स्मृति २

बाल्यकालको तस्वीर,
मेरो बा, उहाँको कलिलो छोरो
अनि पछाडी साइकलमा सवार कान्छो दाहाल,
त्यो पहेंलो तोरीबारीमा कति खुलेका ।

त्यो भन्दा नि खुलेको छ,
मेरा बाको सेता दन्त लहरा
सायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाई
त्यो पहेंलो सर्ट लगाउने सानो मनुवा

फेरी लाग्छ,
मेरा बाको नजरमा
ती फुलेका फगत पहेँला फूल होइनन्
ती त उनकै पुत्र हो ।
मेरा बाले रोपेर फक्रेका पुत्र ।

मेरा बा,
सन्तान बीच घेरिएर दङ्ग छन्
आफैंले गोडमेल गरी फक्रेका सन्तान ।

आज यो तस्वीर नियाल्दा,
एउटा पुत्रको नजरबाट,
म ती तोरीका फूलमा
बुवाका हाँसो अनि खुसी देख्छु
मेरा बाले,
आफ्नो खुसी, उदाङ्गो आकाश ले
छोप्न नसक्ने गरी छर्दिनु भएछ ।

त्यसैले,
म आजपनि
हरेक तोरीबारीमा मेरा बाको
खुसी फक्री रहेको पाउँछु
र म प्रफुल्लित हुन्छु
त्यो तस्वीरको पहेंलो सर्ट लगाउने
सानो मनुवा जस्तै ।

Facebooktwitterredditpinterestlinkedinmail

स्मृति

स्मृति:

म सानो हुँदा जब म ढिला सम्म सुत्ने गर्थें, मेरो बुवा Bhola मलाई कहिलेकाहिँ उठाउन आउनु हुन्थ्यो | उहाँ मलाई उठाउन मेरो समीप पनि नआई अथवा भनौँ मलाई छुदै-नछोई पर बाट नै एउटा संस्कृतको श्लोक गाउनु हुन्थ्यो |

“शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।”

यो पुरै गाउँदा सम्म पनि म उठिन भने ‘बाबु उठ’ भनेर कोठाबाट निस्किनु हुन्थ्यो | नउठे पनि म बुवाले गाउनु भएको सुनेर निदाएझैँ नाटक गरी पल्टी रहन्थें |  बुवा मलाई उठाउन आइरहनु भयो, म निदाएझैँ श्लोकमा मस्त हुँदै गएँ | अनायसै, यो मेरो मानसपटलमा बस्न सफल भयो | यो श्लोकको प्रथम अनुच्छेद मलाई कण्ठस्त हुन पुग्यो |

बिस्तारै म ठूलो हुँदै गएँ | चाँडो उठ्न पनि थालेँ र नउठे पनि बुवाले मलाई उठाउन छोड्नु भयो | हुर्केको छोरोलाई उठ भन्न कति जानु? कुरा सहि पनि हो | अचेल, भान्जा-भान्जीहरु ढिला सम्म सुतिरहंदा अनि मैले उठाउन पर्दा मेरो दिमागमा पनि यहि श्लोक आउन थालेको छ | म पनि उनीहरुलाई उठाउन यहि श्लोक गाउँदो रहेछु |

गाउँदै/बजाउंदै गर्दा पो झसङ्ग भएँ कि मलाई त यसको मतलब नै थाहा छैन | यो श्लोक कहाँ कुन किताबमा छ पनि हेक्का छैन | कौतुहल हुँदै खोज्ने क्रममा थाहा भयो कि मार्कण्य पुराणमा मदलासा उपदेश छ जहाँ मदलासा भन्ने रानीले आफ्नो सन्तान रुँदा खेलौना जस्ता भौतिकवादी चिजहरुले सन्तान भुलाउनुको सट्टा यो गीत/लोहोरी गाउँदै सत्यको ज्ञान दिई फुल्याउनु हुन्थ्यो | त्यो जीवनको सत्यलाई गीतको रूपमा प्रस्तुत गरी उपदेश दिनुभएकाले त्यसलाई मदलासा उपदेश अथवा मदलासा पुत्र उपदेश भनेर पनि चिनियो |

पहिलो अनुच्छेदको मतलब यस्तो छ:

“शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।”

Madalasa says to her crying son:
“You are pure, Enlightened, and spotless.
Leave the illusion of the world
and wake up from this deep slumber of delusion”

यो अनुच्छेदबाट प्रष्ट हुन्छ कि मेरो बुवाले पनि मलाई, “तिमी पवित्र छौ, निश्चल, निष्पाप छौ | संसारको मायामा नपर, उठ! संसारिक माया र भ्रमलाई त्याग, यो निद्रालाई त्याग |” भन्दै उपदेश दिनु भएको रहेछ |

अस्तु|

Facebooktwitterredditpinterestlinkedinmail

Forgiveness!!

How long can a thing bug you even after the umpteen attempts to let it go? Mahatma Gandhi said,”The weak can never forgive. Forgiveness is the attribute of the strong.” Perhaps I am not that strong enough to forgive. Forgetting and forgiving gives you the peace. And when you can’t do that, you alone are left with the suffering regardless of what the actual pain giver is in whatever state. It’s been 15 months since this incident happened (let the incident be a secret here) and what bugs me is not that this happened but how it still feels like a fresh wound and I can’t let it go. The saddest part is that the date of this incident is imprinted on my mind. As long as this continues, I won’t find a moment’s peace. September 23, 2017, I need to forget you.

I have no hard feelings with the concerned person anymore. But, the incident, as a whole, brings moment of conflict within me. I need to be strong. Lot more strong and not make myself suffer anymore. 

Facebooktwitterredditpinterestlinkedinmail

Conquer the west, Ashish Shrestha

Dear Ashish,
immense love..

Even before starting this letter, I have this thought that you are going to find this letter incredibly boring and funny (funny not because it is humorous but because I act childish each time). I know you would not even completely read this and perhaps, that’s the exact reason that I won’t be sharing it to you directly. This makes me realize that I am writing this letter not for you but for myself.
I do not know how to start but let’s go with how it should be. Many congratulations that you are going to the US for your Masters program and I hope you return with a PhD too. I know you will do good as you have always been that hard working guy who would push to strive for betterment with every stride. I have no doubt that you will prove to yourself that how laborious you are. Funny how I used the term ‘prove to yourself’ whereas anyone who do not know you would go with ‘prove to others’. During this long friendship, what I have known is that you have nothing to prove to others. Your war is always with yourself. Your rival is you. Your competition is with yourself. And you have demonstrated that very thing time and again by testing yourself (or say, by engaging yourself) in every field that fascinated you. But for the sake of formality, let me wish you good luck in the States and hope that whatever challenges come forward, will be accepted and demolished.
The time has come and anxiety comes knocking. It is expected at your doorstep but why is this unwanted visitor knocking at my door? You have always been that distant but close from heart friend; be it in High school days or the two years’ period of your work days in Janakpur. Your absence was always felt. You are such a go-to-guy in every step  of one’s life. The earphone’s broken? Call Ashish. Need a trek itinerary? Call Ashish. Confused about which food is good for fishes? Call Ashish. Need a good laugh? Call Ashish. Do info about any thing? Call Ashish. Need a shoulder to lie (cry) on? Call Ashish. Need advice/life lesson/motivation/optimism? Call Ashish. Need to play futsal? Call Ashish. I can’t think of things that do not relate to you. The warmness that you provide to your friends is what makes you so close despite physical distance. I know you will just remain the same wherever you go and this distance does not matter much. But why does it scare me now that you are flying to the US. Is it because I have my closest of friends swallowed by the US and I can’t just feel the warmth whenever I need their shoulders to lie upon? The technology is no good. The technology is no God.
You are more of a guardian to me. A guardian who does not judge but accepts whatever flaws I have in me. And also makes me work in my flaws. You always had one true instance and were always bold in it. You did not succumb to peer pressure but you always stood against it. You were courageous to know the path that you wanted to travel and my god, how you were unshakable is beyond my imagination. One true friend. One true hero. One true inspiration to always look to. Aah! such pure soul. You will be sorely missed man. With Roshan gone (to Australia), the meeting without him are still tasteless and now you packing your bags make it hard to imagine the future days. 
Nonetheless, I hope we meet soon in the future. I hope you return to Nepal. I hope we gather like the good old days and ring our laughter so loud that it gives the meaning to our existence. All those (whole night) talks in your and my home will be missed. The questions we asked to ourselves about existence, aim, future, dreams and many more might run around the clouds whenever I look up at the darkest of nights and remember our friendship. I can’t promise that you won’t be missed when the clouds break and hit me as rainfall.
It has become a random letter and I should be stopping now as 15 years of friendship can never fit into a blogpost. My best wishes are with you Ashish. Conquer the west!

Love,
Bhaskar….

Facebooktwitterredditpinterestlinkedinmail

रोशनलाई चिठ्ठी

प्यारो रोशन,
मुटु भरिको माया ||

पाँच वर्ष अघि मात्र मैले तिमीलाई यसरी चिठ्ठी लेख्छु भनेर भनेको भए सायद म आफैँ पत्याउँदिन थिएँ | तर आज मैले तिमीलाई चिठ्ठी नलेखी बस्न सकिन | साथीको साथी भन्दा भन्दै  आफ्नै मनमिल्ने साथी कति खेर भयौ, त्यो सोच्न जरुरी छैन किनभने तिमीलाई आफ्नो भित्री मनको कुनामा पाउनु मेरो लागि सौभाग्यको कुरा हो | तिमी, तिमी भएकोमा धन्यवाद|

आशिषसँग भेट्दा, तिमी र अंकित सधैँ साथै भेटिने भएकाले तिमीहरुसँग पनि मित्रता प्रगाढ बन्दै गयो | तिमीसँग भन्दा अझ अंकितसँग बढी भेटघाट र घुलमिल भएकाले तिमीसँग भन्दा बढी अंकितसँग लगाव थियो |  कपाल लामो पालेको, निधारमा धेरै जसो रुमाल बाँधेको अनि त्यति धेरै नबोल्ने तिमीलाई हेर्दा तिमीसँग मेरो कुरा मिल्दैन कि जस्तो लाग्थ्यो सुरुसुरुमा | फाट्टफुट्ट भेटघाटमा गहिरो मित्रता त भएको थिएन; मित्रताले गहिरो रूप त त्यति बेला लियो जब तिमी र म अन्नपुर्ण आधार शिविर गयौं | आशिष अनि अंकित दुवै नजाने भएपछी म, तिमी र तिम्रा अफिसका सहपाठीहरुसँग घुम्न जान हिच्किचाएको थिएँ | त्यतिका दिन राम्रो चिनजान नभएका मान्छे सँग कसरी जानु भनी मनमा निकै दुविधा थियो | म बरु दोस्रो चोटी आशिष श्रेष्ठ र उसका साथीहरुसँग गोसाइँकुण्ड जान तम्सिएको थिएँ | जब मैले केहि अस्पष्टता जाहेर गरी अन्नपुर्ण आधार शिविर नजाने जस्तो कुरा गरेको थिएँ, मलाई अझै याद छ, तिमीले ‘Damn it Bhaskar! you are going with us’ भनेको | सायद मलाई पनि आश्वाशन मिलेको थियो तिमीले त्यति भनेपछी | म तिमीसँग जान तयार भएँ |

कलंकीमा भेटे देखिन् यात्रा भरी तिमीले जसरी मलाई माया र सद्भाव देखायौ त्यो नै मेरो लागि अमुर्त साथीत्व भयो, प्रेमभाव भयो | भारतीय रास्ट्रपति मोदीले नाकाबन्दी गरेको बेला घुम्न निस्केका हामी, कलंकी देखि झण्डै पोखरा सम्म नै गाडीमा उभिएर पुगेका थियौं | सिट खाली भएपछी मलाई बस भनेर आफु उभिई राखेको, उल्लेरीको उकालोमा आफुले बोकेको ट्रेक्किंग लौरो मलाई दिई, ‘तिमीलाई गाह्रो भयो जस्तो छ, म यत्तिकै हिड्न सक्छु, तिमी यो लौरो टेकेर हिंड |’ भनी भनेको, घोरेपानीमा किनेको ठूलो स्याउ मैले कसैलाई नबाँढी खाएको थिएँ तर तिमीले भने एउटा स्याऊ पनि पहिला मलाई टोक्न दिई अनि मात्र आफुले खाएका थियौ | मप्रति प्रेमभाव/दया प्रदर्शन गरेको यस्ता धेरै उदाहरण छन् | यात्रा भरी मैले तिमीलाई नजिकै बाट चिन्ने मौका पाएँ, जान्ने मौका पाएँ र तिमी भित्रको निश्चलताले आफुँ छताछुल्ल हुन पाएँ | अन्नपुर्ण आधार शिविर नपुग्दै तिमीलाई मेरो मनले असल मित्रको रूपमा स्वीकारी सकेको थियो | तिमी common friend बाट  proper friend भैसकेको थियौ | अन्नपुर्ण पछी, चम्पादेवीमा क्याम्पिंग, कालिन्चोक, सुकुटेमा राफ्टिंग,नगरकोट, तिलिचो गरी अनेक ठाउँ हामी सगसंगै यात्रा गरी सक्यौं | विशेष कारणले म तिमीसँग सगरमाथा आधार शिविर जान सकिन, यसको पछुतो मलाई आजपनि छ |

यो भयो विगतका कुरा, अब लागौं वर्तमान तर्फ | सर्वप्रथम, तिमीलाई बधाई अनि शुभकामना, तिमी अस्ट्रेलियामा मास्टर्स गर्न जाने भएका छौ | तिम्रो प्रगतिको कामना गर्दै उताको बसाई सफल र मङ्गल दुवै होस् भन्ने चाहन्छु | आफ्नो देश छोडेर विदेशमा गई पढ्न र काम गर्न पक्कै सहज नहोला, तर तिमी निडर, साहसी र कर्मनिष्ठ मानिस हौ र आइपरेका बाधाहरूलाई तिमीले आफ्नो बुद्धिविवेकले पन्छाउँदै आफ्नो गन्तव्यमा पुगी छोड्छौ भन्ने कुरामा दुई मत छैन | तिमीलाई चिने देखि आजसम्म मैले तिम्रो एउटा पनि अवगुण भेटेको छैन  र यो सिलसिला कायम रहोस् | तिमी अस्ट्रेलियामा आफ्नो उद्देश्य पूरा गर्नु, सकेसम्म नेपाल फर्किनु | अब्बल भएर देशमा आफ्नो अब्बलता सदुपयोग गर्नु, स्वदेशलाई पनि सम्बृद्ध पार्ने सपना देख्नु | आफ्नी आमालाई, देशलाई नभुल्नु र म जस्ता साथीभाई लाई पनि मनमै राख्नु | यी त मेरा इच्छा, भित्री मनोकांक्षा र स्वार्थीपना बोलेका हुन् | यसो सोच्छु, तिमी बिनाको मेरा ट्रेक्किंग कति खल्ला होलान्, बुधबार फुटसल पछी भेट्ने चियापसल कति खाली लाग्ला, शनिबार र आइतबार कति निरस लाग्लान्, थिएटरमा लाग्ने फिलिमहरु कति दिक्दार लाग्लान् र अनायासै रातमा पागलजसरी गर्ने karaoke night कति lifeless लाग्लान् |  त्यसैले लाग्छ तिमी विदेशमै नहराए हुन्थ्यो | तर त्यसो भन्न कहाँ मिल्यो र? जिन्दगी तिम्रो, दुख तिम्रो, भोगाई नितान्त तिम्रो अनि तिमीलाई यसो गर र उसो गर भन्न हामीले कहाँ मिल्यो र? तिमीलाई जे सजिलो हुन्छ त्यहि गर्नु | मेरो साथ सदैव तिमीलाई छ | माया सदैव छ | बस एउटा कुरा चाहिँ तिमीले ख्याल गर्नु; तिमी सहजै कसैलाई ‘नाइँ’ भन्न सक्दैनौ | विदेशमा कसैले गलत फाईदा उठाउलान्, तिमी नचाहिने कुरालाई अस्विकार गरिदिनु | नाइँ भनिदिनु | सबैलाई रिझाउनु पर्छ भन्ने छैन | बस त्यति कुरा गर्यौ भने तिम्रो चिन्ता लिनुपर्दैन हामीले यहाँ | अरुकुरा तिमीले गर्छौ भन्नेमा म विश्वस्त छु |

तिमीसँगको गहिरो दोस्ती भएको लगभग ३ वर्षे यात्रामा निकै कुरा एकसाथ गरियो | सुख, दुखका सायद हरेक पाटो केलाईयो | तिम्रो मनमा मेरोलागि के स्थान छ म भन्न सक्दिन तर तिमी मेरा लागि असल मित्र मात्र नभई ( म भन्दा कान्छो भए पनि) एक असल दाजु जस्तो पनि छौ किनभने तिमीले मलाई आफ्नो भाई जस्तै माया गरेको छौ | यो कुरा भन्दा मलाई तिलिचोको एउटा घटनाको याद आउँछ | मुस्कान र म अर्कै बाटो लागेर २ घण्टा हराएर तिमीहरु भएको ठाउँमा आउंदै गर्दा, तिमीलाई भेटेको र तिमीले गाली गरेको सम्झना अझै ताजा छ | तिमीलाई देख्दा असाध्यै खुसी र डर एकसाथ लागेको थियो | जस्तो कि केहि गल्ती गरे पश्चात भाइले दाजुलाई भेटे जस्तै | खुसी किन लाग्यो भने, अब आफुँ सुरक्षित भैयो भन्ने कुरा मनमा आएको थियो | डर किन लाग्यो भने अब तिमीले हामीलाई गाली गर्छौ भन्ने ठानेर | नभन्दै त्यस्तै भयो, तिमी यात्राको क्रममा दुईवटा चस्मा हराएकाले चस्मा खोज्दै आउँदा हामीसंग जम्काभेट हुनु र सोझै हामीमाथि खनिनु मलाई निकै रमाइलो लाग्यो | आँखा भरिएर आएका थिए मेरा | “तिमीहरु जान्ने भएर नचाइने बाटो गयौ होइन? हिरो भएर जुनपायो त्यहि बाटो कसले जानु भन्यो तिमीहरुलाई” भनेर तिमीले गाली गर्दा कस्सम कस्तो खुसी लागेको थियो | अब त्यसरी यात्राको क्रममा गल्ती गर्दा, कसले गाली गर्ला रोशन मलाई? तिमी त उता अस्ट्रेलियामा हुनेछौ | खैर, समय भन्दा बलवान कोहि छैन, जसरी समयले हामीलाई साथी बनायो त्यसरी नै जिन्दगीको अनन्त यात्राभर समयले नै हामीलाई र हाम्रो मित्रतालाई बाँधी रहनेछ भन्नेमा म आशावादी छु |

तिमी, म, श्रृष्टी, अंकित अनि आशिष मिली hi5 बनेका थियौं र आशा छ यो मित्रता आजीवन कायम रहोस् | आई विल मिस यु रोशन; सो विल hi5. अझ धेरै ठाउँ सँगै घुम्ने, धेरै मुविज सँगै हेर्ने, धेरै हाँसो सँगै हाँस्ने, धेरै रुवाई सँगै रुने अनि धेरै जन्मदिन सँगै मनाउने सपना बोकी तिमीलाई अस्ट्रेलियामा सफलता मिलोस् भन्ने कामना गर्दै अहिलेलाई यो चिठ्ठी यहिं टुंगाउन चाहन्छु | र तिमी चाँडै नै अस्ट्रेलियाबाट ‘ओइ ढकाल’ भनेर परदेखि हाँस्दै आएको देख्न र सुन्न पाउँ | बस्! मान्छेलाई खुसी हुन धेरै केहि चाहिंदैन | नारायण गोपालले गाएको गीत जस्तै, ‘एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा …’

तिम्रो उही साथी,
ढकाल | 

some clips of us together, along with hi5…
 
Facebooktwitterredditpinterestlinkedinmail

Wayne Mark Rooney – Farewell to a Legend

Dear Wayne, it was Euro 2004 that I first got the glimpse of you. As a England fan (thanks to David Beckham for both club and country support), I was watching you (the 18 year old kid)  play for the first time as a 13 year old kid myself. As you scored two goals against Switzerland, I became your fan instantly, secretly wishing to see you in United’s colour. Two months later, my wish came true and you were the most expensive teenager in Britain’s history. What a signing you were.
David Beckham made me watch football and support United. But it was you, Wayne, who made me fall in love with this game. You were talented, passionate, hungry for goals, aggressive and tireless. It was such a privilege to watch you play. You were so selfless that you often sacrificed yourself for the sake of the team. You played in wings, center mid and attacking mid just to makeup the weak areas of the team. You were such a team player. Never selfish. It was pleasure to see you play. Every minute.
I never thought that this day would come to bid you farewell from Manchester United. I always wanted you, Wazza, to retire at United and used to think that you would go on till late thirties (at United). But, not everything goes the way we want. I was 13 when you came to the Theatre of Dreams and 13 years later, I feel that my childhood is over. My childhood hero is gone. My best player is gone. It will be a shame to see you in non-United colour. Dear Wayne, blue does not suit you at all. Not one bit. And it will be odd to see that legendary no. 10 Red Shirt worn by other player, no matter how high profile he is. How I wish you were still a Red Devil.
When I think of United, I think of you Wayne. And it will take some time for me to accept that you are gone. Every time we conceded, I searched for you to rescue us. I was always so sure that you would take us out of such situations and guide us to glory. And you did. You won us so many matches and trophies. I am habituated to that for 13 years Wayne. I know, when United concedes, I will still search you but you won’t be there. How painful will that be? Goals of all sorts viz. acrobatic, tap ins, headers, long range, free-kicks, volleys, penalties and sublime chips will be missed. As selfless as you were, I will miss all the assists too and not to forget those Paul Scholes-esque diagonal balls and vision. Not to mention the passion for the game.
You came into the team full of talented players and legends of the game. But you fitted so perfectly like a missing puzzle. You came and you conquered; broke a number of records and wrote your name in the history books. I feel sorry for the youngsters who never got to see you play. Wayne Rooney from 2004 to 2012 was absolutely joy to watch and was a world winner. Your charisma, passion, hunger and selflessness for the game made me love you instantly and boy, it was never over. I kept adoring you making you the synonym of Manchester United. Your stats prove that you never disappointed.
Countless strikers came and departed the club but you remained. You were not perfect, you had your moments that proved you were human. You erred. But you covered those moments with your brilliance, repaying the fans with what they wanted from you. You delivered. And that explains your character. When you were on the field, it never felt like you were giving any less than 100%. You gave more. One more aspect I love about your game was you tracking back to win the ball from the opponent. You, a striker, were seen defending and within a flash, you were there counter-attacking and scoring a belter. At times, it was like seeing countless Rooneys on the same field at the same time. That was a joy to watch Wayne. But there is only one Rooney. And you are off to Everton. I will miss that particular passionate player on the field in a red shirt.
253 goals for Manchester United will stand tall for years to come. And perhaps, no one will break that record in the modern era of football where loyalty is rare. And that is what makes you a legend and like Ander Herrera mentioned I will gladly tell my grandchildren about you Wazza. In an era of (arguably) the two greatest of all time, Messi and Ronaldo, I will not let the story of certain Wayne Mark Rooney die. For what you did for United is no less and your name will forever be in Golden letters in the history of Manchester United. ‘Remember the name, Wayne Rooney’, Clive Tyldesley said when you broke into world football making waves as you scored that screamer against Arsenal in a blue shirt. No wonder, the world will remember your name for years as the (arguably) greatest Manchester United player.
As your big fan, I wish you all the very best for your future Rooney. You are still just 31 and can play around 5 years more (though you have got only 2 years’ of contract at Everton, I hope it gets extended). During this time, I wish you score more goals and break another record that Alan Shearer holds. May you be the top scorer of Premier League too and also break into the England team. I hope you get selected for the World Cup team and score more goals for England, stretching the record far.
Before I stop writing, I would like to thank you Wayne for making me love this sport and for countless memories. I will never forget your goals and assists, your moments of magic and the inspiration that you injected in us through your play. Thank you for 13 superb years and 16 trophies. While you were here, you as a player won everything that could have been won. What a great career you had, Wazza. But it’s time to part ways. Adios Captain. You came as a kid and left as a Legend. All the best for the future and yes, I would like to see you back in Old Trafford after you hang up your boots. Lastly, I would like to describe you in short borrowing a Martin Tyler quote here:
“Rooney! It defies description! How about ‘sensational’? How about ‘superb’?”

Farewell Legend. It’s an end of an era. You have been a great servant of the club.

– Yours greatest fan,
Bhaskar Dhakal

rooo
Finally, I would like to share my top 10 goals of Wayne Rooney scored as a RED DEVIL.
10. What better than the debut goals to start with? I pick not one but all his 3 goals in this position. Hat-trick in a debut match in a European competition as a Red Devil. Wayne Rooney, You beauty!!

9. This goal is special  as this was his first against the Scousers and I loved the long range goal. Goal vs Liverpool is always so special 🙂

8.  That chip goal against Pompey in FA cup was genius.  Always in love with that goal. Shows the technical ability of Rooney. Brilliant.

7. What a counter attack from the deadly duo.. Ronnie and Rooney and what a sublime finish by Wayne Rooney..

6. This goal vs Arsenal is what a typical Rooney does.. Behold his run, his passion, undying hunger for the goal. And, not to forget his deadly finishing. This is perfect. (Just fast forward to 1:55 for the goal. I could not find the individual video)

5. The champions’ League final goal vs Barca.. He scored but United lost. (fast forward to 1:16)

4. The record breaking goal via Freekick vs Stoke. What a goal that was to score 250th goal for United surpassing the legendary Sir Bobby Charlton.

3. The half way line volley from Rooney. Watch and adore..

2. Did we talk about volley? What better volley than this? An angry Rooney. A typical aggressive Wayne Rooney finishes a wonderful volley of all time.

1.  Rooney… Oh wonderful.. what a goal.. at what a time.. in what a place.. what a player.. Wayne Rooney.. out of this world..

the same video with better video resolution

Special mentions:

FFS, There are far too many special goals and I am getting too emotional, let’s watch his 250 goals for United together..
Facebooktwitterredditpinterestlinkedinmail

भान्जा-भान्जीलाई चिठ्ठी

प्रिय भान्जा-भान्जी,
माया ||

सधैँ कसै न कसैलाई चिठ्ठी लेखी रहने मामाले आज किन हामीलाई चिठ्ठी लेख्यो भनेर आश्चर्य लाग्यो होला र अलि अलि दिक्क पनि | अरुलाई लेखेको चिठ्ठी त नपढे पनि हुने थियो, तर आफैंलाई सम्बोधन गरेको चिठ्ठी कसरी नपढ्नु ? दोधारमा पर्यौ हगी? फेरी चिठ्ठी नि लामो, ‘लास्ट बोरिंग हुन्छ’ भनेर पहिले नै परिकल्पना पनि गरिसक्यौ होला | यो पढ्नु भन्दा अघिनै कत्रो छ चिठ्ठी भनेर हेरी पनि सक्यौ होला, है? सके सम्म म छोटो पार्छु है?

यो लेख्नको लागि मात्र लेखिएको पत्र होइन | केही कुरा अप्रत्यक्ष भन्न पनि यो चिठ्ठीको सहारा लिएको हूँ | किनभने वास्तविक जीवनमा मेरो छवि एक ‘हाउडे’ मामाको रुपमा तिमीहरुको मानसपटलमा बसेको छ | सोझै तिमीहरुलाई यी कुरा भन्दा तिमीहरुले हावामा उडाइदिने सम्भावना बढी भएकाले, यसो गर्न बाध्य पनि छु | ‘बुढा बौलाए कि क्या हो’ भनेर चाहीं नसोच्नु | तिमीहरु ५ जना सबैलाई अहिले यो चिठ्ठीले समेट्न नसक्ला तर जीवनको कुनै न कुनै मोडमा अवश्य समेट्छ | त्यसैले आफुँलाई मिल्ने सन्दर्भ आएमा, मेरो लागि हो भनेर मन-मनै ‘मम’ भन्नु | तात्तातै ग्वाम-ग्वाम खाने पिठोले छोप्या बडा-बडा डल्ला ‘मम’ होइन नि | तिमीहरु ५ मध्ये अनुभव र अदिति अब बुझ्ने भईसक्यौ, आश्ना र अविनभ बुझ्ने हुँदै छौ र कान्छो, आयाम, तिमी त काले कृष्णझैं छौ | यो चिठ्ठी अरुलाई कम, अनुभव र अदितिलाई बढी हो; उनीहरुको उमेरको हिसाबले | जब आशु, अवि अनि आयाम ठूला हुन्छौ तब यो चिठ्ठी तिमीहरुलाई पनि मिल्छ | अब म खुलेर कुरा गर्छु है?

अनु र अदु, यसो सोच्यो, तिमीहरु भन्दा बच्चा त म नै छु | अझै पनि तिमीहरु भन्दा अपरिपक्क काम गर्छु | बोलाई, हिंडाई र काम गराई अझै बच्चा जस्तै छ | तर म बच्चा भई नै रहँदा, तिमीहरु भने धेरै ठूला भई सकेछौ | तिमीहरु र म बीच एक पुस्ताको फरक छ भनेर पनि लाग्दैन मलाई | म त तिमीहरुको साथी भनेर आफुलाई सोच्छु, तिमीहरुले नि त्यस्तै सोचेमा म गदगद हुने थिएँ | किनभने, जब दुई पुस्ता बीच मित्रता हुन्छ तब ‘generation gap’ लुसुक्क घरको झ्यालबाट हाम फालेर आत्महत्या गर्छ | तिमीहरु अब स्कूल सकेर हाई-स्कूल जाँदैछौ | यस वर्ष देखि तथाकथित फलामे ढोका भत्किएको छ तर मलाई बिश्वास छ फलामे ढोका होस् या अरु कुनै, तिमीहरुले कुनै पनि ढोकाको ताल्चा सजिलै फोर्न सक्छौ | अब आउने ढोकाहरुको नाम नहुन सक्छ तर ती सबै भन्दा बढी महत्वपूर्ण ढोका हुन् | फलामे पछी चांदी, सुनको, हिराको भन्ने ढोकाहरु त हुन्नन् तर क्रमश त्यसरी नै महत्वपूर्ण वा भनौं बहुमुल्य हन्छन् | अब जीवनको डोरी तिमीहरुकै हातमा छ | कता लग्ने, कसरी लाने, त्यो सबै तिमीहरुले निर्धारण गर्नु पर्छ |

हाइस्कूल कता पढ्ने भन्दा पनि के पढ्ने भनेर तिमीहरुले सोच्नु | आफुँ के मा अब्बल छु र के गर्न सक्छु वा सक्दिन भन्ने कुरा तिमीहरुलाई थाहा हुन्छ | त्यसै अनुरुप गर्नु | कहाँ पढ्ने भन्ने चिन्ता तिमीहरुले गर्नु पर्दैन, तिमिहरुलाई भन्दा बढी चिन्ता तिमीहरुको आमाबुवालाई हुन्छ | शिक्षित अभिभावक हुनुहुन्छ, वहाँहरुले आफुले सक्दो राम्रो ठाउँमा पढाउनुहुन्छ | मेरा साथीहरु यो पढ्छन् रे, यहाँ पढ्छन् रे भनेर त्यहीं जान्छु अनि त्यहि पढ्छु भनेर जिद्दी नगर्नु | आफुँ केमा राम्रो छु, मेरो सपना के हो भनेर बुझ्नु अनि त्यहि अनुरुप आफ्नो निर्णय सुनाउनु | मेरा दिदी-भिनाजुहरुले तिमीहरुको निर्णयलाई अवश्य कदर गर्नुहुनेछ | डाक्टर, इन्जिनियरमात्र बन्नु पर्छ, अरु विषय केहि होइनन् भन्ने सोच आफुले नि नल्याउनु र आफ्ना बुवा-आमाको त्यस्तो सोच छ भने पनि राम्रोसँग आफ्नो कुरा व्यक्त गर्नु | आफ्नो डाक्टर/इन्जिनियर बन्ने नै सपना छ भने आफ्नो अब्बल्ताको नमुना अहिले देखि नै देखाउनु |

Teen ageको चरम बिन्दुमा छौ तिमीहरु | कलिला माटो हौ तिमीहरु | जता लग्यो त्यस्तै हुने, जस्तो बनायो त्यस्तै हुने | बिग्रिने (वा सप्रने) उमेर पनि यहि हो | साथीहरुको लहै-लहैमा लागेर जथाभावी खाने, जथाभावी गर्ने लहडबाट बच्नु | तिमीहरुले ‘नाइँ’ भन्न सिक्नु | ‘Learn to say no’. आफुँलाई मन नपर्ने वा ठिक नलागेको कुरामा अरुले कर गरे भने ‘no’ भन्न सिक्नु | दुनियामा धेरै दुख आफुले ‘no’ भन्न नसक्दा पाईन्छ | डर नमान्नु, दुर्व्यवहार कसैले गरे भने प्रतिकार गर्नु | आफुले सकिएन भने घरमा आएर भन्नु | मित्रताको कदर गर्नुपर्छ तर कस्तो कुरामा साथ दिंदैछु भनेर मनन गर्नु | यसै उमेरमा प्रेमको छर्राले हान्छ पनि | प्रेम गर्नु, प्रेममा पर्नु नराम्रो कुरा होइन | तर आफ्नो गन्तब्य कदापि नबिर्सिनु | प्रेमले तिम्रो पढाईमा, व्यबहारमा र जिन्दगीमा प्रतिकुल असर पार्छ भने बेलैमा टाढिनु | अंग्रेजीमा एउटा भनाई छ, ‘If it’s meant to be, it will be.’ हुनु छ भने पछी फेरी हुन्छ | माया-प्रेम सकारात्मक कुरा हो तर समय गलत पर्यो भने नकारात्मक असर पार्छ | त्यसैले मेरो लक्ष्य के हो, र म कहाँ पुग्नु छ भन्ने कुरा कहिले पनि नबिर्सिनु |

यसबाहेक यो उमेरमा तिमीले धेरै शारीरिक अनि मानसिक परिवर्तनहरु आत्मसाथ गर्छौ | कतै असहज परिस्थिति आउँदा निर्धक्क र निर्लज्ज भएर आफ्नो अभिभावकसँग कुरा खोल्नु | हामी सबै तिम्रो उमेरबाट गुज्रेर आएका हौँ | हामीलाई सबै थाहा छ के कस्तो परिस्थति सँग जुध्नु पर्छ भनेर | त्यसैले ‘share’ गर्न अफ्ठ्यारो नमान्नु | आएका परिवर्तनहरु संगै आफुँ ठूलो भएको महसुस पनि गर्छौ तिमीहरु | अनि त्यहाँ बाट भ्रम सिर्जना हुन्छ कि ‘म जस्तो जान्ने बुझ्ने कोहि छैन | म सहि अरु गलत | मैले जस्तो संसार अरुले बुझ्या छैनन्, मेरा बुवाआमा पुराना सोचका छन्, मेरो कुरै बुझ्दैनन् |’ यस्ता यावत कुरा आफ्नो दिमागमा आउछन् र आफुँ जस्तो बुद्धिमान  कोहि छैन अरु सबै उल्लु भन्ने सोच आउँछ | यी सबै साधारण कुराहरु हुन् यो उमेरमा | तिमी यस्ता भ्रमबाट बच्नु | रिष-राग गर्ने, एक्लै एउटा कुनामा बस्ने, मोबाइलहरु (समाजिक संजाल)मा धेरै समय बिताउने नगर्नु | आफुँ कसरी राम्रो हुन्छु त्यो सोच्नु | फुर्सदमा, कोर्स बाहिरको किताब पनि पढ्ने बानी गर्नु, टिभी मात्र हेर्नु भन्दा बरु घुम्ने बानी गर्नु | Internet मा ज्ञानमूलक कुराहरु खोज्ने गर्नु | ‘Explore’ गर्नु |

अहिलेको जमाना प्रतिस्पर्धी छ; पढाईमा मात्र अब्बल नभएर अरु कुराहरु पनि आफुलाई जाँच्नु | असफलतासँग नडराउनु | आज असफल भयौ भने भोलि सफल हुन सकिन्छ | जीवनले बेसरी पछार्छ बेला-बेलामा | हरेश नखानु | बरु पछारिनु, तर हरेक चोटि पछारिंदा पाठ सिक्नु | कहाँ के गल्ती भएछ ठम्याउनु | लड्नु, निर्धक्क लड्नु, तर उठ्न सिक्नु | जो मान्छे असफलतासँग डराउँदैन, ऊ सधैँ सफल हुन्छ | समाजसँग नडराउनु | कसले के भन्छ भनेर डर मान्नु बेकार छ | संसार स्वार्थी छ; आफ्नो (स्वार्थ) हिसाबले दुनियालाई वर्णन गरिदिन्छ  | कसैसंग आफुलाई तुलना नगर्नु | तिमी आफु राम्रो काम गर, निरन्तर आफुलाई राम्रो बनाऊ; अरु कसैलाई हेर्न पर्दैन | सबै फूल कमल वा गुलाफ हुन पर्छ भन्ने छैन | तिमी जाई, जुही, गोदावरी, सूर्यमुखी जे भए पनि हुन्छ | अलग हुन नडराउ | कसैले तिमीलाई अरुसंग तुलना गर्यो र गिराउन खोज्यो भने भनिदेउ कि तिमी अलग छौ | अलग भएर बास्ना छरिदेऊ, त्यहि आलोचना गर्ने संसार तिम्रो वाह-वाहि गर्न बाध्य हुन्छ | तिम्रा सुख, तिम्रा दुख, तिम्रा प्रयास, तिम्रा सफलता, तिम्रा असफलता नितान्त तिम्रा हुन् |  यिनले तिमीलाई बलियो बनाउँछन् , त्यसैले तिम्रा भोगाई अतुलनिय छ | यी तिम्रा जीवनमा पाटा हुन् | तिम्रो जीवन अरुको भन्दा कम कदापि छैन |

अदिति, कसैले तिमीलाई तिमी छोरी भनेर हेप्छन्, केटी मान्छेले केहि गर्न सक्दैनन् भनेर उडाउँछन् भने, दबाउन खोजे भने तिमी निराश नहुनु, पछी नहट्नु बरु तिनीहरुलाई आफ्नो प्रतिभा देखाईदिनु | कसैले पनि तिमीहरुलाई हेप्ने अधिकार छैन | कसैले हेप्न आउँछन् भने त्यो अधिकार तिमीहरुले तिनीहरुलाई नदिनु | म यहाँ ‘pursuit of happyness’ भन्ने मुभीको डायलग quote गर्छु है त: ‘“Don’t ever let somebody tell you that you can’t do something. Not even me. You got a dream, you gotta protect it. When people can’t do something themselves, they are gonna tell you that you can’t do it. If you want something, go get it. Period.”

छोटो पार्छु भन्दा भन्दै लामै भएछ चिठ्ठी, त्यसको लागि माफी माग्छु | दरो लेक्चर दियो बुढाले भन्ने भयो होला तिमीहरुलाई तर मेरा जीवनका भोगाई, गराई अनि रोजाई बाट मैले जे सिकेँ त्यो मैले यहाँ व्यक्त गरें | मैले गरेका गल्ती, मेरै यो उपदेश पढेर, तिमीहरुले दोहोराएनौ भने म जस्तो खुसी सायदै कोहि होलान् | निडर भई आफ्नो सपनाको बाटो हिड्नु | पछाडि फर्केर हेर्यौ भने सदा मलाई सहाराको रूपमा पाउनेछौ तिमीहरुले | अहिलेलाई यत्ति ||

उही तिमीहरुको भलो चिताउने,
अनु मामा ||

Facebooktwitterredditpinterestlinkedinmail

Changing society, generation gap and expectations

Not long ago, one of my good friends reviled the generation gap. He lambasted on how his parents never comprehended his situations. Thus, every talk ended up in contentious discussion. And suddenly everything was a conundrum. There he concluded how traditionally backward their perception was and how foolish they were. I listened to him carefully sipping the finest coffee and adoring it more. My garrulous friend went on being pompous about how his parents would goad him to marry the girl of his own caste. And right then, everything became crystal clear to me. He was impaired by their parents’ decision which made him boorish.
Having found out that he was in a relationship to a ‘lower caste’ girl, his parents tried to talk him out of the relationship. The reason was obvious. They did not want society to make fun of them. My friend despised the notion to abandon his true love. And rightly so. And the reason that his parents brought forward was not cogent. His beloved was adept, gifted and was thriving towards the beautiful career. Therefore, it was not rational of them to rule out the relation on the sole basis i.e. caste. If she belonged to the same caste, they would have loved to get someone like her for their son. Only the ‘caste’ seemed to be the deterrent which they could not condone.
It was utterly wrong of his parents to draw conclusion like that. But what we (current generation people) do and how we react to the thing further enervates the cause. We fail to comprehend that any first reaction that we get from our parents are not immutable but they are only empirical. They tend to have their stance on that very basis but any healthy talk can alter that. I asked my friend whether he tried to develop logical discussion after their parents’ initial reaction. To my dismay, he replied that their response only agitated him more and he was left with implacable feelings. Subsequently, he occluded the conversation (with his parents) with sheer anger and hurled out of the house. And there he was, in front of me, fuming and cursing his ‘obdurate’ parents.
Perplexed by his behaviour, I asked him if he would accept his children if they turn out to be homosexual. He pondered long and hard. As far as I have known him, he was always a bit skeptical about welcoming homosexuality. His response was an uncertain yes. I further asked him if the answer would be an instant yes or a thoughtful yes. He knew where I was going with the conversation and he looked at me with the guilty eyes. Without waiting his reply, I asked him if he considered homosexuality a stigma. He was truthful that he would accept homosexuality as far as it stayed outside his home. When I asked him if his parents ever had a problem with inter-caste marriages outside his home, his reply was a concrete ‘no’. I added if he was any different than his parents, then? Wasn’t that a hint of hypocrisy bashing them when he would also act alike with the similar agenda? He remained quiet. His silence was a tacit agreement.
We complain a lot about the generation gap and how our perceptions never intersect. But we never realize that their belief and their decision are not always the product of their insularity. We, as their children, should play our part in updating them with the ‘positive’ changes in our society. Their quibble on certain things should not be considered perennial. With logical discussions and proper treatment (without hurting their ego), elder generation can rescind their outdated views and will not refute any kind of progressive changes. We want our parents to take quite a leap but the right thing to do is to lead them to it. Perhaps, our timeline is the one with rapid changes overall and our parents have experienced quite an alteration. It would be foolish of us to dent their transformation. We belong to the generation who think we are always right and any changes we embrace should also be acknowledged by other generations without delay. We expect older generation to undergo changes frequently and get to the modern side of the world without any hesitation but often times, it’s us who forget to build the bridge for them.
Facebooktwitterredditpinterestlinkedinmail

दुलहीलाई चिठ्ठी

प्रिय दुलही,
माया |
सानो हुँदा तिमीले सोचेकी थियौ होला कि एउटा राजकुमार घोडा लिएर तिमीलाई लिन आउनेछ र लिएर जानेछ तिमीलाई यस्तो स्वप्न महलमा जहाँ तिमी सुखी र सम्पन्न हुनेछौ | उमेर बढ्दै जाँदा, राजकुमारको स्वरूप परिवर्तन हुँदै गयो होला या भनौं ‘राजकुमार’ त केवल ती बाल-स्मृतिमा मात्र सिमित भयो | त्यो मीठो सपना र अहिलेको तीतो यथार्थको मिश्रण नै जीवन हुन पर्छ | सायद, अब तिमीले मीठो सपना तीतो यथार्थसंग घोलेर दिनहुँ पिउनु पर्छ |
प्रिय दुलही, तिम्रो मागी विवाह हुँदै छ भने तिम्रा लागी हरेक चीज नयाँ छ | घर, परिवार, इस्ट-मित्र सब नयाँ हुने नै भए, त्यस माथि जो संग जिन्दगी बिताउने हो ऊ पनि नयाँ | सोच्दा नै आंग सिरिङ्ग हुन्छ | बिहे अगाडिको हलुका परिचय र चिनजान के काफी होला एउटा मान्छे चिन्न? बिहे गर्ने भनेर चिनजान गर्दा त जो कोहि पनि राम्रो बन्न र देखिन खोज्छ | के देखावटी परिचयको आधारमा पूरा जिन्दगी बिताउन सकिन्छ? हुन त यो कुरा द्वैपक्षीय हो तर सारा त्यागेर अपरिचित संसारमा जाने नारी हो | सुन्दर भविष्यको वाचा एउटा नमीठो धोका रहेछ भने? यस्तै प्रश्नहरुले तिम्रा कदम अनि मन भारी हुँदो हो | ती मनका गह्रुँगा बादल, कति दिन सम्म पानी बनेर आँखाबाट बर्सी रहन्छन् त्यो तिमीले आफैले भोगेकी छौ | केवल आँसु अनि अलि कति आशा बोकेर तिमी उज्यालो भविष्यको खोजीमा लम्किन्छौ ती लामा अन्धकार गल्लीहरु छिचोल्दै | कसले भन्यो तिमी कमजोर छौ?
यदि तिम्रो प्रेम विवाह हुँदै छ भने तिमीले आफ्नो ‘राजकुमार’लाई त चिनेकी हुन्छ्यौ तर बाँकी परिवेश त बिरानै हुन्छ | जस्तै रोजेर बिहे गरे पनि के उसको माया आमाको माया जस्तो निस्वार्थ होला? के उसको माया बुवाको प्रेम जस्तो स्वच्छ होला? आज सम्म एउटी घरको छोरी भएर रहेकी मान्छे, बिहे लगत्तै अर्को घरकी ‘आमा’ हुन पर्दछ | सबैको हेर-चाह, ध्यान अनि ख्याल राख्नु पर्दछ | तिम्रो हेर-चाह कसले गर्छ दुलही? एक्कासी केहि दिननमै परिवर्तन भएको त्यो भूमिकामा तिम्रा सुक्ष्म गल्ति नजरअन्दाज होला? के तिमीले आफ्नो ‘माइती’मा जस्तो निर्धक्क गल्ति गरेर त्यसलाई सच्याउने मौका त्यहाँ पाउने छौ? डर नै डर बीच खरो उत्रिन पर्ने यो कस्तो परिक्षा हो?
त्यसैले, उमेर संगै बिहेको परिभाषा बदलिँदै रहन्छ होला | न त बिहे सुन्दर सपना भई रहन्छ, न त तिमीले बिहे गर्ने दुलाहा ‘राजकुमार’ | न त घोडा चड्ने रहरले आमाको न्यानो काख बिर्स्याउंछ न त पतिको प्रेमको चाहले पिताको माया खल्बल्याउँछ | बालापनको सारा स्वप्न पग्लिंदै जान्छ र एउटा मात्र चाहना बाँकी रहन्छ; बिहे गर्ने केटा र उसको घर असल परुन् | सायद, त्यहाँ पाउने खुसी र प्रेम नै वास्तविक सम्पन्नता हो र पतिको मायालु वचन/व्यवहार उसको सुन्दर छहारी | आफ्नो सारा सुखसयल छोडी दुई टुक्रा खुसीको चाह राख्दै आफु जन्मे हुर्केर्को, आफ्ना कलिला हाँसोले पोतिएको घर चटक्कै छोडी जानु पर्ने कस्तो कर्म तिम्रो दुलही?
प्रिय दुलही, तिम्रा मुठ्ठीमा कैद असंख्य सपनाहरुले निकास पाउन् | पतिको न्यानोपना र अन्य सदस्यको मीठो व्यवहारले तिनलाई मलजल गरी रहून् र फुल्न सकोस् तिम्रा सपना तिम्रा आँखामा, ओठमा र तिम्रा पवित्र कोखमा | तिमीलाई व्यैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना | तिमीले आफ्ना खुसीको तिलान्जली दिन्छ्यौ र त चलेको छ यो संसार |
उही, 
भाष्कर |
source: pinterest.com
Facebooktwitterredditpinterestlinkedinmail

भतिजलाई चिठ्ठी

प्रिय भतिज आरोन,
नमस्कार |

छोरोलाई बाऊले नमस्कार? हैरान हुने कुरा गरियो | ‘बुढाले दरो पेल्यो यार’ भन्ने लाग्यो होला, त्यस्तो होइन | यो नमस्कार नेपालीत्व झल्काउने नमस्कार हो | म चाहन्छु तिमी अमेरिकामा जन्मे पनि नमस्कारको महत्व जान | ‘हाई/हेल्लो’ आफ्नो ठाउँमा होला, तर नेपालीले नमस्कार गर्न जान्नु पर्छ, त्यो मेरो बुझाई हो | हुन त, अहिले पनि स्काइपमा कुरा गर्दा, तिमीले ‘काकु, जी’ गरेर गोडामै ढोगे जस्तो गर्दा, मन ढक्क फुलेर आउँछ | मलाई ढोग्ने एउटा छोरो त छ भनेर होइन, अमेरिकामा भएर पनि नेपाली बनेर हुर्किदै छ भनेर | त्यसको लागी तिम्रा बुवा-आमालाई धन्यवाद दिनै पर्छ | विदेशिए पनि पश्चिमाहरुको अनुसरण गरेका छैनन् | जरो नेपालमै गाडिएको छ | विदेशमा फूल्दै होलान् तर नेपाली बनेर | बास्ना ‘नेपाल’ नै आउँछ |

तिमी फुलेको पनि एक वर्ष पूरा भयो| अब दोश्रो वर्षमा बिस्तारै फक्रदै छौ | जीवनमा एउटा खल्लोपन सधैं रहने भयो | तिमी हुर्केको बढेको, बामे सरेको, पहिलो चोटि उभिएको/हिंडेको र बोलेको यी आँखाबाट ओझेल परे | अझ भनौं, तिमीलाई काखमा लिएर हसाउँदा-हसाउँदै, तिमीले हाँसी-हाँसी मलाई मुत्र-स्नान गराउने त्यो बहुत प्यारो क्षण पनि आकाशको फल आँखा तरी मर भनेझैं हुने भयो | ‘डायपर’को जमाना छ भन्लान् अरुले, आफुलाई त्यस्तो स्वाँग पार्न आउँदैन | घरमै हुँदा नि के को डायपर ? जता दिन मन लाग्छ, त्यहीं दिए हुन्छ | पछी यहि सम्झनाले त हसाउँछ | म सानो हुँदा उता सानो बा (शंकर ढकाल बा)ले जजमानकोमा सप्ताह सकेर ल्याउनु भएको दक्षिणाले भरिपूर्ण इस्टकोटको खल्ती भरी ‘भततततततत्त’ आची गर्दिएछु | बुढाले हाँस्दै सब पैसा पखाल्नु भएछ | अचम्म उहाँले पैसा पखालेकोमा मान्दिन, अचम्म त उहाँको हँसाईमा माने मैले | हो त्यहि हाँसो मैले हास्न पाउँछु भन्ने सपना मात्र भयो | तिमीले त्यो ‘अबोध’ उमेर अमेरिकामै कटाउने भयौ | तिमीलाई काँधमा बोकेर तिमीले नदेखेको आगनपारीको संसार तिमीलाई देखाउने इच्छा अधुरो भयो |

इच्छा-आकांक्षा सबै यस्तै हुन्, कुनै पूर्ण हुन्छन्, कुनै धुलो पिठो भएर चुर्ण हुन्छन् | अहिले त हामी टेक्नोलोजीको जमानामा छौं, टाढाका मान्छेलाई पनि आँखै अगाडि नाचेको, हाँसेको देख्न सकिन्छ | यत्तिलाई भए पनि धन्यवाद त दिनै पर्छ किनभने चाहेको बेला बोलि सुन्न पाइएकै छ, देख्न सकिएकै छ | तर, म यसमा पनि भिन्न परें | मलाई त्यसले चित्त नै बुझ्दैन, तिमी संग बोल्दा, तिमीलाई जुरुक्क उचालेर म्वाई खान मन लाग्छ | कहिले काहिँ त, मोबाइलको चिसो स्क्रिनमा ओठ जोडिन्छन् | न तिम्रो बास्ना आउँछ, न त तिम्रो कोमल अंगको न्यानोपना नै | मन अझ खिन्न हुन्छ | त्यसैले विदेश बसेका मान्छेसंग म कम नै अन्तरक्रिया गर्छु, किनभने त्यतिले मेरो लोभी मन मान्दै-मान्दैन | नपत्याए विदेशिएका मेरा सम्पूर्ण साथी-भाई, आफन्तहरुलाई सोधे हुन्छ, अपार मायाँ हुँदाहुदै पनि म कति कम बोल्ने गर्छु उनीहरुसंग |

अचेल तिम्रो भान्दाई ‘आयाम’ यहीं स्कुल पढ्न आउँछ | दिनको २ घण्टा भए पनि मामाघर उक्लिन्छ स्कूल पछी | ख्याल रमाइलो लाग्छ र | उसका बाल सुलभ क्रियाकलापहरु आँखै नझिम्काई हेरी रहुँ लाग्छ | बोलि उस्तै मीठो बोल्छ, हाँस्दा त मानौं एकै चोटि हजार फूल फुले जस्तो | ऊ घर जाने भनेर दङ्ग पर्दै गएपछि सून्य लाग्छ | अनि मनले तिमीलाई झन् खोज्छ | कहिलेकाहिँ उसलाई, ‘तिमी घर गए पनि हाम्रो घरमा अर्को भाई आउँछ भनेर जिस्काउँछौं’ | अनि ऊ निकै मीठो संग, ‘को? त्यहि भुगनको छोरो?’ भनेर प्रश्न गर्छ | ऊ घर जान्छ, तर घरमा हुनुपर्ने छोरो परदेशमा कतै नाच्दै छौ होला |दुरुस्त उस्तै हाँस्दै छौ होला | हज्जार फूल फुले जस्तै | तिमी पनि अब घर जाने भनेर हाँस्दै नेपाल आए, कस्तो हुन्थ्यो होला? खुसीले आँखाको बाटो रोझ्थ्यो होला पहिला | कुनै दिन, तिमी बुझ्ने भए पछी यो लेख पढ्लाउ र भन्लाउ ‘काका, त दरो रुन्चे हुनु हुँदो रहेछ’ | धत् , त्यस्तो चाहिँ नभनी हाल्नु, इज्जतको सवाल छ | बाऊको इज्जत गरेस्, डाँका |

अब केहि समय केहि काल तिमी उतै हुर्किन्छौ, शिक्षा उतै आर्जन गर्छौ | तिमीलाई काकाको आशिर्बाद छ | जे गर्छौ त्यस्मा तिमी अब्बल हुनेछौ यसमा रत्तिभर शंका छैन | किनभने तिमी हरेक कुराले निपुण आमा (मेरी भाउजु)को कोखबाट जन्मेका हौ र तिम्रो बाऊ (मेरो दाजु) आदर्शले भरिपूर्ण एउटा जिम्मेवार मान्छे हो | असल माता-पिताको छोरा हौ तिमी | तिम्रो बाऊ प्रति मलाई आफुँ भन्दा बढी विश्वास छ, र तिमीलाई सहि बाटो उसले डोहोराउँछ भन्नेमा म विश्वस्त छु | तिमी त हामी (तिम्रो बाऊ र तिम्रो काका) भन्दा भाग्यमानी छौ | किनभने तिमीसँग आदर्शको चुचुरो, ज्ञानको भण्डार – ‘हजुरबुवा’ हुनुहुन्छ | हामी दाजुभाईले हजुरबुवाको माया के हो अनुभव गर्न पाएनौं | तर हजुरआमाको मायाले हजुरबुवाको कमिको महसुस सधैं भने भएन | अर्को रमाइलो कुरो, तिमीसंग तिम्रो काका बाऊ छ , याने म छु म | हाम्रो त काका नै थिएनन्, तिम्रो हजुरबाउ एक्लो छोरो हुनुन्थ्यो | त्यसैले तिमी भाग्यमानी छौ | तर तिमीले चाहिँ अर्को एउटा भाई/बहिनी पाउनु भनेर जिद्दी गर्देउ है | दाजुभाई-दिदीबहिनी भएको घर मज्जा आउँछ | तिमी नेपाल आउ अनि म सुनाउँछु, तिम्रा फुपुहरुको, बाऊ अनि काकाको उपद्रव | पेट मिची मिची हाँस्नेछौ |

तिमी नेपाली भएर फुल्नेछौ भनेर म ढुक्क छु | तिमीले स्कूलमा अमेरिकाको इतिहाँस पढ्लाउ, नेपाली समृद्ध इतिहाँस अनुभव गर्न तिमी नेपाल आउनु | अमेरिकी युद्ध पढ्लाउ उता, यता शान्तिका प्रतिक बुद्ध हेर्न आउनु | उता अमेरिकी गाथा, यता संसारको अग्लो शिखर सगरमाथा | उता याप्पलको सिरी, यता जंगलमा झ्याउँ-झ्याउँ गर्ने झ्याउँकिरी | यस्तै भिन्नता बिचको तिमी समानता आखिर नेपालको पुत्र हौ | तिमी नेपाललाई माया गर्नु, नेपाल सम्झेर आउनु, परिवार सम्झेर आउनु, काकाबाऊ सम्झेर आउनु | बाबु तिमीले यहाँ, मन भरिको न्यानो मायाँ र बाल कृष्ण समले भने जस्तै हिमशैलको मधुरो मीठो चिसो चुम्बन एकै चोटी महसुस गर्नेछौ |

उही तिम्रो माया गर्ने
काका /काकु/सानो बाऊ / बाऊ/अंकल/कान्छा बा (जे भने नि उही हो)
भाष्कर

Facebooktwitterredditpinterestlinkedinmail