Incognito

Just when the whole nation was rocked
by the imminent election,
there appeared a leader.
Out of the thousands, he looked different.
He seemed to have greater vision.
A different face, young and vibrant,
looked like a new ray of hope
in an ill-fated country.

His speech was unequivocal
and his manifesto, sweet as honey.
No wonder everybody fell for him.

What choices did the poor people have?
Each of their previous leaders either cheated them
with their corruptness, greed and fraud
or came with the unworkable boondoggle.
Oh! What a tragedy.
They could hardly trust the old faces, the lame ducks.
They needed a change, a healthy change,
which they saw in that new leader.

They have seen their leaders trying
to smash the unity they had,
puncture the harmonious creeds
they respected of one another.
Wrong propaganda, filthy agenda,
stinking business in the name of politics,
unfulfilled vows and fight for the post to do nothing.
People were fed up with them, the shameless morons.
Tens and hundreds of parties were formed
and not even one took the leap for the people.
Wasn’t government supposed to be for the people
according to Abraham Lincoln?
Or that was limited to only USA?

Namastes, hellos and handshakes
only in the time of election were not enough.
Public needed their service every now and then.
They expected more from their leaders.
Constant declination of economic conditions,
dropping of HDI and GDP, trade deficit, human trafficking,
insecurity, unemployment, food-deficits and many more,
this is where leaders were supposed to act upon.
Sadly not one of them, had their say on these.
Only politicians’ condition went uphill, victims condition worsened.

This is why; people were searching the new face
to heal their deep cuts of their leaders’ betrayal.
And there the new ambitious one appeared,
as a glowing star at the darkest night,
making people believe that he was ready for a fight.
He was voted with the maximum votes as he kissed the victory.
People jeered the old ones and cheered their new groundbreaker.
They expected him to lead the country to the right path.

But alas! Days, weeks and months passed.
There was no any progress that the country needed.
People went to the road- boos, roars and hisses
their main weapon against their new man.
The whole country was in absolute pandemonium.
Instantly, they were lathicharged, gun-downed and jailed
by their so called new young leader, the new hope.
And right then,
they knew the future of their country was in havoc
when they saw their leader was locked in his incognito.


Facebooktwitterredditpinterestlinkedinmail

Fuel your Dream; forget the fears

“Hold fast to dreams, For if dreams die Life is a broken-winged bird, That cannot fly.”
― Langston Hughes We all have dreams. Few dreams come true while most of them die along the way. Why are we letting them die? If we are to believe William Arthur Ward, the famous American writer, every dream can be achieved. “If you can imagine it, you can achieve it. If you can dream it, you can become it.” So, what makes us put our dreams on deathbed? Standing firm for the sake of our dream is a big deal but are we fueling it? Are we doing what it takes to grab every opportunity we encounter on our journey? When we were kids, we were free of worries and had a little brain full of dreams. Every day, we used to find a new thing to do, new dream to achieve. I still hear myself loud when I used to tell, ‘I want to be ____________ when I grow up.’ As if everything I dreamed would come true. But there was only hope and desire. There was no fear or doubt about anything. I knew no obstacles, no worries, or any complexities. All I thought was being what I dreamt of.
That was what we thought when we were kids. But aren’t we lacking the same mindset as a grown up? As we grew up, we started to meet obstacles on our way to our dreams. As a result, we developed fear within us. And that very fear hindered our path to the glory as we could not work with our full potentiality. Moreover, we built a fence ourselves between us and our dreams. We drew boundaries and set limits to our limitless glory. As a grown up, we let negative influences to be in the driver’s seat of our life. Thus, we kept going there where our pessimism took us. And that’s not a very good place to be at.
“There is only one thing that makes a dream impossible to achieve: the fear of failure.” ― Paulo Coelho, The Alchemist. Stepping out and taking risks is a big deal and it needs to be protected from naysayers and doubters. First we should simply believe in ourselves and gather the courage. We can overcome our fears. We can challenge our hurdles. All we have to do is wash our minds with optimism and lift the self-made restrictions to our goal. Fears = No action = no results. So why not take the actions now and protect our dreams? Let go all the negativities such as fear, doubts and worries and believe in your dreams. Only when we believe in our dreams, we unlock our aspirations trapped by certain fears and disbeliefs. Hold on to your dreams before it is too late. In the end, give yourself two choices. Fuel your dreams or fuel your fear. Life is all about choices you make. “The future belongs to those who believe in the beauty of their dreams.” ―Eleanor Roosevelt
Facebooktwitterredditpinterestlinkedinmail

बिहानी पछीको रात

काठमाडौँको स्वास्थमा कुनै सुधार थिएन | धुँवा धुलो र प्रदुषणले अझ खंग्रंगिएको थियो | काठमाडौँलाई पहिला ‘नेपाल’ भन्थे रे | अहिले नि नेपाल नै भने हुने हो, नेपाल भरिकै जनता यहाँ जो अटेसमटेस गरी बसेका छन् | यस्तोमा जवानीमै काठमाडौँले आफ्नो सुन्दरता गुमाएको थियो | रोगी भएको थियो | खैर, म पनि यही रोगी सहरमा रुमल्ली रहेको थिएँ, उसको ख्वांग- ख्वांग गर्ने छातीमा टेक्दै | बिचरो ऐया समेत भन्दैनथ्यो | कठैबरा!

अचानक मैले देखें उसलाई | आज करिब पांच बर्ष पछी दैवले उसलाई यसरी मेरो आँखा सामुन्ने ल्याइदियो कि मानौं ऊ मसंग खेल खेल्न चाहन्छ जसमा उसको जीत निश्चित छ | सायद जिस्काउँदै छ मेरो भाग्य मलाई | उपहास गर्दै छ | कति निठुर छ यो भगवान, पछिल्लो पाँच वर्ष सम्म पल पल पिल्सिएको मनमा एउटा नयाँ हलचल पैदा गरिदियो | उफ!

समयले नि कति छिट्टै कोल्टे फेर्छ | उसलाई नदेखेको पनि पाँच वसन्त भएछ | हुन त हरेक दिन ऊ मेरो भावना, सपनामा बारम्बार आफ्नो उपस्थिति जनाउथी तर आज एक्कासी उसलाई आफ्नो आँखा अगाडी देख्दा मुटुले ढ्यांग्रो ठोक्यो | सडक पारी ऊ कसैलाई कुर्दै थिई | करिब २० हातको दुरीमा थिई ऊ | म यति लज्जित र ग्लानिले भरिपुर्ण थिएँ कि त्यति दूरी पनि मेरो लागि पहाड भयो | धेरै साल अगाडी देखि उभिएको एउटा मर्न लागेको जीर्ण खम्बामा आफु छेकिई उसलाई नियाली राखें |

निकै सुन्दर देखिन्थी ऊ, भर्खर फक्रिएको फूलझैं | खुल्ला छोडेका परेली केशलाई उच्श्रीन्खल हावाले जिस्काईरहन्थ्यो | ऊ झिँजो मान्दै मिलाउंथी, बदमास हावाले फेरी बिथोलिदिन्थ्यो | अघि सम्म रोगी अशान्त लागेको काठमाडौँ एकाएक परिवर्तन भएर कति शान्त र सुन्दर लाग्यो | थोत्रा गाडीका लहरेखोकी, उत्ताउला हर्न र मानिसका खैलाबैलाले मलाई केहि असर पारेको थिएन | उसको सुन्दरतामा म यति लठ्ठ थिएँ कि लाग्यो म र ऊ बिना त्यहाँ कोहि छैन |

म जति ऊमा घोरिन्थें त्यति मेरो नजर उसको घाँटीमा झुन्डिएको पोतेमा जान्थ्यो | भित्र-भित्रै मर्थें | आफ्नो भाग्य सम्झेर फिस्स हाँसें र फेरी घोरिन लागें | गुलाबी रंगको साडीमा उसको निखार यति प्रष्ट थियो कि हरेकले उसलाई दोहोराएर हेर्थ्यो | कोहि दुष्टहरुको नजर यति सस्तो हुन्थ्यो कि तिनीहरुको हेराई बाटै उसको चरित्र हत्या हुन्थ्यो | मलाई दौडेर गएर ती पृथ्वी-भारहरुको खप्परमा बजाउन मन लाग्थ्यो तर सक्दिन थिएँ |

ऊ कसैको प्रतिक्षामा थिई | उसका ठुला ठुला गाजलु नयन यताउति भौंतारी रहेका थिए | कसैलाई खोजे जस्तो | सुन्दरताको प्रतिबिम्ब भए पनि ती आँखा केही निराश देखिन्थे | बिहान सेतो हिमालमा सूर्यका किरण ठोक्किदा जस्तो हसिलो मुहार र चम्किला आँखा हुन्थे उसका | तर त्यो कता हराएको थियो | म उसलाई राम्ररी चिन्थें | सायदै अरु कसैले उसको त्यो उदासी ठम्याउन सक्दो हो जुन मैले ठम्याएको थिएँ | त्यसैले म भन्न सक्थें कि ऊ निराश थिई किनकि उसको मिठो मुस्कान, चंचलेपन र सुन्दर बिहानी जस्तो मुहारमा आफु ऋणी भएझैं कुनै दिन मैले उसलाई आफ्नो मनमुटु सब सुम्पिदिएको थिएँ |

करिब आठ बर्ष अघि

प्लस टू सकेर, भर्खर कलेज भर्ना हुँदा अर्कै जोश थियो | एक प्रकारको घमण्ड र आफु पनि ठुलो भएको भावना | लाग्थ्यो संसार आफ्नै अधिनमा छ | ‘मै हुँ’ भन्ने धारणामा चुर्लुम्म डुबी हिंड्ने उमेर त्यो | तर मलाई के थाहा थियो र, कलेजको पहिले दिन नै मेरो तुजुक सब पानी पानी हुन्थ्यो भनेर? हो, मैले प्रथम दिन देखि नै कसैको अधिनमा आफुलाई पाएँ | ऊ थिई, सिल्विया |

उसको रुप, हाँसो, बोलाई, हिंडाईले मलाई यसरी आकर्षित गर्यो कि सुरुवाती दिनमै म उसको दाषी हुन राजी भएँ | मलाई प्रेमको छर्राले छोएको थियो | ऊ नजिक आउँदा मनमा अनौठो कम्पन महसुस हुन्थ्यो | तर पनि उसैको नगिच रहन मन हुन्थ्यो | ऊ कलेज आउन ढिला हुँदा उसैको बेन्चतिर आँखा लम्किरहेका हुन्थे | उसको आगमनसंगै मनमा हर्सौल्लास हुन्थ्यो | शायद त्यही थियो पहिलो प्रेमको पहिलो आभाष |

दिन बित्दै गए, अरु विद्ध्यार्थी हिसाबमा तल्लिन हुन्थे, म मायामा | अरु ‘डेबिट र क्रेडिट’ पढ्थे, म उसका आँखा | अरु बजार प्रतिस्पर्धा बारे जिज्ञासु हुन्थे, म उसको व्यक्तिगत जीवन बारे | यसरी केही दिन बितिसक्दा पनि हामी बीच प्रतक्ष बोलचाल हुने अवसर भने मिलेको थिएन |

एकदिन संयोगले क्यान्टिनमा खाजा खाँदै गर्दा अन्त खालि ठाउँ नभएर सिल्विया र उसका साथीहरु हाम्रै टेबलमा आएर बसे | म मनमनै फुरुङ्ग भएँ तर बोल्न वाक्कै फुटेन | उसको र मेरो आँखा जुधे र ऊ मुस्काई | मलाई त्यो बेला जस्तो अपार आनन्द सायदै पहिले आएको थियो |

उसले एकान्त तोडी, ‘आज भींड रहेछ है?’

‘खाने र खेल्ने ठाउँमा त सधैं भींड हुन्छ नि, पढ्ने ठाउँबाट पो कहिले उम्किउं जस्तो लाग्छ त’, शुभम जान्ने पल्ट्यो | तर सिल्विया मज्जैले हाँसी र सहमति जनाई | मलाई अलि रिस उठ्यो शुभम देखि | इर्षा लागेर आयो |

म सिल्वियामै हराएको थिएँ, अरु उसका साथीहरुको त होश नै भएको थिएन | शुभम नै अघि सरेर सबको परिचय गरायो, ‘म शुभम, ऊ (मलाई देखाउंदै) दिक्षान्त, अनि ऊ कस्तूप |’ म र कस्तूप फिस्स हाँसिदियौं | अनि उताबाट पनि सिल्वियाले नै सबलाई चिनाई, ‘म सिल्विया, ऊ सन्यमिता, अनि ऊ अपराजिता | ती दुई केटीहरुले नि ओठ तन्काए | कहाँ सिल्वियाको मिठो हाँसो कहाँ तिनीहरुको? आकाश जमिनको फरक |

त्यसरी हाम्रो मित्रताको सुरुवात भयो | छ जनाको ग्रुप भयो हाम्रो, संगै खान र संग-संगै बस्न थाल्यौं | अनौठो ग्रुप थियो हाम्रो, शुभमलाई जिस्की रहनु पर्ने, कस्तूप चाहिने भन्दा बढी कुरा नगर्ने, म अलि लजालु किसिमको (सिल्वियाको अगाडी त झन् बढी) र आफ्नो कुरा आफैंसँग राख्दथें, सन्यमिता मोबाइलमै झुण्डी रहने, अपराजिता किताबमै भुल्ने र सिल्विया? सिल्विया त एउटा सुन्दर किताब जस्ती थिई, मिस्ट्री नोवेल भने फरक पर्दैन | जति पढ्यो उति पढ्न मन लाग्ने, जति बुझ्यो उति रोमान्चक, हेरी रहूँ, पढी रहूँ, आँखा झिमिक्क नगरी हराइरहुँ जस्तो |

छुकछुकी थिई सिल्विया, कहिले के गर्नु पर्ने कहिले के | अरुलाई सताउन माहिर | कहिले हाम्रो पेन लुकाएर दिनभरी दिन्नथी त कहिले ब्याग लगेर क्यान्टिनमा लुकाईदिन्थी | बच्चा जस्तै चन्चले, उसलाई हेर्दा लाग्थ्यो कि ऊ केटाकेटी नै छे, बालापन अझै छ ऊ भित्र | बच्चाहरुले मोहनी लगाए जस्तै अरुलाई आफूतिर आकर्षित गर्थी ऊ | लाग्थ्यो उसलाई एकटक हेरीरहुँ, मुस्काईरहूँ, अरु सब भर्सेला परोस् |

दिनहरु पढ्नमा भन्दा कलेजबाट भाग्दै घुम्न, फिल्म हेर्न र यदि कलेजमै बसे पनि क्यान्टिनमा हल्ला गर्दै अनेकथरी गन्थन गर्नमै जान्थ्यो | अपराजिता बङ्क गर्न डराउँथी, त्यही भएर ऊ कक्षामै बस्थी र रमाइलो गर्नबाट चुक्थी | तर म, सिल्विया, कस्तुप, शुभम र सन्यमिता धेरैजसो कक्षा छोडी कहिले कता त कहिले कता घुम्न निक्लिन्थ्यौं | ब्याचुलर लाईफको भरपुर मजा लिईरहेका थियौं |

बी.बी.एस. फर्स्ट इयरको अन्त्य अन्त्य आउन लागेको थियो, हामी एकदिन नागदह घुम्न भनि गयौं | चैत्र महिना थियो, मिठो हावाले कुत्कुताई रहेको थियो | धापाखेलको नागदह जाने दोबाटोमा बसबाट ओर्लेपछि शुभम र सिल्विया अघि लागे, म र कस्तूप उनीहरुको पछी, र सन्यमिता सबै भन्दा पछाडी सदाझैं मोबाइलमै ब्यस्त थिई | शुभम जिस्की रहने र सिल्वियालाई जिस्किनु पर्ने भएर उनीहरु धेरै जसो संगै हुन्थे | मलाई डाहा हुन्थ्यो | त्यसै पनि सिल्वियाको अगाडी म त्यति खुल्न सक्दिन थिएं, कहिलेकाहीं आफैँ देखि थुक्क लागेर आउंथ्यो |

मलाई शुभम त्यति मन पर्न छोडेको थियो | कारण, ऊ मेरी सिल्वियासंग नजिकिदै थियो | यसबाहेक ऊ अलि ‘कूल’ थियो र सिल्वियालाई हँसाउने पनि ऊ नै हुन्थ्यो धेरैजसो | बस्, मलाई इर्ष्या लाग्थ्यो र ऊ सिल्वियासंग भएको देख्न सक्दिन थिएँ | तर के गर्नु, सिल्वियालाई म छोड्न पनि सक्दिन थिएँ र ऊ शुभमसंगको पलमा रमाउँथी | बाध्यता थियो मेरो | मलाई सिल्विया मन पर्छे भनेर मैले कसैलाई भनेको थिईन | डर लाग्थ्यो कता-कता | कहिलेकाहीं त सिल्विया कतै शुभमसंग त प्रेम गर्दिन भनेर म सोच्थें र मेरो डर अनि शुभमप्रतिको घृणा अझ तीव्र हुन्थ्यो | झन् शुभम र सिल्विया हामीभन्दा अघिअघि नागदहतिर लाग्दा म मनमनै मुर्मुरिएको थिएँ | शुभमलाई त्यहीं भकुर्न मन त कहाँ नलाग्या हो र? (साला शुभम…)

नागदह पुग्दा निकै रमणीय वातावरण थियो | वरपरका खेतमा लहलह गहुँ र जौ झुलिरहेका थिए | सरर हावामा ती पनि झुमी रहेका थिए | फूलहरुको मिठो सुगन्दले पुरै जीउलाई स्फूर्ति दिई रहेको थियो | ठाउँ-ठाउँमा जोडीहरु एकअर्कामा मस्त थिए | म हरेक जोडीमा आफु र सिल्वियालाई देख्थें | म चोरआँखाले यसो सिल्वियालाई हेर्थें, ऊ शुभमसंग हाँसी रहेकी हुन्थी | म निचोरिन्थें |

त्यतिकैमा सिल्वियाले क्यामेरा झिकी | सन्यमिताले क्यामेरा देख्न पाएकी छैन, झम्टिदै आई | उसलाई नागदह अगाडी बसेर सिंगल फोटो खिच्न खुब ईच्छा थियो | फेसबुकमा हालेर टन्न ‘लाइक्स’ आउँदा ऊ गमक्क पर्थी | अझ कसैले ‘वाउ, बिउटिफुल’ भन्दियो भने त उसलाई के चाहिन्थ्यो र? त्यसैले त अघि सम्म फोनमा गफ गरी रहेकी उसले, फोन राखेर पोज दिन आएकी थिई | घरी कम्मरमा त घरी गालामा हात लाउँदै उसले १०-१२ वोटा त सिंगल नै भ्याई होली | यता कस्तूप उसको हरेक पोजमा ओठ लेब्राउँदै थियो | सन्यमिता चड्किंदै थिई |

यसो-उसो फोटो खिची म अलि पर गएर दहमा हावाले बनाएको तरंग हेर्दै टोलाउँदै थिएँ | कति मनमोहक दृश्य थियो त्यो, लाग्थ्यो हावाकै लयमा पानी नाची रहेछ तालमा ताल मिलाउँदै | अलिकति कल्पना, अलिकति चाहना र अलिकति बहाना भयो भने मान्छे जता नि खुसी हुन सक्छ | आखिर यो जीवन एउटा कल्पना त हो | हामी जुन कुरालाई मलजल गर्छौं त्यही उम्रन्छ | म भित्र प्रेम थियो, सिल्वियाको लागि अथाह प्रेम, र त म देखी रहेंथे त्यो पवन र पानीको समागममा म र सिल्विया |

‘दिक्षान्त..’, कति खेर सिल्विया मेरै छेऊमा आइसकिछ मैले पत्तो पाइन | ‘कहाँ टोलाएर बसेको हो?’ उसले म भएको ठाउँमा बस्दै सोधी | मैले एकछिन एकटकले उसको चम्किलो मुहार हेरिरहें, उसको हावाले उडाएका केश हेरिरहें | कुन्नि के हलचल पैदा भयो म भित्र, र भन्न लागें:

‘हेर त सिल्विया, सरर बगेको बताससंगै यो दहको पानी नाच्न थालेकी छे | सधैं स्थिर रहने यस दहको पानीलाई ब्युँताउन यो पवन अनेक उमङ्ग, सुवास बोकी आउँछ र एकाएक तरंग पैदा गरी उसलाई जीवन दिन्छ | अनि ऊ चलायमान हुन्छे | उसमा प्राण आउँछ | यो हावा र पानीको प्रेम हेर, कति स्वच्छ छ, निर्मल र कोमल छ | अझ घोरिएर हेर्छौ भने तिमीले देख्नेछौ सिल्विया यिनीहरुको साँचो माया | बतासलाई थाहा छ कि ऊ यहाँ बाट यो दहको पानीलाई चोरेर लैजान सक्दैन, त्यैपनि ऊ हार मान्दैन | प्रयासरत छ | हरेकदिन आउँछ उसको मायालुलाई भेट्न, सकिन्छ कि आफैसंग लान भनी | यहाँको जल पनि कुरी बस्छे आफ्नो प्रेमीको प्रतिक्षामा | र जब पवनको आगमन हुन्छ तब ऊसंगै उड्न नसकेपनि उसको बेगमा नाचिदिन्छे, पलभरकै लागि किन नहोस आफुलाई उसको समर्पण गरेर उत्ताउली बनिदिन्छे | ऊ संगको एक एक पल रमाउँछे | भेटघाट सकिएपछि किनारसम्म उफ्रीउफ्री पुर्याउन पुग्छे र फेरी शान्त बनि भोलिको प्रतिक्षामा बस्छे | कति शान्त र शीतल छ यहाँ | कति मिठो र मनमोहक छ यिनीहरुको प्रेम, सिल्विया | जहाँ प्रेम हुन्छ त्यहाँ शितलता हुन्छ, त्यहाँ शान्ति हुन्छ, आफ्नो मन मस्तिष्क आनन्दिएको एउटा अद्भुत अनुभव हुन्छ | मलाई त्यही भई रहेछ सिल्विया |’

मैले त्यति भनुन्जेल उसले मलाई हेरी नै रहेकी थिई | अरु बेला भन्दा त्यो हेराई फरक थियो | सायद उसले मेरो अदृश्य रुप देखी, मेरा गहिरा भावहरु महसुस गरी | मेरा आँखा रसाएका थिए | ऊ थप मतिर बढी र मेरो कपाललाई लथालिङ्ग हुने गरी चलाई र भनी, ‘साहित्यकार महोदय, अब जाम खाजा खान, सब साथीहरु गैसके |’ अनि ऊ मुसुक्क हाँसी | त्यो बेला ऊ झन् बिछट्ट राम्री देखिई |

भन्न त अझै मन थियो, ‘म यो बतास हूँ सिल्विया र तिमी यो दहको पानी | तिमी मेरो गन्तब्य हौ | म स्वतन्त्र भए पनि, जता पुग्न सके पनि, तिमीमा लीन हुन नपाए सम्म म तृप्त हुन्न सिल्विया | तिमी बिना मेरो अस्तित्व छैन, म बग्न त बगी रहुँला तर मेरो गन्तब्य कतै हुने छैन | तिमीले मलाई पूरा गर्छ्यौ | म तिमीलाई धेरै प्रेम गर्छु सिल्विया |’ तर यी शब्दहरु मेरो कण्ठमा नै कैद भए | हामी दुबै अरु साथीहरु भए तिर लाग्यौं |

हामी सबै खाजा खाना भनेर बस्यौं | सन्यमिता मोबाइलमा औंला खेलाउँदै थिई, सायद मेसेज पठाउँदै थिई | शुभम र कस्तूप गए रातिको फूटबलको चर्चा गर्दै थिए, ‘बुझिस्, हिजो रुनीले हरिब गोल हान्यो नि’, कस्तूप भन्दै थियो | उसलाई रुनी खुब मन पर्थ्यो | अरु दिन हुँदो हो त म नि त्यसमा सामेल हुन्थें तर त्यो दिन म सिल्वियालाई नै हेरी रहन चाहन्थें | ऊ घरी टेबल बजाउँथी त कहिले गुनगुनाउँथी | त्यही कुरा शुभमले गरेको हुँदो हो त, मलाई दिक्क लाग्थ्यो होला तर सिल्वियाले त जे गरे पनि त्यसमा मिठास पाउथें म |

मैले उसलाई चोर आँखाले हेरी रहेको थिएँ, ठिक त्यही बेला ऊ एउटा पुरानो हिन्दी गीत गाउन लागी, ‘आपकी आँखोमें कुछ मेहेकी हुई सी राज है, आप से भी खुबसुरत आपका आन्दाज है |’ म त झसंग नै भएँ | उता शुभम दङ्ग थियो, उसले वान्स मोर भन्दै थियो, सिल्विया राती भई लाजले | फेरी सबले वान्स मोर भन्दै थिए, मैले चाहिं हत्तपत्त मोबाइल झिकी उसको स्वर रेकर्ड गरें |

म त्यो रात झिमिक्कै गरिंन | कैंयौ पटक त्यो प्ले गरें होला र उसले मेरो कपाल लथालिङ्ग बनाई दिएको पल सम्झी एक्लै मुस्काई रहें |

रमाइलोमै बित्यो प्रथम वर्ष | तर दोश्रो वर्षको सुरुवात भिन्न रह्यो | कारण थियो शुभम | परीक्षा सकेर पुन कलेज जाँदा शुभम हाम्रो ग्रुपबाट अल्लग रहन थाल्यो | जति खेर नि जिस्की रहने शुभम र सिल्विया बोल्न छोडेका थिए | कसैलाई केही थाहा थिएन | शुभम हामीसंग पनि टाढिएको थियो | किन त्यसो भनेर कस्तूपले एकदिन सोध्दा शुभामले टर्रो जवाफ दिएछ, त्यसदिन देखि हामी कोही पनि उसंग बोलेनौं | मलाई त के थियो र, एक मनले म खुसी नै थिएँ | शुभमको अप्रिय छायाँबाट मेरी सिल्विया जो टाढिएकी थिई | सिल्वियालाई त्यो बारे सोध्दा उसले नि आफुलाई केही थाहा नभएको भनेर टारिदिन्थी | हामीले नि कर गरेनौं |

जति नै मन नपरेपनि शुभम हाम्रो ग्रुपको रमाइलो पात्र थियो भन्न करै लाग्छ | हाँस्ने, हँसाउने, घुम्ने प्लान बनाउने, जस्ता यावत कुरामा ऊ नै अग्रस्थानमा हुन्थ्यो | ऊ टाढिनुको मतलब थियो कि हाम्रो ग्रुपमा त्यस्तो कार्य कम हुनु | तर पनि, म र सिल्विया अलि नजिकिएका थियौं | बङ्क नगरे पनि मलाई सिल्वियासंगका दिन झन् रमाइला लाग्थे किनभने त्यहाँ शुभम कतै थिएन |

नजिकिए पनि म सिल्वियाका कति कुरा बुझ्न सक्दिन थिएँ | कहिले मलाई एकदम प्यारो बनाउँथी त कहिले एक्कासी छाँगाबाट खसाली दिन्थी | कलेजमा हुँदा कहिले मेरै सीटमा आएर बस्थी र अनेक छुकछुक गर्थी | कहिले मलाई हेरी रहन्थी र मुसुक्क हासिदिन्थी | कति चोटी त लाग्थ्यो कतै सिल्विया मलाई प्रेम त गर्दिन? तर अर्को दिन ऊ मसंग फर्मल कुरा बाहेक अरु केही गर्दिन थिई | म बडो असमन्जसमा पर्थें |

उसको कहिले एक्कासी चाहिने भन्दा नजिकिने र कहिले पराई जस्तो गरिदिने बेहोराले मेरो मनमा आंधीबेहेरी चल्थ्यो | छटपटी हुन्थ्यो | उसलाई प्रेम प्रस्ताव राखिदिउं जस्तो नि लाग्थ्यो तर आँट आउदैन थियो | डर लाग्थ्यो उसले अस्विकार गर्ली भनेर | भएको मित्रता पनि तोडियोस, म यो चाहन्न थिएँ | फेरी उसको व्यवहारले म ढुक्क भएर प्रेमको पोको खोल्न नि सक्दिन थिएँ | मलाई गाह्रो थियो र म डराउनु पनि स्वाभाविक थियो | म चुप नै रहें, मनलाई गाँठो पारेर |

ऊ मलाई यति राम्री लाग्थी कि म उसको दाँजोमा हरेक क्षेत्रमा आफुलाई कम आँक्ने गर्थें | म उसको लायक छैन जस्तो नि लाग्थ्यो | मसंग त उसले दुख भोग्न पर्छ, उसले त सुखै सुखमा जीवन काट्नु पर्छ भन्ने भावनाले मलाई झन् खियाएको थियो | म आफैं पनि हार्दै गएको थिएँ | त्यसैले जब-जब आफ्नो मनको कुरा भन्दिन मन लाग्थ्यो, तबतब भित्रबाट आवाज आउँथ्यो, ‘सी डिजर्व्स् अ बेटर म्यान द्यान मी’ | यस्ता यावत् कुराले मेरो मन र मस्तिष्कको लडाई पर्थ्यो | यो मन मोरो सधैं हार्थ्यो |

तेस्रो वर्ष सुरु भैसकेको थियो | भविष्य बारे चर्चा चल्दै थियो | कस्तूप विदेश जाने कुरा गर्थ्यो, अपराजिता र सन्यमिता कतै काम खोज्ने योजनामा रहेछन् | मैले त केही सोचेकै थिइन | मलाई त ब्याचुलर्स नै नसक्कियोस् जस्तो लागिरहेको थियो | मैले त्यही सुनाएँ र सिल्वियाको प्लान सुन्न इच्छुक भएँ | ‘मलाई त ब्याचुलर्स सकिने बित्तिकै बिहा गरिदिने रे,’ ऊ बोली गम्भीर मुद्रामा | ‘अहिले नै कति कुराहरु आइरहेको छ रे घरमा,’ उसले मलाई हेरेर भनी |

मेरो सपनाको महल चकनाचुर हुन लागेको थियो | मलाई पुरै संसार घुमेझैं लाग्यो | भावन्न भएर आयो | भूकम्प आएझैं भयो | अलि-अलि भएको आशमा पनि ग्रहण लागेको थियो | म खिन्न भएँ | त्यस दिन बेलुका सिल्विया र म संगै घर जाँदै थियौं | ‘भविष्य बारे सोच्न थाल दिक्षान्त’, उसले कुरा निकाली | ‘सोचेको छैन भनेर हुन्न’ उसले माया ब्यक्त गरेर भनी, ‘सोच्ने बेला आयो अब |’

एक्कासी उसमा मेरो चिन्ता देखेर म छक्क परें | बिहेको कुरा पनि मलाई नै हेरेर भनेकी थिई उसले | के उसले मलाई घुमाउरो पाराले आफ्नो मप्रतिको प्रेम दर्साउदै थिई? मैले बुझ्न सकिन | उसको वाणीमा मायाको आभास पाए पनि उसको आँखाले दर्शाएको निराशापनले मलाई चिमोटिरह्यो | मैले नजिकैको क्याफेमा गएर कफी खाने प्रस्ताव राखें | उसले नाइँ भनिन |

वेटरले कफी ल्याउँदा सिल्विया टोलाई रहेकी थिई | म उसलाई नियाली रहेको थिएँ | निराश थिई त्यही पनि बिछट्ट राम्री | ठूला आँखा एकटक थिए | अरुबेला हुँदो हो त उसलाई नबोलाई हेरी मात्र रहन्थें | तर मलाई उसको मनपेट बुझ्नु थियो |

‘सिल्विया कफी आयो, कता टोलाएको ?’ मैले सुन्यता भंग गरें |

केही बेर चुप लागिरही र कफीको कप टेबलमा खेलाई रही | सायद उसले आफ्नो मनमा यति धेरै व्यथा कोचेकी थिई, त्यसलाई बाहिर निकाल्न पनि उसलाई कठिन परिरहेछ | मैले आफ्नो हात अघि सारेर उसको हात थामिदिएँ र उसको आँखामा आफ्नो भएभरको अनुराग पोखेर हेरिदिएँ | (त्यो आँट ममा कसरी आयो मलाई केहि थाहा थिएन |) उसले पनि मेरो भाव बुझेझैं गरी | हलुका मुस्काई | तर त्यो मुस्कान अलग थियो | त्यसमा व्यथा झल्किन्थ्यो | त्यो मुस्कान दुखाईको थियो | पहिलो चोटी, सिल्वियाको मुस्कानले पोलेको थियो मलाई |

‘एक्लिएकी छु म दिक्षान्त | बह पोख्ने ठाउँ छैन, भविष्यको चिन्ता छ | घरमा बिहेको प्रेसर छ | यसो सोच्यो आफ्नो भविष्य अन्धकारमात्र देख्छु | के केटीहरुको जिन्दगी यही हो त दिक्षान्त? हामीहरुको इच्छा आकांक्षाले पूर्ण रुप लिन कहिले पाउँछ? यहाँ सम्म दुख गरेर आएपछी अब मैले मेरो पहिचान बनाउन खोज्नु मेरो गल्ती हो? के मेरा रहर नाजायज छन्? हाम्रा रहर पलाउन नपाउँदै लुछिदिनु पर्छ? बरू म गर्भमै हुँदा मेरो हत्या गरिएको भए जाती हुन्थ्यो, अहिले आएर मलाई पल पल मर्नु त पर्दैन थियो | एउटा उड्न लागेको पन्छीको पखेटा काटेर उसको जीवन मृत्यु बराबर बनाउनुको के अर्थ?’ उसले आफ्नो गुम्सिएका व्यथा छताछुल्ल पोखी |

उसको कुराले मेरा गह भरिएर आए | उसले पहिलो पटक मसंग मनका व्यथाहरु सेयर गरेकी थिई | उसको दुखमा मेरो मन अमिल्लिएर आएको थियो | कति सपना बोकेका ती आँखाहरु धिमिल्लिएका थिए | जस्तै राम्रो परिवारमा बिहे गरेर गए पनि ऊ स्वतन्त्र हुने थिईन | हाम्रो समाजमा नेपाली बुहारीहरु कति नै स्वतन्त्र होलन् र? औंलामा गन्न सकिएला त्यो सङ्ख्या | कि त समाज, कि त परिवार कि त श्रीमानको अधिनमा उनीहरु पल पल पिल्सिरहेछन् | यो पुरुष प्रधान देशको नाङ्गो र पीडादायी यथार्थ हो | ऊ स्वतन्त्र र सफल हुन चाहन्थी | तर उसका सपना एउटा नमिठो बिपनासंग जुध्न जाँदै थियो |

‘एउटा शुभम थियो जससँग म आफ्नो कुराहरु गर्न सक्थें | तर उसले पनि मलाई यस्तो मोडमा ल्याएर छोडिदियो कि म यता न उता भएँ |’ ऊ भन्दै थिई , म छक्क परेर सुनी रहें |

‘फर्स्ट इयर सक्किए पछी उसले मलाई प्रपोज गर्यो तर ऊप्रति ममा त्यस्तो केहि भावना थिएन | ऊ त मेरो एकदम मिल्ने साथी मात्र थियो | उसले प्रेम प्रस्ताव राख्ला भनेर मैले चिताएको पनि थिईन | उसले त आफ्नो मनको कुरा सजिलै सुनाएको थियो तर सबै भन्दा गाह्रो कुरा त निर्णय दिनु थियो | त्यो मेरो भागमा परेको थियो | मैले स्वीकार गर्नु भनेको झुटो प्रेम दर्साउनु थियो जुन म गर्न सक्दिन थिएँ | मैले अस्विकार गर्दा ऊ टुट्ने थियो, त्यो पनि गर्न ममा हिम्मत थिएन | तर मैले त्यो आँट जुटाई छोड्नु थियो किनभने त्यो हामी दुवैको लागि श्रेयष्कर निर्णय थियो | तिमी नै भन न, कतै नपलाएको प्रेमको मुनालाई सपार्न कहाँ सक्छु र म? मनमा नगाडिएको बिऊको पालुवा म कता खोज्न जाउँ, दिक्षान्त? सबै भन्दा असहज परिस्थिति तब हुँदो रहेछ जब आफ्नो मिल्ने साथीले प्रेम प्रस्ताव राख्दो रहेछ |’ उसले यति भन्दा उसका आँखा धेरै नै भिजेका थिए | मलाई भने उसको अन्तिम वाक्यले धेरै नै लाछारेको थियो | किनभने म पनि उसको मिल्ने साथी थिएँ जो उसलाई माया गर्दथें |

‘मैले आफ्नो निर्णय सुनाउँनु भन्दा अघि उसले कि त साथ कि त दूरी भनेर आफ्नो कुरा प्रष्ट राखेको थियो | त्यसैले मलाई झन् पिंडा परेको थियो | मैले मेरो मिल्ने साथी पनि गुमाउँदै थिएँ | मैले बडो मुस्किलले ऊ संगको दूरी नै रोजें किनभने त्यो साथ दूरीभन्दा पनि पीडादायी हुन्छ जसलाई सम्झौताले गाँजेको हुन्छ | अनि ऊ सधैको लागि मेरो जीवनबाट ताडियो, साथीको नाता पनि रहेन | ऊ त गयो तर म झन् एक्लिएँ त्यसपछि | मेरो जीवनबाट मेरो असल मित्र हराएको थियो | दुइ साथी जब छुट्टिदा रहेछन् तब त्यो पीडालाई भुल्न त्यही साथीको साथ आवश्यक रहेछ | मलाई त्यतिबेला शुभम अझ बढी आवश्यक थियो मेरो साथीको रूपमा | तर ऊ अलप भएको थियो | म आफैं संग हारेको थिएँ |’ यति भनेर उसले पर क्षितिजमा हेरी राखी |

त्यति भनेर ऊ मौन रही | कुरा बल्ल छर्लंग भएको थियो शुभम टाढिएको बारे | तर हामीसंग नि टाढिनुको कुनै औचित्य थिएन | सायद ग्रुपबाटै टाढिनुमा भलो देख्यो उसले |

‘जे हुनु थियो भयो सिल्विया, पोखिएको पानी उठाउन सकिन्न | अतीतका कुरा सम्झेर बस्दा कसैको भलो हुँदैन | तिमीले एक्लो फील गर्नु पर्दैन, तिमीलाई केही पर्दा म छु तिम्रो साथ | बिहेको कुरा पनि तिमी घरमा राम्ररी राख, पक्कै पनि अन्कलहरुले बुझ्नु हुन्छ | अहिले चिन्ता लिएर केहि हुन्न, फाइनल इयरको परीक्षामा ध्यान देऊ | भित्र-भित्रै पिल्सिएर बस्न पाउँदैनौ तिमीले |’ मैले उसलाई केही सान्त्वना दिने प्रयत्न गरें | हुन पनि मैले त्यो बेला के भन्नु? म आफैंलाई थाहा थिएन |

मेरा कुरा सुनेर ऊ मुस्काई मात्र | उसको मुस्कान मैले बुझ्न सकिन |

‘थ्यांक यू दिक्षान्त, आज तिमी नभएको भए मैले मेरो मनको बोझ कहिले नि कतै बिसाउन सक्दिन थिएँ होला | मेरो छट्पटी शान्त भएको छ’, उसले राति मेसेज गरी |

अनि बल्ल मैले उसको दिउसको मुस्कान बुझें | आनन्द आयो उसको मेसेज देखेर | म दङ्ग पर्दै रिप्लाई दिएँ, ‘त्यति नि नगरे के साथी? आफ्नो ख्याल राख J’

त्यसरी हामी अलि नजिकिएँका थियौं | सानोतिनो कुरा सबै एक अर्कालाई भन्न थाल्यौं | तर ऊ प्रतिको प्रेम मैले दर्साउँन सकेको थिईन | एकप्रकारको लत लागेको थियो मलाई उसको, त्यसैले डराउँथें ‘कतै भएको पनि सून्यमा परिणत भयो भने? कतै शुभमको जस्तो हाल हुने त होइन?’ शुभमको प्रस्तावले त्यसै त उसलाई चोट पुगेको थियो | फेरी बल्ल बल्ल खुल्न थालेकी उसलाई मेरो प्रेम प्रस्तावले कस्तो असर पार्ने हो मलाई ज्ञान थिएन | मैले केही निर्णय लिन सकिन | सबै खेल भाग्यको हातमा सुम्पिदिएँ |

समयले कोल्टे फेर्दै गयो, हाम्रो ब्याचुलार्स नि सकियो | ३ वर्ष पनि कति छिट्टै बितेछ | म कस्तूपको सल्लाह अनुसार यसो विदेशको कलेजहरुको बारेमा नि सोधखोज गर्दै थिएँ | त्यत्तिकैमा मेरो मोबाइल बज्यो, मेसेज आएको थियो, सिल्वियाको | ‘मेरो बिहे हुने पक्का भयो | मैले हारें, केटा डाक्टर रे त्यही भएर बुवाआमाले धेरै कर गर्नु भयो, मैले हुन्छ भनिदिएँ |’

म एकाएक होश हराएँझैं भएँ, आफ्नो भावना व्यक्त गर्न नसक्दा त्यो दिन आएको थियो | त्यसपछि मैले उसलाई केही भन्नु बेकार थियो | म उसलाई गुमाउँदै थिएँ सदा-सदाका लागि | मैले केही उत्तर दिन सकिन उसलाई | त्यस दिन पशुपतिनाथको वनमा गएर म धेरै रोएँ | एक्लै रोएँ | आफुलाई धिक्कार्दै रोएँ | आफ्नो कायरतालाई धिक्कारें | उसलाई गुमाउनु नै थियो त मैले आफ्नो भावना व्यक्त गरेको भए हुन्थ्यो भनेर सोच्दै आफुलाई सरापें | जति जे नै गरे पनि अब सिल्विया टाढा हुदैं थिई धेरै टाढा |

‘तिमीलाई अग्रिम बधाई, दुख नमान |’ यत्ति लेखेर उसलाई मेसेज ठेलें र हतार हतार विदेशी कलेजमा फारम भर्ने काम कायम गरें |

उसले रिप्लाई गरिन, सायद उसको घाउमा मैले अझ नुन छर्किदिएको थिएँ | त्यसको केही दिनपछि उसको बिहाको निमन्त्रणा कार्ड मेरो घरमा आइपुगेको थियो | मैले त्यसलाई पल्टाएर पनि हेरिन | आफ्नो दुखलाई अझ बढावा दिन म किन त्यसलाई पल्टाउनु? उसको बिहामा पनि आफ्नो बुवासँग काठमाडौँ बाहिर जानु परेको बहाना बनाएर गईंन | त्यसको केही साता पछी म अमेरिका प्रस्थान गरें, सिल्वियालाई खबर नि नगरी |

पाँच वर्ष पछी म नेपाल आउँदा ऊ मेरै आँखा अगाडी देखा परी | खम्बामा छेकिई म हेरी रहेको थिएँ, एउटा टल्किने चिल्लो गाडी आई उसको अगाडी रोकियो र ऊ त्यो कारमा छिरी | भित्र एउटा मोटो डम्म परेको मानिस थियो | सिल्वियाको श्रीमान होला भनेर मैले अड्कल लगाएँ | तर अझै उसको मुस्कान फर्केको थिएन | चिल्लो गाडी हेर्दा हेर्दै अलप भयो, मेरो घाँटी अझै तन्किनै रहेको थियो | सिल्वियालाई देख्दा लाग्यो ऊ खुसी थिइन त्यो पुरुषसंग | उसको चमक गुमेको थियो | मलाई आत्मग्लानिले छोप्यो | मैले हिम्मत जुटाएको भए आज सिल्विया खुसी हुनिथी जस्तो सोच आयो | म आफ्नै नजरमा गिर्न पुगें | मैले आफुलाई मात्र होइन, सिल्वियालाई पनि मारेको थिएँ | ५ वर्ष सम्म मैले धेरै तडप सहें जस्तो लागेको थियो तर नियतिले अब मलाई जिन्दगीभरको तडप पुरस्कार दिएको थियो | ऊ बिनाको लामो यात्रा तय गरें जस्तो लाग्थ्यो तर मलाई के थाहा थियो र, यो पश्चातापको लामो यात्रा अनन्त सम्म तन्केको रहेछ |

images

Facebooktwitterredditpinterestlinkedinmail

Choice Is Ours To Make

Once upon a time, there was a happy tree. He enjoyed life as birds nesting there sang songs of love, hope and glory each day and entertained him. In their soothing melody, branches and leaves of the tree danced and grooved making a sound environment. Be it sunshine or rain, they were all joyous together. Such was the magic that anyone passing by the tree, felt heaven. 
One fine day as the birds were singing mellifluously, the leaves and the branches of the tree spread such glee that the air roaming around that very area hurled entirely towards the tree to experience the seventh heaven. But unfortunately, the air accelerated so swiftly that it ended up plucking one of the leaves from the tree. Seeing that, the birds stopped their tune and the tree got into the misery as one of the members was gone, forever. Comprehending the situation, the air apologized and  continued its duty to flow taking the detached leaf with it.
On the Other side, the leaf understood that his time was over. He saw his family in pain and same was the case in his side too. But he quickly managed to understand that going back was impossible for him. So all he thought to do was live the limited time he had. He had two choices to make; either live the remaining moment with all he had or  waste the time by crying over the inevitable .  In the end, he chose to live the remaining moment. He embraced what he had and enjoyed flowing with the air. For the first time in his life, he was so free that he could travel, he flew. He was not fixed at one place, he could see the different horizon, colorful fields, magnificent streams and varieties of trees. Obviously, he missed his family but to keep weeping remembering them was being foolish. So as he approached his last breath and descended from the sky, he remembered and sang the songs that the birds used to sing, he imagined the moves he made with his family and felt the pleasure within and with a smile he rested in peace. 
Same as the leaf, we (humans) experience the change far too many times. Often, it is not pleasant. Most of us do not want the change , we usually do not want our comfort zone to alter. But change is the only permanent thing we know. Either we want or not, we should experience it. So, instead of cursing the change, we should be wise enough to not waste the hidden opportunity. Every moment we get is a gift. We should be wise enough to spend it on things that matter. Simply dwelling on unhappy things is just a waste. In the above story, the detached leaf chose to spend his time on happy things rather than dwelling on unhappy things. It’s not what we have got; it’s what we do makes a difference. After all, Life is about choice. We can choose to be a victim or anything else we like to be. Smile 
Make it a GREAT day!

Facebooktwitterredditpinterestlinkedinmail

जब

जब ४३०० मिटरको उचाइमा यो मन तड्पिदिन्छ
जब बिछोडको पिंडाले मुस्कान कता हराइदिन्छ
जब रातको चकमन्नतामा भित्र भित्रै डाह भईदिन्छ
जब चिसो बतासले पुरै तन ठिन्गुराइदिन्छ
जब मायालुको न्यानो स्पर्शको तिर्सना बढिदिन्छ
जब चिसा मान्छेका चिसा वाक्यले घोचिदिन्छ
जब प्रियसीमा मिठा यादले पिरोलिदिन्छ
जब मोबाइलले ‘सम्पर्क हुन सकेन’ भनिदिन्छ
जब कुण्ठित भावना मुटुको कुनामा थन्किदिन्छ
जब लोभ लाग्दो जुनेली रात पनि वाक्क लागिदिन्छ
तब यो मगजले बुझिदिन्छ,

कि तिमी बिना यो जिन्दगी कति अपुरो छ.. 

(गोसाईकुण्डको यात्राको क्रममा राति रचिएको लेख)

Facebooktwitterredditpinterestlinkedinmail

निद्रा कता गयो?



(अबेर सम्म निन्द्रा नलाग्दा)

रातको उमेर ढल्कदो छ
बिछ्यौना सपनीको निम्तो
दिई रहेको छ
ओड्नेले न्यानोपन दिँदो छ
तर खोइ निन्द्रा कता गयो?

एउटा कोल्टे अर्को कोल्टे
कहिले यता, कहिले उता पल्टें
आँखा चिम्म गरी पर्खी बसें
तर खोइ निद्रा कता गयो?

ट्वार् ट्वार् भ्यागुतो कराउँदो छ
मध्यरातको आगमनसंगै यो मन
डराउँदो छ..
भित्र भित्रै आश पलाउँदो छ
तर खोइ निद्रा कता गयो?

(यतिमा बिहानी हुन्छ)
चिरबिर चिरबिर चरा गीत गाउँदै छ
मानिसहरुको निद्रा हराउँदै छ
पूर्व तर्फ, रवि, लाली चडाउँदै छ
तर खोइ निद्रा कता गयो?

(खोइ! यिनै गोसाई-महादेव जानून्)

– लौरिबिना.. बुधबार.. राति.. १६ श्रावन २०६९
  (गोसाईकुण्ड यात्राको क्रममा शेर्पाको घरमा सुत्दा, निन्द्रा नलाग्दा)
Sleep-Remedies-

Facebooktwitterredditpinterestlinkedinmail

बिछडिएको प्रेम

कालो निशामा तारासंगै,
आउँछन् एक जोडी
नयन,
मलाई भेट्न भनि,
झुके-झुकेको
केही हिच्किचाएको
केही पश्चाताप
छल्किरहेको,
ती आँखा,
बोल्न खोज्छन्
केही शब्दहरु
अहँ!
वाक्य फुट्दैन
फुट्दछ त केवल
आँशुको बाँध
तप तप तप
अनि जान्छन् ती आँखा
केही नभनी…

तर आज सुन्दर सपनाझैं
आएकी छे ऊ
त्यही आँखा बोकी..
सल सल बग्ने कपाललाई
जब पवनले धकेल्छ
तब,
देख्दछु म उसलाई
प्रष्ट,
त्यो चाँदनी रातमा |
ठीक त्यस्तै,
जुन रात मैले उसलाई
भन्न सकिनँ
ती कुरा,जुन,
अझै मेरो मनमा गाडिएको छ
काँडा जस्तै…

मैले भन्न सकिनँ
“तिमी परको भविष्य
सोच्छ्यौ किन?
आउ मसंग हरेक पल
बिताउ,
यो चाँदनीमा रमाउ,
वर्तमानमा म छु,
तिमी छौ,
मेरो भरोसा गर
भविष्य हाम्रो बन्नेछ |
भोलि जे हुन्छ, एकसाथ हेरौंला
तिमी आजको चाँदनी बेवास्ता गरी
भोलिको सूर्य खोज्छ्यौ किन?
के पल-पल मिलेर
जिन्दगी बन्ने होइन र?”
हो, म मौन रहें,
तिमीले छोडेर जाँदा..

याद छ मलाई, तिम्रा
यी एक जोडी नयन
आँशुले भरिएका,
त्यो पवित्र ओठ
लुग लुग कांपेका
तिम्रा कोमल चाल
थुर्थुर थर्थराएका
तिम्रो हसिलो मुहार
एकदम मुर्झाएका..
ठीक यही अवस्थामा,
थियौ तिमी,
मलाई छोडेर जाँदा |
मानौं कसैको करले
छोडी जाँदै जस्तै…

अनि आज,
त्यही रुप लिई
मेरो सामु उभिएकी छौ
बिल्कुल निशब्द
बोल्नलाई न त तिमीसंग
शब्द छ,
न त मसंग बहाना..
तर, म बुझ्छु
तिम्रो आँखाको बेचैनी
तिम्रो मनको रहर
तिम्रो भित्री चहाना
त्यसैले म फैलाउँछु
आफ्नो हात
तिमीलाई आफ्नो छातीमा
टाँस्न
छुटिएको हाम्रो मायालाई
गाँस्न…
अनि आउँछौ तिमी
दौडेर,
अश्रुधारा बगाउँदै
ममा लिप्त हुन..
अनि, बडो हर्षसाथ, हामी
एकअर्कालाई मुसार्दै
संसार भुल्न पुग्छौं…

ठीक त्यसै बखत,
एउटा मिठो बास्ना
परबाट आउँछ,
पन्छी वृक्षबाट
मिलनको गीत गाउँछ..
रात्रीकालमा पनि
बाहिर बहार छाउँछ
मानौं प्रकृति खुसीले
गद्गद् छिन्
दुई प्रेमीको पुनर्मिलनमा..
अनि म झसङ्ग हुन्छु
कुनै सपनाबाट ब्युझिंदाझैं
र देख्छु,
न त त्यहाँ तिमी छौ
न त त्यो बहार नै
थियो त बस् मेरो उदास
आकृति अनि हराएको ‘म’
अविरल बग्दै गरेको
अश्रुधारा सहित…..

Facebooktwitterredditpinterestlinkedinmail

याद

मलाई थाहा छ
तिमीलाई मेरो याद आउँदैन
तिम्रो भित्री मनमा
मसंग बिताएका मिठा पलका
सम्झना कदापी छाउँदैन,
न त तिमीले त्यो
सुन्दर अतीत साँचेकी छौ
न त तिमी हाम्रो पुनर्मिलन हुने
आशमा बाँचेकी छौ ||
यदि,
साँच्चै तिमी म बिना न्यास्रीएकी भए
मेरो यादले सताएको भए,
जसरी समुद्रको पानी छाल बनी
तटमा आउन संघर्ष गरी रहन्छ,
ठीक त्यसरी नै,
तिमी म भएको ठाउँमा
आउन संघर्ष गर्थ्यौ |
तर, खेद छ तिमीलाई तिमी मौन रह्यौ.. ||
हो,
तिमी समुद्री छाल बनिनौ
किनभने तिमी नदीको पानी हौ
एकनास बस्न कहिल्यै जानिनौ
तिमी त बस् बगीरह्यौ
भाग्यले जता डोहोराह्यो त्यतै..
मात्र एकचोटी पनि टक्क अडिएर
किनारमा पर्खीरहेको मलाई हेरिनौ.. ||
तर,
जतिनै तिमी भागेपनि
जतिनै बगी रहेपनि
नदीको किनार त हुन्छ नै,
कुनै दिन मेरो श्वासले
तिमीलाई छुन्छ नै.. 
त्यैपनि तिमी बेवास्ता गर्छौ भने,
कुनै दिन नदी सागरमा मिसिन्छ नै
अनि त्यो दिन तिमी स्थिर हुनेछौ ||
ठीक त्यसै दिन,
म पनि हेर्नेछु 
कसरी तिमी भाग्दी रहिछौ..
तटमा बसेको मलाई
छाल बनी तिमी कसरी नभेटऔला?
अनि कसरी तिम्रो मानसपटलमा
हाम्रो मिठो अतित नआउला?
बस् त्यही दिनको प्रतिक्षा छ J ||
Facebooktwitterredditpinterestlinkedinmail

मदिरा

सानै छदाँ भन्नु हुन्थ्यो बाले
बाबु, खानु हुन्न मदिरा
आफ्नो गन्तब्य ठम्याएस्
बीचमा बाटो नबिरा |
मदिरा यस्तो चिज हो,
जति खायो उती लाग्छ नशा
पहिले रमाइलो लाग्ला तर,
पछी लाग्छ दशा ||
सुरुमा मान्छेले खान्छ यसलाई
पछी यसले मानिसलाई |
त्यसैले,
नखानु बाबु तैंले यो मन्द बिष
टाढा रहेस् यसबाट,
यही भो तलाईं मेरो आशिष ||
तर बुवा, 
समयले कोल्टे फेर्दै गयो,
पिउने पिलाउने त फेसनै भयो |
साना ठूला उत्सव मनाउँदा
वा कुनै चाड आउँदा
मदिरा त मानौं त्यहाको
अमृत नै भयो,
पिउने पिलाउने त बाबै
फेसन नै भयो ||
अनि,
यस्ता ठाउँमा
कुनै एउटा भलादमी आउँछ
मदिरा तिरै हात लम्काउँछ |
र यो समाजले पनि
व्हिस्की रम पिउनेलाई
उच्चकोटीमा राखे,
यो जमाना पनि नपिउनेलाई
भनिदिए पाखे..
बुवा,
हामी त पाखे पो भएछौं ||
हेर्नुस न बुवा के जमाना आयो,
मदिरा पिउनेले इज्जत मान सम्मान
आदि सबै पायो |
केही बोल्न सकिन्न यहाँ
उनीहरु बाघ रे हामी खरायो.. |
फेरी यी मदालसहरुको
मदालस नै साक्षी,
रमेका छन् यिनीहरु
हातमा गिलास लिई काखमा मदिराक्षी |
लौन बुवा, के जमाना आयो,
मान्छेको बोध कहाँ हरायो?
हिम्मत गरेर सोधें मैले
एउटा मध्यपायीलाई,
‘के पाउछौं तिमीले
आफैंलाई सिध्याई?’
पुलुक्क हेर्यो उसले
अनि उल्टै सोध्यो रिसले,
‘भाई, तिमी कहाँबाट आ’को,
जीवनको मज्जा तिमीले
खोइ थाहा पा’को?’
अनि उसले,
घुटुक्क पिउँदै भन्यो,
‘एकबारको जिन्दगी यो हेर
त्यतिकै नफाल खेर,
सबै कुरा थाहा हुनु पर्छ,
कति आनन्द दिन्छ यसले
एकपटक चाखेर त हेर..’
अब भन्नु बुवा,
मैले के भन्नु यी मधुमत्तलाई?
अनेक बहाना छन् यिनीहरुसंग
मदिरा सेवन गर्नलाई |
सबै कुराको अनुभव खोज्छन्,
आनन्द लिन शराब नै रोज्छन् |
भलादमीको बिल्ला भिर्छन्,
गल्ली-गल्ली दिउसै गिर्छन् ||
हरेक कुराको अनुभव खोज्ने भए
राम्रो कुरामा हात हाल,
जिन्दगीमा आनन्द रोज्ने भए
गरिब नाङ्गाका लागि आफ्नो कोट फुकाल |
अनि भन्नु,
हरेक कुरा अनुभव गरियो,
समाजको रुप फेरियो..
तिमीहरुको जांड खाने पैसाले
गरिबलाई भात खान पुग्छ..
आफु नशामा लठ्ठिन छोड,
सोध दरिद्रको पेट किन दुख्छ?
धन्य पिता तपाईं,
बेलैमा अर्ती दिनुभो मलाई..
केही गर्न नसके पनि मैले,
भात खाने पैसा रक्सीलाई खर्चेको छैन |
आफु बोक्रे भलादमी बन्न,
मदिराको अत्तर छर्केको छैन |
त्यसैले बुवा,
म अचेल त्यस्ता भलादमीको
पार्टीमा कमै जान्छु |
त्यस्ता बोक्रे भलादमी हुनुभन्दा जाती
आफु पाखे हुनुमै ठान्छु..
आफु पाखे हुनुमै ठान्छु…. ||
Facebooktwitterredditpinterestlinkedinmail