Month: March 2016
City of Dreams: Book Review (Not exactly)
City of Dreams: Stories by Pranaya SJB RanaMy rating: 4 of 5 stars
Pranaya Rana’s story telling is too good to be called a debutant’s work. Having read only Samrat Upadhyaya’s works long ago, I started long ago to ignore Nepali writers writing in English. A lot of English books written by Nepali writers are stacked in my book shelf and I think it’s time to kick out my ignorance.
Coming back to Pranaya and his book, I think this is one of the best collection of short stories. Out of ten stories, three stories (Dashain, The Red Kurta and Maya) left me disappointed while other stories are the early signs that ‘this writer’ will not only be better with time but will mark his place high as a writer, as a whole.
I am not going to review each story here. But I recommend everyone to read this book.
आलु
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो |
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अवस्थाबाट मलाई निकै पटक पार गराईसक्नु भएको थियो उहाँले | मैले आमालाई आँखाबाट नै धन्यवाद दिएँ |
उहाँले बुझ्नु भयो; मुस्काउनु भयो |
मैले केहि भन्नु अघि नै माइजुले थप्नु भयो ‘हो, मेरो भाईको बिहे गर्न त्यस्तै भयो | केटी खोजेको १.५ बर्ष पछी बल्ल बल्ल बिहे भयो | ख्याल गाह्रो भो!! कि त चाँडै खोज्नु पर्छ कि त भान्जा आफैले खोजे राम्रो |’
‘कि तिमीले नि लभ गर्या छौ बाबु?’ हजुरआमाले फ्याट्टै सोध्नु भयो |
अहिले मलाई हेरेर के जवाफ दिन्छ भनेर केहि नबोली हाँसी मात्र रहनु भयो |
प्रश्न बाट मलाई बचाउनु भयो | अर्को, उहाँले रोजेको केटी स्वीकार्ने जस्तो कुरा गर्नु भयो | आखिर ऊ पनि त बाहुनी नै थिई | अर्कै जात भएको भए फसाद हुने रहेछ |
मनले पानी दिने मान्छे भए त्यहि लाख हुने रहेछ | सम्पति अनि आफ्नै जातको बुहारी भएर नि आखिर के पाए त तिनले? आखिरीमा त्यहि ‘कुजात’ भगवान भई |’ आमाले माइजुको कुरा सुनेर च्व:च्व गर्नु भयो |
त्यो कुरालाई मोड्दै मैले भने, ‘हजुरआमाले नातिनीबुहारीले पकाएको खाने इच्छा गर्नु भएको होइन? त्यो त पछी पूरा होला, अहिले नातीले पकाएको चाख्नु है त |’ यति भनेर चुलोमा कर्हाई बसालें | आमाले पखाल्नु भएको आलु पकाउन ठिक्क भएँ |
‘पकाओस् न त भाउजु, कति काम गर्नु हुन्छ? आज भानिजले पकाएको चाख्नुस | उसलाई बेला-बेला पकाउने जाँगर चल्छ |’ आमाले यसो भन्दा मैले तेल तताउन हाली सकेको थिएँ | मैले आमाको कुरालाई साथ दिएँ | माइजु अफ्ठ्यारो मानेर बस्नु भयो |
‘नसुहाएर भयो त आमा? कहिले काहिँ गाह्रो साह्रो पर्दा, केटाले यस्तो जानी रहे घरमा कत्ति सजिलो हुन्छ | हजुरको छोरालाई त पानी तताउन पनि आउंदैन | म बिरामी भएको बेला कति गाह्रो हुन्छ |’ माइजुले अमिलो मन लगाएर भन्नु भयो |
‘ हो त, मलाई नि छोरोले पकाई हाल्छ भनेर ढुक्क छ | त्यसैले त एक-दुई दिन माइत बस्दा, कतै जाँदा, ढिलो हुँदा अनि बिरामी पर्दा पनि घरको चिन्ता लिनु पर्दैन | उसले पकाउन नजानुन्जेल मलाई कस्तो गाह्रो थियो |’ आमाले सन्तोकको श्वास फेर्दै भन्नु भयो | ‘अहिले आनन्द छ |’
यतिन्जेल मैले नून बेसार हालेर आलु बिस्तारै चलाउँदै थिएँ | माइजु चुप रहनु भयो | आमा केहि बोल्न खोज्दै हुनुहुन्थ्यो मैले बीचमै काटें, ‘त्यसो होइन नि हजुरआमा, पहिले पो छोरी मान्छेलाई पढाउँदैन थिए | त्यहि भएर छोरी मान्छे कुटो-कुच्चो गर्न बाध्य थिए |’ मैले आलुमा जीराको धूलो छर्दै भने | ‘अहिले त छोरा-छोरी बराबरी
छन् | पढ्ने लेख्ने, जागिर खान जाने, सबै संगै गर्छन् | दुवै थाकेर घर आउँदा अब त छोराले पनि बुझेर छोरीमान्छेलाई घर-धन्दामा सघाउनु जरुरी छ |’
एकफेर आलु मजाले चलाएर माथि बाट मैले प्लेटले छोपिदिएं अनि आगो अलि सानो पारें |
सबै जना हास्यौं |
एकछिन पछी आलु पाकेको सरर बास्ना आयो | मैले पुन: एक चोटी आलुलाई ओल्टाई पल्टाई पारें र ग्यास चुलो बन्द गरिदिएँ |
आमाले सबैलाई भाग हाल्नु भयो अनि सबै भन्दा पहिले हजुरआमालाई दिनु भयो | हजुरआमाले तात्तातो आलु फु: गरेर खानु भयो | मैले उहाँलाई ठुला आँखाले हेरी-रहें |
‘भोली घर फर्कने बेलामा पनि यस्तै मिठो आलु पकाउँछौ नाती?’ उहाँले हासेर सोध्नु भयो |
‘फेरी छोरा मान्छेलाई नै पकाउन लगाउने हजुरआमा?’ मैले हाँसेर सोधें |
सबै जना खुलेर हास्नु भयो |
‘लाटा!’ हजुरआमाको नजरमा थोरै ग्लानी छल्की रहेको थियो |
दुलहीलाई चिठ्ठी
माया |
भाष्कर |
![]() |
| source: pinterest.com |
फिरफिरे: book review
Phirphire by BuddhisagarMy rating: 3 of 5 stars
दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले ‘कठै’ भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |
समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन ‘किताब पढी सक्कियो’ भनेर खिन्नता हुन्न | अझै पढ्ने चाह पनि हुन्न | त्यो हिसाबमा यो किताब लेखकको पहिलो उपन्यासको दाँजोमा पछारिएको छ | व्यापारिक रूपमा बुद्धिसागरको मीठो भाषा र छविले गर्दा केहि सफलता हासिल गर्ला | पुस्तक प्रवर्धनले पनि ठूलो भूमिका खेल्ला | तर, किताब विश्लेषकले यो किताबलाई निकै अब्बल दर्जाको किताब भन्ने सम्भावना न्यून छ |
फिरफिरे नराम्रो किताब भने होइन | बुद्धिसागरको लेखन अनि भाषाले छुन्छ भने यो किताबले त्यति धेरै निरास नपार्ला | तर कर्णाली ब्लुज पढेर लेखकबाट अझ उत्कृष्ट किताबको आशा छ भने त्यो यो किताबले पूरा नगर्ला | ‘Goodreads’ मा review लेख्दै छु त्यहि भएर किताबलाई ५ मा ३ अंक दिएको छु | (५००+ पर्ने किताब) बजेटले साथ दिन्छ भने र बुद्धि दाईको जबर्जस्त fan हुनुहुन्छ भने यो किताब (नछुटाउनु होला त भन्दिन) पढ्दा हुन्छ |

