सपना

बालापनको सपनाको भित्तो च्याती
जब बाहिरिन्छ ऊ,
पछाडि फर्केर एक थोपा आँसु झार्दैन |
ती सपनाहरु मरेका
कैयन दिन भइसके |
केवल तिनका अस्थिपन्जरले
उसलाई तर्साइरहेथ्यो;
आज ऊ,
आफ्नै ‘मिठा’ सपनाको संसारबाट
‘उम्केर’ निराश छैन |

हरेक रात बाँच्न नसकेका  सपनाहरु
न्याय माग्न उसका निन्द्रा बिथोल्छन्;
अब अर्को सपना बुन्न
उसको आत्मबल हारिसक्यो |
त्यहि पनि केहि आशा बटुली
केहि ‘तरल’ सपना मुठ्ठीमा कसी
भाग्य बनाउन खोज्छ ऊ |
संघर्षको हिँडाई धेरै वर्ष हिँडेपछी
हत्केला खोलेर हेर्दा –
सपना, औंलाको कापबाट चुहिएको बर्सौं भएछ |
सपनासँगै अलप हुन्छ उसका उमेर अनि रहर |
पर क्षितिजमा डुब्न लागेको घाम हेर्दै गर्दा,
उसका बुढो आँखाले धमिलो दृष्य देख्छ
आफ्ना बचेका सपनाहरुले डाँडा काट्दै गरेको |
त्यस बखत,
खुब माया लागेर आउँछ उसलाई,
उसका अपूर्ण स्वप्नहरुको |  

Facebooktwitterredditpinterestlinkedinmail

सहनशीला सुशिला

सहनशीला सुशिलासहनशीला सुशिला by भीमनिधि तिवारी
My rating: 4 of 5 stars

भीमनिधि तिवारीद्वारा लिखित पुरुषवादी समाजको पर्दा उघारेको यो नाटक पठनीय छ | जुवा खेल्न पल्केको पतिको दुर्व्यवहारबाट गुज्रिने सुखमा हुर्केकी कर्नेलकी छोरी सुशिलाको सहनशीलता नै यो नाटकको सार हो | सुशिला माथिको क्रुरताले मन कटक्क बनाउँछ | र त्यो हाम्रो समाजको नाङ्गो यथार्थ चित्रण गरिएको हुँदा, कुन हद सम्म हाम्रो पुरुषवादी समाज नारी माथि हावी भएको छथियो भन्ने यस नाटकले दर्शाउँछ | यो नाटकमा दुई पाटा छन् | एकातिर सुशिला जति नै कुटिएपिटिएलछारिएपछारिए र घरबाट निकालिए पनि पतिव्रता हुन छोड्दिन भने अर्को तिर सुशिलाको घरको सुसारे, सेते, को पत्नी भने गाउँमा सेतेको मायालाई लत्याएर गाउँकै घर्तीसंग लस्किएकी हुन्छे |

नाटकको पछिल्लो भागमा सुशीलाको पतिलाई वेश्याले धोका दिएर लुटे पछीमात्र उसको चेत खुल्छ र सुशीलालाई घर ल्याई सम्मान र माया दिई राख्छ | पछी उनीहरुका दुई जम्ल्याहा सन्तान हुन्छन्, लभ र कुश | यो नाटकले त्यो बेलाको समाजलाई उजागर गर्न सफल भएको छ |

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

Book Review: Kafka On the Shore

Kafka on the ShoreKafka on the Shore by Haruki Murakami
My rating: 5 of 5 stars

Not long before, one of my facebook friends posted a photo of a bag, full of Haruki’s novels and expressed his excitement. Though I have heard of Haruki before, I never had the chance to go through his books. I zoomed in the picture and noted the books’ names. There were five books namely Norwegian Woods, Sputnik Sweetheart, Kafka on the Shore, 1Q84 and Dance Dance Dance. Not long after that, the voracious readers I know in twitter posted about 1Q84 and his other books praising the author. Right then, I knew that the outer force was conspiring to exacerbate my situation. I had to buy Murakami’s books or else I would not have been at peace.

Of all the books, I chose the thinnest book ‘After Dark’. All other books were somehow thick and all I wanted to do was pick the book which was least talked on. I never saw/read the hype about After Dark. Hence, I wanted to know Murakami through his not so famous book (especially at my part of the world). Though I did not find the plot fascinating, the style lured me. The way he weaved his story was something to adore. Thus, started the love for Murakami. Subsequently, I bought ‘Kafka On the Shore’.

Kafka On the Shore, written by Haruki Murakami and translated by Philip Gabriel, originally published on 2002 is a book based on surreal events and characters. The ride from the UFOs to the spectral worlds will only take the readers to the land of ecstasy. This is a story of mainly two characters. First, a certain 15 year old boy, name changed to Kafka, (abandoned by his mother with his sister) runs away from his sculptor father’s home seeking freedom. He winds up in Shikoku from his home town Tokyo where only Sakura, the girl he met in the train, is less stranger to him. She helps him now and then when he bumps into trouble as they both take one another as siblings separated on childhood. Kafka finds solace in the private library of Shikoku where the cross-gender librarian, Oshima, and its cryptic owner, Miss Saeki, provide him the much needed employment and roof to stay. The other part begins with Nakata, an enigmatic character who along with his school group encountered mysterious accident which made them lose their consciousness in the Shikoku Mountain while collecting mushrooms. All of them recovered after several hours except for Nakata. He remains unconscious for many weeks before waking up as a not so bright person but with the ability to talk to cats. Though, the story starts with these characters completely independent to each other, it muddles the readers how their events, time and space come to meet.

As the story rolls, Kafka falls in love with younger Miss Saeki (the ghost of her older self) who comes to his room in the library every night. One thing leads to another and Kafka makes physical relationship with older Miss Saeki who turns out to be his mother. At the other end, Nakata meets Kafka’s father in the course of his job as a finder of lost cats. Nakata is coerced to kill him as Kafka’s father turned out to be the cat killer. Consequently, Kafka is wanted by police as he has been missing and his father is murdered. To elude the investigation, Oshima takes Kafka to the secret place in the mountains where Kafka finds the semi-real world deep in its forest. Nakata, on the other end, tries to get himself arrested for murder but is dismissed by the cop taking him as an abnormal fellow. Subsequently, Nakata follows his psychic urge and starts his journey towards the west. He meets the truck-driver, Hiroshimo, who helps him in his unusual hunt. And this is where the two stories merge and give birth to this beautiful novel.

Haruki Murakami has been successful to keep the readers glued at this novel. There are no dull moments and until the half one cannot sense how the two stories are related to each other. In that regard, the reader has to be patient. Once the two strands start to relate, the novel gains the speed and keeps the readers at the edge. Overall, it is an exciting read. If you are a fan of surrealism, you are going to love this book.

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

ऊ मरेकी छैन

U Mareki ChhainaU Mareki Chhaina by Bal Krishna Sama
My rating: 5 of 5 stars

‘ऊ मरेकी छैन’ बालकृष्ण समद्वारा लिखित एउटा सुन्दर धार्मिक नाटक हो | बिहान सबेरै कनकवीरको घरमा भिक्षा माग्न आउने शिवगिरिले कनकवीरको छोरी, कान्तिको हातको भिक्षा लिन अस्विकार गर्दछ र सो भिक्षा फालिदिन्छ | स्वास्नी मान्छेले दिएको भिक्षा नलिने भने पछी ‘बच्ची’ कान्तिले ‘किन? के देवताहरुलाई स्वास्नी मान्छे मन पर्दैन?’ भनेर गरेको प्रतिप्रश्न सुन्दर छ | यसमा कान्तिको बिद्रोही र उत्सुक स्वभाव दुवै प्रष्ट झल्किन्छ | आमा बिना हुर्किएकी छोरीको प्रतिप्रश्नलाई कनकवीर आँफैले आफ्नो किसिमले उत्तर दिएर साम्य पार्छ | आफ्नो बुवाको उत्तरबाट चित्त नबुझाई, कान्ति स्वयम् शिवगिरि भएको ठाउँमा गएर अघिकै प्रश्न गर्छे | स्वास्नी मान्छेबाट अलग्ग रहने शिवगिरि कान्तिलाई फेरी ऊ भएको ठाउँमा नआई आफ्नै घर गरेर खाने सल्लाह दिन्छ | हठी कान्ति पनि त्यो सब नमानी, सधै भजन र सत्संग सुन्न आउने र भक्तिभावमा आफ्नो जिवन बिताउने निर्णय लिन्छे | यी सबका बिच, उसले सामना गर्नु परेको सामाजिक व्यवधान, समाजको (कु)द्रिष्टि र विद्ध्यमान चलनलाई लेखकले सुन्दर तरिकाले उतारेका छन् | संसारिक बन्धन, मायाबाट बिस्तारै उठ्न चाहने कान्तिको सोच र इच्छाबाट स्वयम् शिवगिरि पनि हार्दा, नाटकले लिने मोडनै निर्णायक मोड हुन पुग्दछ |

कान्तिको भिक्षा अस्विकार गरे बाट सुरु भएको नाटकको अन्त्य, शिवगिरिको कान्तिसंगको अस्वाभाविक भिक्षा मगाईबाट हुन्छ | त्यसपछिको दृश्यले शिव-सतिको पौराणिक कथाको छनक दिन्छ |
मात्र १३ रुपियाँमा पाइने यो किताब (Can you believe it?) निकै मुल्यवान छ |

View all my reviews

Facebooktwitterredditpinterestlinkedinmail

भतिजलाई चिठ्ठी

प्रिय भतिज आरोन,
नमस्कार |

छोरोलाई बाऊले नमस्कार? हैरान हुने कुरा गरियो | ‘बुढाले दरो पेल्यो यार’ भन्ने लाग्यो होला, त्यस्तो होइन | यो नमस्कार नेपालीत्व झल्काउने नमस्कार हो | म चाहन्छु तिमी अमेरिकामा जन्मे पनि नमस्कारको महत्व जान | ‘हाई/हेल्लो’ आफ्नो ठाउँमा होला, तर नेपालीले नमस्कार गर्न जान्नु पर्छ, त्यो मेरो बुझाई हो | हुन त, अहिले पनि स्काइपमा कुरा गर्दा, तिमीले ‘काकु, जी’ गरेर गोडामै ढोगे जस्तो गर्दा, मन ढक्क फुलेर आउँछ | मलाई ढोग्ने एउटा छोरो त छ भनेर होइन, अमेरिकामा भएर पनि नेपाली बनेर हुर्किदै छ भनेर | त्यसको लागी तिम्रा बुवा-आमालाई धन्यवाद दिनै पर्छ | विदेशिए पनि पश्चिमाहरुको अनुसरण गरेका छैनन् | जरो नेपालमै गाडिएको छ | विदेशमा फूल्दै होलान् तर नेपाली बनेर | बास्ना ‘नेपाल’ नै आउँछ |

तिमी फुलेको पनि एक वर्ष पूरा भयो| अब दोश्रो वर्षमा बिस्तारै फक्रदै छौ | जीवनमा एउटा खल्लोपन सधैं रहने भयो | तिमी हुर्केको बढेको, बामे सरेको, पहिलो चोटि उभिएको/हिंडेको र बोलेको यी आँखाबाट ओझेल परे | अझ भनौं, तिमीलाई काखमा लिएर हसाउँदा-हसाउँदै, तिमीले हाँसी-हाँसी मलाई मुत्र-स्नान गराउने त्यो बहुत प्यारो क्षण पनि आकाशको फल आँखा तरी मर भनेझैं हुने भयो | ‘डायपर’को जमाना छ भन्लान् अरुले, आफुलाई त्यस्तो स्वाँग पार्न आउँदैन | घरमै हुँदा नि के को डायपर ? जता दिन मन लाग्छ, त्यहीं दिए हुन्छ | पछी यहि सम्झनाले त हसाउँछ | म सानो हुँदा उता सानो बा (शंकर ढकाल बा)ले जजमानकोमा सप्ताह सकेर ल्याउनु भएको दक्षिणाले भरिपूर्ण इस्टकोटको खल्ती भरी ‘भततततततत्त’ आची गर्दिएछु | बुढाले हाँस्दै सब पैसा पखाल्नु भएछ | अचम्म उहाँले पैसा पखालेकोमा मान्दिन, अचम्म त उहाँको हँसाईमा माने मैले | हो त्यहि हाँसो मैले हास्न पाउँछु भन्ने सपना मात्र भयो | तिमीले त्यो ‘अबोध’ उमेर अमेरिकामै कटाउने भयौ | तिमीलाई काँधमा बोकेर तिमीले नदेखेको आगनपारीको संसार तिमीलाई देखाउने इच्छा अधुरो भयो |

इच्छा-आकांक्षा सबै यस्तै हुन्, कुनै पूर्ण हुन्छन्, कुनै धुलो पिठो भएर चुर्ण हुन्छन् | अहिले त हामी टेक्नोलोजीको जमानामा छौं, टाढाका मान्छेलाई पनि आँखै अगाडि नाचेको, हाँसेको देख्न सकिन्छ | यत्तिलाई भए पनि धन्यवाद त दिनै पर्छ किनभने चाहेको बेला बोलि सुन्न पाइएकै छ, देख्न सकिएकै छ | तर, म यसमा पनि भिन्न परें | मलाई त्यसले चित्त नै बुझ्दैन, तिमी संग बोल्दा, तिमीलाई जुरुक्क उचालेर म्वाई खान मन लाग्छ | कहिले काहिँ त, मोबाइलको चिसो स्क्रिनमा ओठ जोडिन्छन् | न तिम्रो बास्ना आउँछ, न त तिम्रो कोमल अंगको न्यानोपना नै | मन अझ खिन्न हुन्छ | त्यसैले विदेश बसेका मान्छेसंग म कम नै अन्तरक्रिया गर्छु, किनभने त्यतिले मेरो लोभी मन मान्दै-मान्दैन | नपत्याए विदेशिएका मेरा सम्पूर्ण साथी-भाई, आफन्तहरुलाई सोधे हुन्छ, अपार मायाँ हुँदाहुदै पनि म कति कम बोल्ने गर्छु उनीहरुसंग |

अचेल तिम्रो भान्दाई ‘आयाम’ यहीं स्कुल पढ्न आउँछ | दिनको २ घण्टा भए पनि मामाघर उक्लिन्छ स्कूल पछी | ख्याल रमाइलो लाग्छ र | उसका बाल सुलभ क्रियाकलापहरु आँखै नझिम्काई हेरी रहुँ लाग्छ | बोलि उस्तै मीठो बोल्छ, हाँस्दा त मानौं एकै चोटि हजार फूल फुले जस्तो | ऊ घर जाने भनेर दङ्ग पर्दै गएपछि सून्य लाग्छ | अनि मनले तिमीलाई झन् खोज्छ | कहिलेकाहिँ उसलाई, ‘तिमी घर गए पनि हाम्रो घरमा अर्को भाई आउँछ भनेर जिस्काउँछौं’ | अनि ऊ निकै मीठो संग, ‘को? त्यहि भुगनको छोरो?’ भनेर प्रश्न गर्छ | ऊ घर जान्छ, तर घरमा हुनुपर्ने छोरो परदेशमा कतै नाच्दै छौ होला |दुरुस्त उस्तै हाँस्दै छौ होला | हज्जार फूल फुले जस्तै | तिमी पनि अब घर जाने भनेर हाँस्दै नेपाल आए, कस्तो हुन्थ्यो होला? खुसीले आँखाको बाटो रोझ्थ्यो होला पहिला | कुनै दिन, तिमी बुझ्ने भए पछी यो लेख पढ्लाउ र भन्लाउ ‘काका, त दरो रुन्चे हुनु हुँदो रहेछ’ | धत् , त्यस्तो चाहिँ नभनी हाल्नु, इज्जतको सवाल छ | बाऊको इज्जत गरेस्, डाँका |

अब केहि समय केहि काल तिमी उतै हुर्किन्छौ, शिक्षा उतै आर्जन गर्छौ | तिमीलाई काकाको आशिर्बाद छ | जे गर्छौ त्यस्मा तिमी अब्बल हुनेछौ यसमा रत्तिभर शंका छैन | किनभने तिमी हरेक कुराले निपुण आमा (मेरी भाउजु)को कोखबाट जन्मेका हौ र तिम्रो बाऊ (मेरो दाजु) आदर्शले भरिपूर्ण एउटा जिम्मेवार मान्छे हो | असल माता-पिताको छोरा हौ तिमी | तिम्रो बाऊ प्रति मलाई आफुँ भन्दा बढी विश्वास छ, र तिमीलाई सहि बाटो उसले डोहोराउँछ भन्नेमा म विश्वस्त छु | तिमी त हामी (तिम्रो बाऊ र तिम्रो काका) भन्दा भाग्यमानी छौ | किनभने तिमीसँग आदर्शको चुचुरो, ज्ञानको भण्डार – ‘हजुरबुवा’ हुनुहुन्छ | हामी दाजुभाईले हजुरबुवाको माया के हो अनुभव गर्न पाएनौं | तर हजुरआमाको मायाले हजुरबुवाको कमिको महसुस सधैं भने भएन | अर्को रमाइलो कुरो, तिमीसंग तिम्रो काका बाऊ छ , याने म छु म | हाम्रो त काका नै थिएनन्, तिम्रो हजुरबाउ एक्लो छोरो हुनुन्थ्यो | त्यसैले तिमी भाग्यमानी छौ | तर तिमीले चाहिँ अर्को एउटा भाई/बहिनी पाउनु भनेर जिद्दी गर्देउ है | दाजुभाई-दिदीबहिनी भएको घर मज्जा आउँछ | तिमी नेपाल आउ अनि म सुनाउँछु, तिम्रा फुपुहरुको, बाऊ अनि काकाको उपद्रव | पेट मिची मिची हाँस्नेछौ |

तिमी नेपाली भएर फुल्नेछौ भनेर म ढुक्क छु | तिमीले स्कूलमा अमेरिकाको इतिहाँस पढ्लाउ, नेपाली समृद्ध इतिहाँस अनुभव गर्न तिमी नेपाल आउनु | अमेरिकी युद्ध पढ्लाउ उता, यता शान्तिका प्रतिक बुद्ध हेर्न आउनु | उता अमेरिकी गाथा, यता संसारको अग्लो शिखर सगरमाथा | उता याप्पलको सिरी, यता जंगलमा झ्याउँ-झ्याउँ गर्ने झ्याउँकिरी | यस्तै भिन्नता बिचको तिमी समानता आखिर नेपालको पुत्र हौ | तिमी नेपाललाई माया गर्नु, नेपाल सम्झेर आउनु, परिवार सम्झेर आउनु, काकाबाऊ सम्झेर आउनु | बाबु तिमीले यहाँ, मन भरिको न्यानो मायाँ र बाल कृष्ण समले भने जस्तै हिमशैलको मधुरो मीठो चिसो चुम्बन एकै चोटी महसुस गर्नेछौ |

उही तिम्रो माया गर्ने
काका /काकु/सानो बाऊ / बाऊ/अंकल/कान्छा बा (जे भने नि उही हो)
भाष्कर

Facebooktwitterredditpinterestlinkedinmail

आमा

आज तेश्रो दिन भो ऊ बाउ बनेको | खुसीको त मानौं कुनै सिमाना नै छैन | छर-छिमेक, इस्ट-मित्र, आदि सबको बधाई पाउँदा त झन् उसको छाती ढक्क फुलेको छ | मन चंगा छ | कति ठाउँमा त उसले लड्डु बाँडी सक्यो पनि | तल्ला घरे काकाले ‘छोरो कि छोरी?’ भनेर सोध्दा, उसले चौडा मुस्कानमा साथ ‘छोरा’ भन्दा काकाले दुख्ने गरी धाप मारे दिवेशलाई | लड्डु पनि दुइटा मागेरै खाए | ‘छोरी भन्दा छोरा नै ठिक’ भनेर काकाले भन्दा दिवेशलाई काकाको सोचाई प्रति दया लाग्यो तर प्रतिउत्तर केहि दिएन | मुस्कायो मात्रै | आज उसलाई कसैसँग बहस गर्नु छैन | नत्र भनी दिन्थ्यो कि उसलाई पहिलो सन्तानको रूपमा छोरीको इच्छा थियो | त्यो त, उसकी पत्नीले छोरा पाउने रहर गरेपछी, ऊ पनि राजी भएको थियो |
दिवेश  सम्झन्छ उसकी पत्नीसंगको कुरा |
‘पहिलो सन्तान छोरा कि छोरी?’ मैनाले लजाएर सोधेकी थिई |
‘पहिलो सन्तान त छोरी नै हुन पर्छ,’  उसले भनेको थियो |
‘नाइँ, छोरा नै हुन पर्छ | हाम्रो एक छोरा एक छोरीको सपना छ | पहिले छोरा नै भए ढुक्क हुन्छ | चाडै हुर्कन्छ, जिम्मेवार नि चाडै बन्छ |’ मैना भन्दै गई|
‘अनि पछी उसकी बहिनी आउँछे | अहिले काल-बेला यस्तो छ, दाजुको माया, आड अनि सुरक्षा पाउँछे छोरीले पनि | म घरकी जेठी छोरी भएर मलाई अहिले सम्म नि मेरो दाजु भए हुने जस्तो लाग्छ |’ केही गम्भीर हुँदै उसले तर्क गर्छे |
‘अर्काको दाजुले बहिनीलाई गरेको मायाँ देखेर नि मन कटक्क हुन्छ | नाइँ बा, म त मेरो छोरीलाई त्यस्तो हुन दिन्न |’ उसको मन अमिलो हुन्छ |
‘तिम्रो भाई छ, त्यो देखेर नि त अरुले तिम्रो इर्स्या गर्दा हुन् नि त्यो त’, दिवेश ले मुस्काएर भनेको थियो |
‘नगरेर भो त? त्यत्ति प्यारो भाई छ मेरो | आफ्नै छोरोझैं लाग्छ मलाई ऊ | ठूलो भैसक्यो, त्यै पनि काखैमा लिएर म्वाई खाइ रहुँ जस्तो छ |’ ऊ भावनामा डुब्दै थिई | ‘काले मोरो! अहिले छि:छि गर्छ, पहिला मैले माया नगरी हुन्नथ्यो | छोरीको जात नि कस्तो, त्यस्तो प्यारो भाईलाई छोडेर पराईको घर आउन पर्ने |’ उसको हँसिलो मुहारमा साँझ पर्दै गयो |
‘म पनि त तिमीलाई कत्ति माया… ‘ ऊ आफ्नी प्यारीलाई फकाउन खोज्दै थियो, मैनाले बिचैमा काटी | ‘मलाई त्यहि भएर छोरी होइन छोरा चाहिन्छ पहिले | छोरी पहिला जन्मी भने बिहे पनि चाँडै हुन्छ उसको | घर शून्य हुन्छ | छोरा पहिला भयो भने छोराको बिहे हुन्छ, परिवार बढ्छ अनि त्यसपछी छोरीको बिहे गर्न पो स्वाद | बुहारीलाई हेरेर भए नि चित्त बुझाउन त हुन्छ |’
मैनाको कुरा नि उसलाई सहि लाग्यो | आफुलाई छोरी चाहिए पनि, उसकी प्रियसीको छोरो पाउने रहरमा कुनै लैंगिक भेदभाव थिएन | ऊ त छोरीकै हितमा बोल्दै थिई | छोरीसँग लामो समय बिताउने कुरा गर्दै थिई | यो कुरा दिवेशलाई पनि मन परेको थियो |
‘तर तिमीलाई लाग्दैन छोरी पहिले जन्मी भने ऊ आत्मनिर्भर हुन सिक्छे, आफैँ लड्न र आफ्नो सुरक्षा गर्न सिक्छे | ऊ कसैमा भर नपर्ने हुन्छे, होइन?’ दिवेश ले जानी-जानी मैनाको कुरामा अहिले नै हो मा हो मिलाउन खोजेन |
‘त्यो त ऊ जसरि नि हुन्छे | हो दाजुको आड पाउछे तर ऊ कमजोर हुन्छे भनेको होइन |’ मैना हाँसी | ‘दाजु भए दाजुसँग लाडिन्छे, जिस्किन्छे, अझ बढी माया पाउँछे पो भनेको त |’
‘त्यो त हो, मलाई नि लाग्छ मेरी बहिनी भएकी भए म कत्ति माया गर्थें होला उसलाई भनेर |’ अब दिवेश  घोरियो |
‘ल त्यसो भए पहिला छोरा अनि छोरी है त?’ मैनाको मुहारमा फेरी घाम उदायो |
‘हुन्छ हाम्रो इच्छा त्यहि भो | अब भगवानको मर्जी  |’ दिवेश  नि मख्ख पर्दै मैनालाई अँगालोमा बेर्यो | मैना लाजले भुतुक्क हुँदै मनमनै इश्वरलाई ढोग्दी भई |
साह्रै प्रसन्न मुद्रामा दिवेश  घर पुग्यो | मैना छोरोलाई स्तनपान गराउंदै थिई, एकोहोरो त्यो बालकको मुहार हेर्दै | त्यो बालकले उसको छाती चुस्दा, त्यो दुखाई अब दुखाई होइन, उसलाई त्यो प्रिय भएको थियो अनि आनन्दमा परिणत भएको थियो| छोराका  कोमल अंगहरु मैनालाई फूलका पत्र भन्दा नि नरम अनि सुन्दर लाग्न थाले  | काखमा टुपुक्क भएको त्यो शरीर उसलाई शरीर नभई आफ्नै मुटु सम्झन्थी | त्यो बालकले लामो श्वास लिँदा, शान्तसँग छाती उठ्दा र बस्दा मैनालाई यति आनन्द आउँथ्यो कि उसले त्यो स्वर्गीय सागरमा कति डुबुल्की मारी उसैलाई हेक्का छैन | ठीक त्यसै बखत दिवेश  घर पुग्यो | अनि त्यो सबै ऊ नियाली रह्यो | आज उसका हरेक सपना पूरा भएका छन्, ठीक उसकै अगाडि | ऊ पनि मग्न भएर त्यो आनन्दको सागरमा डुबी रह्यो |
‘के हेरेको त्यसरी?’, मैनाले लाजको पोको बिस्तारै फुकाउँदै सोधी | त्यस बखत उसले किन सरमको ओढ्ने ओढी, उसैलाई थाहा भएन |
‘थाहा छ मैना, जब मैले तिमीलाई पहिलो चोटि देखेँ तब तिमी जस्तो सुन्दर कोहि लागेन | तिमीमा बालापन थियो, हँसिली थियौ, चुलबुले थियौ | तिमीसंग प्रित बस्नु कुनै आश्चर्यको कुरा थिएन | बिस्तारै तिमी फक्रदै गयौ, अझ सुन्दर हुँदै |’ दिवेश  गम्भीर हुँदै गयो | ‘समयको चक्र घुम्दै जाँदा तिमी परिपक्क भएको हेरें, तिमी चन्चले केटीबाट एउटा जिम्मेवार युवती भएको पनि मैले देखेँ | तिमी जति बद्लिन्थ्यौ उति सुन्दर हुन्थ्यौ |’
दिवेशले यसो भनि रहंदा मैनाको मुटु ढुकढुक गर्दैथ्यो | आज ऊ किन यो सब भन्दैछ ऊ अनभिज्ञ छे | तर ऊ दिवेश लाई रोक्न नि चाहन्न किनभने उसका वाणी आकाशबाट पुष्पवर्षा भएझैं रोमान्चित गराउने खालको छ | उसलाई सुनी रहुँ लागेको छ | दिवेश  आज उसलाई बिशेष आकर्षक लागेको पनि छ किनभने दिवेशको आँखाको गहिराईमा उसले अविरल माया नै माया देखेकी छ | केवल उसको लागी |
‘हाम्रो बिहेको दिन जब मैले तिमीलाई दुलही भएर मेरो नजिक आउँदै गर्दा नियाँले, लाग्यो यो संसारमा तिमी जति राम्री न कोहि थियो न कोहि हुनेछ | त्यसपछीका दिनमा मैले तिमीलाई हरेक दिन अनेक रूप, रंग अनि अवतारमा देखेँ | हरेक चोटी तिमीले मलाई चोर्यौ | कयौं चोटि म तिमीमा लीन भएँ र तिमीमा हराएँ | तर तिम्रो सुन्दरता कहिले नि हराएन |’ दिवेश ले यति भन्दा मैनाको गह भरिएर आयो | आज उसका खुसीका लहर उर्लिएर आएको छ, कुनै बाँधले छेक्न नसक्ने गरी | मनको कुना देखि खुसी सोहोरिएर मैनाको दुई आँखामा आएर ढिल्पिल-ढिल्पिल गर्न लागे |
‘तर मैना..’, दिवेश  बोल्दै गयो | ‘त्यो सबै खुसीका पलहरु केहि होइन रहेछन् | संसारको सबै भन्दा खुसीको क्षण ती कुनै होइन रहेछन् |’  मैना थोरै झस्की |
‘प्रिय मैना, संसारको सबै भन्दा खुसीको क्षण र सबै भन्दा राम्रो दृश्य – ‘आमा”, यति भनेर दिवेश मुस्कुरायो |
खुसीले हरेक बाँध तोड्यो | मैनाको आँखाबाट खुसी बडा-बडा ढिका बनेर उर्लिदै बग्न थाले |

Pic courtesy: www.stjosephschoolaquem.net
Facebooktwitterredditpinterestlinkedinmail

समयको बन्धन भन्दा पर

म,
अहिले पनि कहिले-काँही
जान्छु मन्दिर परिसरमा
आफ्नो अतितमा रुमल्लिन |
जहाँ ऊ र म,
पहिले चढाउंथ्यौं
हाम्रो मायाको पवित्र फूल
देवताको चरणमा |
ऊ घण्ट बजाउंथी,
उसको नाम गुन्जायमान हुन्थ्यो |
दुई हत्केला जोडेर
शिर निहुराई
आँखा बन्द गरेर जब ऊ,
मनमनै,
ईश्वरसंग मेरो लागी खुसी माग्थी,
म पनि मेरो चोखो मनले
उसको सुखको कामना गर्थें |

अहिले पनि,
जब वर्तमान अतितको कल्पनामा
डगमगाउन थाल्छ,
म जान्छु मन्दिर प्राङ्गणमा
सम्झनाका पुष्पहरु
एक-एक गर्दै फुकाउँदै
भगवानको चरणमा अर्पण गर्छु |
कसैले घण्ट बजाइदिन्छ,
उसको नाम गुन्जिन्छ
चारै तिर… सबै तिर…

ठीक त्यो बखत,
भूत, वर्तमान र भविष्य
एउटै सागर बन्छ |
म पौडी रहन्छु,
निरन्तर,
समयको बन्धन भन्दा पर ||

pic source: neverletyoustealmyafterlife.tumblr.com

Facebooktwitterredditpinterestlinkedinmail

Annapurna Base Camp: A trek to cognizance



Last year, I vented my anger on facebook on how Dashain has been a total nuisance rather than an amusing festival. I reasoned how the time of Dashain could be more fruitful/fun if one opted to NOT celebrate the ‘monotonous’ Dashain and decide to visit our own beautiful Nepal in that period instead. This year, I decided to tail what I presented last year. I packed my bags and went for the Glory. Luckily, my parents did not coerce me to stay at home despite having just three members in the family. My exclusion in Dashain meant that Dad and mom had to sojourn at home in festive period without me. As a son, if I pictured the scenario from my parents’ stance I would definitely rate this Dashain as one of the bitterest Dashains. Dashain usually means family members being together, sharing-laughs, stories and precious moments. For my parents, it was complete contrast as their eldest son and his family were close only on skype and the other son was on his way to the mountains. He was definitely close yet so far. Thus, before leaving, I could picture how miserable my parents’ Dashain was going to be. 


Despite all those, I managed to place my feet outside the emotional zone. Four people including myself set out our journey to Annapurna Base Camp. Day 1 was from Kathmandu to Pokhara. We caught the bus from Kalanki (at 2:30 PM) and reached Pokhara around 9 PM. Day 2 started early (2 AM) from Pokhara. We caught the night bus to Nayapul. And started our genuine trek from there. It was Saturday morning and we walked 9-12 hours per day to reach ABC within Tuesday. Nayapul – Birethanti-Ulleri-Ghorepani in Day 2. Ghorepani-Poonhill-Ghorepani-Tadapani-Gurjhung-Chhomrong in Day 3. Chhomrong-Sinuwa-Bamboo-Dovan-Himalaya-Deurali in Day 4. Deurali-MBC-ABC- back to MBC- Deurali- Himalaya- Dovan- Bamboo in Day 5. Bamboo-Sinuwa-Chhomrong-Jhinu-New Bridge- Siwai in Day 6. Siwai – Syauli Bazar – Birethanti – Naya Pul – Pokhara- Kathmandu  in Day 7.


Reaching Annapurna Base Camp was not a walk in the park especially when you are among those who do not exercise in your daily life. Stairs from the bottom of the hill to the top was not a motivation either. Trek from Birethanti to Ulleri to Ghorepani was particularly challenging and eye opener about what our journey ahead consisted of. Stairs, Stairs, Stairs, more stairs and even more stairs. I have to say that the second day was hardly any fun. It was glum as I only loved walking in plain areas and downhill. But the uphill climbing via the stairs was what I despised most. And second day till we reached Ghorepani, it was all uphill climbing leaving some areas where it was fairly easy walk.

On the way to Ghorepani, we had glimpses of Machchhapuchhre Mountain. That majestic view and the delightful meal at Ulleri spurred our walk. It was from the third day that I started linking the trek with life. Everything in life and in trekking seemed to have carried the same message. Each step I took, I figured out more about life. It was like a meditation. The more my feelings went deep, the more I got ‘enlightened’. By enlightenment, I meant I became more aware to the things around me. The ‘good /wise’ person in me took over and I started visualizing life from a broader term. Trekking was getting the best out of me.

When I was at the foot of the hill, I saw the never ending uphill stairs welcoming me. My first and second days’ approach was all wrong. I always looked at the top and got demotivated (imagining the difficult climb ahead). Consequently, my body used to give up and no matter how long or short (easy or hard) path came my way, I got fatigued frequently and needed more rest or breaks. But that changed from the third day as I altered my approach. After that, I did not see the goal at the top of the mountain. I set small goals first. My goal was to climb the next stair I encounter. The destination was far away but my goals were always near. I did not have to hustle or be worried about my goal. All I did was welcome the next stair and complete my challenge. Aren’t the life goals be achieved that way? One step at a time? That way, I was always steady and I did not fear my goal. I kept on moving towards my destination with ease as my next goal needed exactly the same amount of effort that I put in achieving the previous one (which was not much). I have ambitions with life. Gigantic ones and they have often made me unnerved. I have always feared my goals with life. But now I know how I have to move towards them. I should stop lurching towards them. My steps should be placid and well weighed.

My own (new) approach to the destination/goals was a great motivation. But the motivation was at rife while trekking. Children below 10, elders above 65 were seen scaling their way to ABC. Not only that, porters with big loads were climbing uphill. Locals or not, habit or not, it’s never easy to carry heavy load and climb the hill. You see them and question yourself about the excuse you are making of being tired. The cool zephyr, clear weather, blue rivers with a magical sound directly from Himalayas, the beautiful scenes, exquisite smile of the snow-covered mountains, songs of birds and animals, the ‘homelike’ jungles and so many other things were inarguably the best of the motivations. But what trekking did to me was it helped me notice the simplest of things that went unnoticed in my daily life before.

The other thing that the trek taught me is to spread love even to the ones that you do not know. Thousands of tourists from all around the world trekked at the same time. Around 90% tourists greeted us with a smile and a ‘Namaste’. No matter how tired they were, no matter what, they always had something to say to us. If not, they offered a smile. While walking if they heard your shriek of pain, they would stop and ask if you were alright. People from different countries with different languages speaking one common language ‘love’, how beautiful is that? What difference did it make then? It made a huge difference. For the split seconds, you forget how bushed you are. ‘You smile at the world and the world will smile with you.’ Now imagine meeting one tourist every 3 seconds. In one minute, I smiled for 20 seconds. Meaning, the travelling was more pleasing. It’s not just about tourists. The locals treated us the same. They were ecstatic to see the local tourists and treated us very well everywhere. Considerable discounts were provided on the hotels and lodges. They conversed with us about our hometowns, our jobs, and studies and even shared a view about politics. Moreover, we shared love. Isn’t our lives lacking love? Are we loving enough? Haven’t we become too self-centered to even wave at our neighbour or smile at them? Aren’t we lacking the essence of life? How can we reap happiness when we sow revulsion in our heart? “Let us make one point, that we meet each other with a smile, when it is difficult to smile.” – Mother Teresa.

As I was edging close to the ABC, I went through the tremendous emotional turbulence. I was euphoric as well as hollow within. Some astounding feelings overwhelmed my heart and mind. I could hardly prognosticate the situation I was going through. I was dumbfounded. As I reached ABC, I figured out what was wrong with me. I wanted to stay there forever and at the same time, I wanted to come back home to my loved ones. I remembered my family: parents and siblings, I missed my beloved one and my buddies. I evoked all the sweets moments with them. Their laughs, smile and their certain reaction to magnificence. I recalled how they would react after they saw what was just inches in front of me (the Annapurna). How I wished they were there with me. I have been recluse most of my life. I love solitary. I avoid crowds. Even at my own home, I am always found inside my room alone. Thus, I was astonished (despite my nature) to fathom that I wanted to be with my loved ones to share my exhilaration. Mayhap, I comprehended the true meaning of happiness then. I thought of the quote from the book ‘Into the Wild’ by Christopher McCandless and smiled big. “Happiness only real when shared.” My travelling companions with me in the ABC discerned my smile. Little did they know the genuine reason behind it.

Facebooktwitterredditpinterestlinkedinmail

उपहार

अन्नपूर्णको लामो यात्रा अघि,
उसलाई मैले सोधेको थिएँ,
उपहार के चाहिन्छ भनि?
हप्तौं लामो यात्रा सम्झी,
केहि अमिलो मन पारी,
मनको भारी बिसाउँदै,
दबिएको आवाजमा,
रुन्चे हाँसो हाँस्दै
उसले भनेकी थिई,
‘न्यानो माया अनि…..’
‘अनि एक मुठ्ठी हिउँ |’

अन्नपुर्णको फेदमा पुगी,
न्यानो मायाको साथ
जब एक मुठ्ठी हिउँ उठाएँ
तब मेरो मायाको न्यानोपनले
हिउँ पग्ली गयो |
हिउँ संगै पग्ले
सारा अभिलाषाहरु
मेरा अनि उसका |

पग्लिएको हिउँलाई मैले
बाफ बनि उड्न दिएँ |
जब म न्यानो माया लिई
फर्कन्छु,
तब उसले मसँग
आफ्नो उपहार  माग्ने छे |
र म दिनेछु उसलाई उसको कोसेली
उसको हिउँ,
जो आकाशमा बादल बनी
बगिरहेको हुनेछ
अविरल |
ऊ जब-जब आकाशमा सेता हिउँ
हेर्नेछे,
र न्यानो प्रेमको अनुभूति गर्नेछे,
सायद तब-तब,
ती हिउँ पग्लेर उसका आँखाबाट
झर्नेछन् |

Facebooktwitterredditpinterestlinkedinmail

बेमौसमी याद

यो बेमौसमी वर्षाका
बाछिटाहरु
ओत लागी बसेको मलाई,
जानी-जानी जिस्काउन
आउँछन् |
लाग्छ,
यी पानीका थोपा होइनन्,
यी त उसका यादहरु हुन्,
पग्लिएर बर्सिंदै छन् सायद |

यी भिजेका प्यासी गल्लीहरु,
पत्र-पत्र फैलाएर
तनलाई नग्न बनाई
किन्चित बनेका फूलहरु,
कुना-कुना बाट सोहोरिएका
हाम्रो प्रेमको डुंगा बगाउने कुलोहरु,
कहाँ पाउन्न म उसलाई?
एक झर उसको याद,
जता-ततै फैलिएको छ |

कतै,
एक टुक्रा याद.
पग्लिएर तमाम तरुण युवतीहरुलाई
भिजाएको छ |
काँप्दै गरेका तिनका ओठ,
तिम्रोझैँ लाग्छ

चिसोले थरथराएका तिम्रा
ती ओठको ‘गर्मी’मा
मैले मेरो ओठ सेकाएको
सम्झना,
पानीको भेलसंगै सलल बग्छ |

प्रत्येक सम्झना,
प्रत्येक याद,
प्रत्येक बाछिटाले
यसरी पोल्छ कि मलाई,
मानौं,
यो बेमौसमी झरी
सायद,
मेरा सहस्र अश्रु त होइनन्?
नत्र,
बर्सिँदो झरीसंगै
यो मनको जलन,
यो राफ, यो ताप,
यो आफैंलाई डढाउने
ज्वालामुखी कस्तो?

-भाष्कर ढकाल
२०७२/०६/२७, अपरान्ह ४:१०

Facebooktwitterredditpinterestlinkedinmail