मनको ज्वालामुखी

एकतमासले मुटु भारी भएको छ.. मुटुको बोझ आँखाले बिसाउन खोज्दै छ तर घांटीमा गाँठो परेको छ.. यो कस्तो सम्बन्ध? मुटु घांटी अनि नयनको कस्तो समझदारी? एकको स्वीकृति बिना चल्न नजान्ने? त्यो मुठीभरको मुटु को पिडा कम गर्न म बेसरी घांटी मा बल पुर्याउछु.. प्रयास विफल, अश्रुले आँखा भरिन्छन, तर बर्सन सक्दैन… ती बग्न नसकेका आँशुले अब भित्री मुटुमा दखल पुर्याउछ.. मुटु पोल्छ भत्भति.. अब भावन्न हुन्छ मलाई.. कता गएर, कसो गरेर हुन्छ  टाउको ठोकी शान्त हुन चाहन्छु म… तर सक्दिन… अगेनामा सेकाएका जस्तो  गालामा राफ पैदा हुन्छ… भित्र भित्रै डाहा हुन्छ… हात-गोडामा  लग-लगि काँप छुट्छन् | त्यहिँ ढलु ढलु लाग्छ.. बेहोशी भएको महसुस गर्छु.. कहाँ छु के  गर्दै छु सब बिर्सन्छु.. कति कातर अनि कति कम्जोर भएँ जस्तो लाग्छ.. के गरूँ, कसो गरूँ हुन्छ.. आफ्नै छातीमा मुड्की बजार्न मन लाग्छ… निशासिन्छु.. 
त्यतिकैमा आमाको आगमन हुन्छ अनि मेरो त्यो अवस्था देखि अत्ताल्लिदै अंगालो हाल्दै सोध्नु हुन्छ, ‘बाबु! के भयो तलाई? किन यस्तो काँपेको? के भयो?’
म आमालाई हेर्दै आफ्नो थुनिएको बोली फुटाउने प्रयास गर्छु… भन्न खोज्छु कि म ठीक छु..केहि भएको छैन.. तपाईं चिन्ता नलिनुस…
र जब मुख खोल्छु, ती आँखाको डिलमा ढिल्पिलिएर बसेका अश्रुधारा असारको भेलझैं बगी मेरो ओठमा आइ ठक्कर खाइ रहन्छन.. र म टासी रहन्छु आमाको अंगालोमा आफ्नो मनको भेल बगाउदै..एकदम निशब्द….      
..
Facebooktwitterredditpinterestlinkedinmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *