तिवारीद्वारा लिखित पुरुषवादी समाजको पर्दा उघारेको यो नाटक पठनीय छ | जुवा खेल्न पल्केको पतिको दुर्व्यवहारबाट गुज्रिने सुखमा हुर्केकी कर्नेलकी छोरी सुशिलाको सहनशीलता नै यो नाटकको सार हो | सुशिला माथिको क्रुरताले मन कटक्क बनाउँछ | र त्यो हाम्रो समाजको नाङ्गो यथार्थ चित्रण गरिएको हुँदा, कुन हद सम्म हाम्रो पुरुषवादी समाज नारी माथि हावी भएको छथियो भन्ने यस नाटकले दर्शाउँछ | यो नाटकमा दुई पाटा छन् | एकातिर सुशिला जति नै कुटिएपिटिएलछारिएपछारिए र घरबाट निकालिए पनि पतिव्रता हुन छोड्दिन भने अर्को तिर सुशिलाको घरको सुसारे, सेते, को पत्नी भने गाउँमा सेतेको मायालाई लत्याएर गाउँकै घर्तीसंग लस्किएकी हुन्छे |

नाटकको पछिल्लो भागमा सुशीलाको पतिलाई वेश्याले धोका दिएर लुटे पछीमात्र उसको चेत खुल्छ र सुशीलालाई घर ल्याई सम्मान र माया दिई राख्छ | पछी उनीहरुका दुई जम्ल्याहा सन्तान हुन्छन्, लभ र कुश | यो नाटकले त्यो बेलाको समाजलाई उजागर गर्न सफल भएको छ |

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

Book Review: Kafka On the Shore

Kafka on the ShoreKafka on the Shore by Haruki Murakami
My rating: 5 of 5 stars

Not long before, one of my facebook friends posted a photo of a bag, full of Haruki’s novels and expressed his excitement. Though I have heard of Haruki before, I never had the chance to go through his books. I zoomed in the picture and noted the books’ names. There were five books namely Norwegian Woods, Sputnik Sweetheart, Kafka on the Shore, 1Q84 and Dance Dance Dance. Not long after that, the voracious readers I know in twitter posted about 1Q84 and his other books praising the author. Right then, I knew that the outer force was conspiring to exacerbate my situation. I had to buy Murakami’s books or else I would not have been at peace.

Of all the books, I chose the thinnest book ‘After Dark’. All other books were somehow thick and all I wanted to do was pick the book which was least talked on. I never saw/read the hype about After Dark. Hence, I wanted to know Murakami through his not so famous book (especially at my part of the world). Though I did not find the plot fascinating, the style lured me. The way he weaved his story was something to adore. Thus, started the love for Murakami. Subsequently, I bought ‘Kafka On the Shore’.

Kafka On the Shore, written by Haruki Murakami and translated by Philip Gabriel, originally published on 2002 is a book based on surreal events and characters. The ride from the UFOs to the spectral worlds will only take the readers to the land of ecstasy. This is a story of mainly two characters. First, a certain 15 year old boy, name changed to Kafka, (abandoned by his mother with his sister) runs away from his sculptor father’s home seeking freedom. He winds up in Shikoku from his home town Tokyo where only Sakura, the girl he met in the train, is less stranger to him. She helps him now and then when he bumps into trouble as they both take one another as siblings separated on childhood. Kafka finds solace in the private library of Shikoku where the cross-gender librarian, Oshima, and its cryptic owner, Miss Saeki, provide him the much needed employment and roof to stay. The other part begins with Nakata, an enigmatic character who along with his school group encountered mysterious accident which made them lose their consciousness in the Shikoku Mountain while collecting mushrooms. All of them recovered after several hours except for Nakata. He remains unconscious for many weeks before waking up as a not so bright person but with the ability to talk to cats. Though, the story starts with these characters completely independent to each other, it muddles the readers how their events, time and space come to meet.

As the story rolls, Kafka falls in love with younger Miss Saeki (the ghost of her older self) who comes to his room in the library every night. One thing leads to another and Kafka makes physical relationship with older Miss Saeki who turns out to be his mother. At the other end, Nakata meets Kafka’s father in the course of his job as a finder of lost cats. Nakata is coerced to kill him as Kafka’s father turned out to be the cat killer. Consequently, Kafka is wanted by police as he has been missing and his father is murdered. To elude the investigation, Oshima takes Kafka to the secret place in the mountains where Kafka finds the semi-real world deep in its forest. Nakata, on the other end, tries to get himself arrested for murder but is dismissed by the cop taking him as an abnormal fellow. Subsequently, Nakata follows his psychic urge and starts his journey towards the west. He meets the truck-driver, Hiroshimo, who helps him in his unusual hunt. And this is where the two stories merge and give birth to this beautiful novel.

Haruki Murakami has been successful to keep the readers glued at this novel. There are no dull moments and until the half one cannot sense how the two stories are related to each other. In that regard, the reader has to be patient. Once the two strands start to relate, the novel gains the speed and keeps the readers at the edge. Overall, it is an exciting read. If you are a fan of surrealism, you are going to love this book.

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

ऊ मरेकी छैन

U Mareki ChhainaU Mareki Chhaina by Bal Krishna Sama
My rating: 5 of 5 stars

‘ऊ मरेकी छैन’ बालकृष्ण समद्वारा लिखित एउटा सुन्दर धार्मिक नाटक हो | बिहान सबेरै कनकवीरको घरमा भिक्षा माग्न आउने शिवगिरिले कनकवीरको छोरी, कान्तिको हातको भिक्षा लिन अस्विकार गर्दछ र सो भिक्षा फालिदिन्छ | स्वास्नी मान्छेले दिएको भिक्षा नलिने भने पछी ‘बच्ची’ कान्तिले ‘किन? के देवताहरुलाई स्वास्नी मान्छे मन पर्दैन?’ भनेर गरेको प्रतिप्रश्न सुन्दर छ | यसमा कान्तिको बिद्रोही र उत्सुक स्वभाव दुवै प्रष्ट झल्किन्छ | आमा बिना हुर्किएकी छोरीको प्रतिप्रश्नलाई कनकवीर आँफैले आफ्नो किसिमले उत्तर दिएर साम्य पार्छ | आफ्नो बुवाको उत्तरबाट चित्त नबुझाई, कान्ति स्वयम् शिवगिरि भएको ठाउँमा गएर अघिकै प्रश्न गर्छे | स्वास्नी मान्छेबाट अलग्ग रहने शिवगिरि कान्तिलाई फेरी ऊ भएको ठाउँमा नआई आफ्नै घर गरेर खाने सल्लाह दिन्छ | हठी कान्ति पनि त्यो सब नमानी, सधै भजन र सत्संग सुन्न आउने र भक्तिभावमा आफ्नो जिवन बिताउने निर्णय लिन्छे | यी सबका बिच, उसले सामना गर्नु परेको सामाजिक व्यवधान, समाजको (कु)द्रिष्टि र विद्ध्यमान चलनलाई लेखकले सुन्दर तरिकाले उतारेका छन् | संसारिक बन्धन, मायाबाट बिस्तारै उठ्न चाहने कान्तिको सोच र इच्छाबाट स्वयम् शिवगिरि पनि हार्दा, नाटकले लिने मोडनै निर्णायक मोड हुन पुग्दछ |

कान्तिको भिक्षा अस्विकार गरे बाट सुरु भएको नाटकको अन्त्य, शिवगिरिको कान्तिसंगको अस्वाभाविक भिक्षा मगाईबाट हुन्छ | त्यसपछिको दृश्यले शिव-सतिको पौराणिक कथाको छनक दिन्छ |
मात्र १३ रुपियाँमा पाइने यो किताब (Can you believe it?) निकै मुल्यवान छ |

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

भतिजलाई चिठ्ठी

प्रिय भतिज आरोन,
नमस्कार |

छोरोलाई बाऊले नमस्कार? हैरान हुने कुरा गरियो | ‘बुढाले दरो पेल्यो यार’ भन्ने लाग्यो होला, त्यस्तो होइन | यो नमस्कार नेपालीत्व झल्काउने नमस्कार हो | म चाहन्छु तिमी अमेरिकामा जन्मे पनि नमस्कारको महत्व जान | ‘हाई/हेल्लो’ आफ्नो ठाउँमा होला, तर नेपालीले नमस्कार गर्न जान्नु पर्छ, त्यो मेरो बुझाई हो | हुन त, अहिले पनि स्काइपमा कुरा गर्दा, तिमीले ‘काकु, जी’ गरेर गोडामै ढोगे जस्तो गर्दा, मन ढक्क फुलेर आउँछ | मलाई ढोग्ने एउटा छोरो त छ भनेर होइन, अमेरिकामा भएर पनि नेपाली बनेर हुर्किदै छ भनेर | त्यसको लागी तिम्रा बुवा-आमालाई धन्यवाद दिनै पर्छ | विदेशिए पनि पश्चिमाहरुको अनुसरण गरेका छैनन् | जरो नेपालमै गाडिएको छ | विदेशमा फूल्दै होलान् तर नेपाली बनेर | बास्ना ‘नेपाल’ नै आउँछ |

तिमी फुलेको पनि एक वर्ष पूरा भयो| अब दोश्रो वर्षमा बिस्तारै फक्रदै छौ | जीवनमा एउटा खल्लोपन सधैं रहने भयो | तिमी हुर्केको बढेको, बामे सरेको, पहिलो चोटि उभिएको/हिंडेको र बोलेको यी आँखाबाट ओझेल परे | अझ भनौं, तिमीलाई काखमा लिएर हसाउँदा-हसाउँदै, तिमीले हाँसी-हाँसी मलाई मुत्र-स्नान गराउने त्यो बहुत प्यारो क्षण पनि आकाशको फल आँखा तरी मर भनेझैं हुने भयो | ‘डायपर’को जमाना छ भन्लान् अरुले, आफुलाई त्यस्तो स्वाँग पार्न आउँदैन | घरमै हुँदा नि के को डायपर ? जता दिन मन लाग्छ, त्यहीं दिए हुन्छ | पछी यहि सम्झनाले त हसाउँछ | म सानो हुँदा उता सानो बा (शंकर ढकाल बा)ले जजमानकोमा सप्ताह सकेर ल्याउनु भएको दक्षिणाले भरिपूर्ण इस्टकोटको खल्ती भरी ‘भततततततत्त’ आची गर्दिएछु | बुढाले हाँस्दै सब पैसा पखाल्नु भएछ | अचम्म उहाँले पैसा पखालेकोमा मान्दिन, अचम्म त उहाँको हँसाईमा माने मैले | हो त्यहि हाँसो मैले हास्न पाउँछु भन्ने सपना मात्र भयो | तिमीले त्यो ‘अबोध’ उमेर अमेरिकामै कटाउने भयौ | तिमीलाई काँधमा बोकेर तिमीले नदेखेको आगनपारीको संसार तिमीलाई देखाउने इच्छा अधुरो भयो |

इच्छा-आकांक्षा सबै यस्तै हुन्, कुनै पूर्ण हुन्छन्, कुनै धुलो पिठो भएर चुर्ण हुन्छन् | अहिले त हामी टेक्नोलोजीको जमानामा छौं, टाढाका मान्छेलाई पनि आँखै अगाडि नाचेको, हाँसेको देख्न सकिन्छ | यत्तिलाई भए पनि धन्यवाद त दिनै पर्छ किनभने चाहेको बेला बोलि सुन्न पाइएकै छ, देख्न सकिएकै छ | तर, म यसमा पनि भिन्न परें | मलाई त्यसले चित्त नै बुझ्दैन, तिमी संग बोल्दा, तिमीलाई जुरुक्क उचालेर म्वाई खान मन लाग्छ | कहिले काहिँ त, मोबाइलको चिसो स्क्रिनमा ओठ जोडिन्छन् | न तिम्रो बास्ना आउँछ, न त तिम्रो कोमल अंगको न्यानोपना नै | मन अझ खिन्न हुन्छ | त्यसैले विदेश बसेका मान्छेसंग म कम नै अन्तरक्रिया गर्छु, किनभने त्यतिले मेरो लोभी मन मान्दै-मान्दैन | नपत्याए विदेशिएका मेरा सम्पूर्ण साथी-भाई, आफन्तहरुलाई सोधे हुन्छ, अपार मायाँ हुँदाहुदै पनि म कति कम बोल्ने गर्छु उनीहरुसंग |

अचेल तिम्रो भान्दाई ‘आयाम’ यहीं स्कुल पढ्न आउँछ | दिनको २ घण्टा भए पनि मामाघर उक्लिन्छ स्कूल पछी | ख्याल रमाइलो लाग्छ र | उसका बाल सुलभ क्रियाकलापहरु आँखै नझिम्काई हेरी रहुँ लाग्छ | बोलि उस्तै मीठो बोल्छ, हाँस्दा त मानौं एकै चोटि हजार फूल फुले जस्तो | ऊ घर जाने भनेर दङ्ग पर्दै गएपछि सून्य लाग्छ | अनि मनले तिमीलाई झन् खोज्छ | कहिलेकाहिँ उसलाई, ‘तिमी घर गए पनि हाम्रो घरमा अर्को भाई आउँछ भनेर जिस्काउँछौं’ | अनि ऊ निकै मीठो संग, ‘को? त्यहि भुगनको छोरो?’ भनेर प्रश्न गर्छ | ऊ घर जान्छ, तर घरमा हुनुपर्ने छोरो परदेशमा कतै नाच्दै छौ होला |दुरुस्त उस्तै हाँस्दै छौ होला | हज्जार फूल फुले जस्तै | तिमी पनि अब घर जाने भनेर हाँस्दै नेपाल आए, कस्तो हुन्थ्यो होला? खुसीले आँखाको बाटो रोझ्थ्यो होला पहिला | कुनै दिन, तिमी बुझ्ने भए पछी यो लेख पढ्लाउ र भन्लाउ ‘काका, त दरो रुन्चे हुनु हुँदो रहेछ’ | धत् , त्यस्तो चाहिँ नभनी हाल्नु, इज्जतको सवाल छ | बाऊको इज्जत गरेस्, डाँका |

अब केहि समय केहि काल तिमी उतै हुर्किन्छौ, शिक्षा उतै आर्जन गर्छौ | तिमीलाई काकाको आशिर्बाद छ | जे गर्छौ त्यस्मा तिमी अब्बल हुनेछौ यसमा रत्तिभर शंका छैन | किनभने तिमी हरेक कुराले निपुण आमा (मेरी भाउजु)को कोखबाट जन्मेका हौ र तिम्रो बाऊ (मेरो दाजु) आदर्शले भरिपूर्ण एउटा जिम्मेवार मान्छे हो | असल माता-पिताको छोरा हौ तिमी | तिम्रो बाऊ प्रति मलाई आफुँ भन्दा बढी विश्वास छ, र तिमीलाई सहि बाटो उसले डोहोराउँछ भन्नेमा म विश्वस्त छु | तिमी त हामी (तिम्रो बाऊ र तिम्रो काका) भन्दा भाग्यमानी छौ | किनभने तिमीसँग आदर्शको चुचुरो, ज्ञानको भण्डार – ‘हजुरबुवा’ हुनुहुन्छ | हामी दाजुभाईले हजुरबुवाको माया के हो अनुभव गर्न पाएनौं | तर हजुरआमाको मायाले हजुरबुवाको कमिको महसुस सधैं भने भएन | अर्को रमाइलो कुरो, तिमीसंग तिम्रो काका बाऊ छ , याने म छु म | हाम्रो त काका नै थिएनन्, तिम्रो हजुरबाउ एक्लो छोरो हुनुन्थ्यो | त्यसैले तिमी भाग्यमानी छौ | तर तिमीले चाहिँ अर्को एउटा भाई/बहिनी पाउनु भनेर जिद्दी गर्देउ है | दाजुभाई-दिदीबहिनी भएको घर मज्जा आउँछ | तिमी नेपाल आउ अनि म सुनाउँछु, तिम्रा फुपुहरुको, बाऊ अनि काकाको उपद्रव | पेट मिची मिची हाँस्नेछौ |

तिमी नेपाली भएर फुल्नेछौ भनेर म ढुक्क छु | तिमीले स्कूलमा अमेरिकाको इतिहाँस पढ्लाउ, नेपाली समृद्ध इतिहाँस अनुभव गर्न तिमी नेपाल आउनु | अमेरिकी युद्ध पढ्लाउ उता, यता शान्तिका प्रतिक बुद्ध हेर्न आउनु | उता अमेरिकी गाथा, यता संसारको अग्लो शिखर सगरमाथा | उता याप्पलको सिरी, यता जंगलमा झ्याउँ-झ्याउँ गर्ने झ्याउँकिरी | यस्तै भिन्नता बिचको तिमी समानता आखिर नेपालको पुत्र हौ | तिमी नेपाललाई माया गर्नु, नेपाल सम्झेर आउनु, परिवार सम्झेर आउनु, काकाबाऊ सम्झेर आउनु | बाबु तिमीले यहाँ, मन भरिको न्यानो मायाँ र बाल कृष्ण समले भने जस्तै हिमशैलको मधुरो मीठो चिसो चुम्बन एकै चोटी महसुस गर्नेछौ |

उही तिम्रो माया गर्ने
काका /काकु/सानो बाऊ / बाऊ/अंकल/कान्छा बा (जे भने नि उही हो)
भाष्कर

Facebooktwitterredditpinterestlinkedinmail