ऊ नै गोविन्द, म नै गोविन्द – मनै गोविन्द – सबै गोविन्द

ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।

छोराको गीत

तिमीले निकालेका हरेक वाणी हाम्रालागी गीत भन्दा प्यारो छ। हामीले सिकाएको दुईचार शब्द बोलिहाले पनि हामीले नबुझ्ने भाषामा तिम्रो दोहोरो संवाद जारी छ। एकमनले लाग्छ तिमी चाँडै ठूलो होऊ, चाँडै हाम्रो भाषा बोल्ने होऊ। अर्को मनले लाग्छ तिमी सानै भईराख, सरसपूर्ण कलिलो भाकाले हाम्रो जिन्दगीमा तिमी देववाणीमा गीत गाईराख। हाम्रो चाहना जेजस्तो भएपनि एकातर्फ परिवर्तनशील संसारको रीत छ, अर्को तर्फ तिम्रा सुनिरहूँ लाग्ने निश्चल गीत छ। यो कस्तो समय हो छोरा, जीवन प्रति अहिले नाप्नै नसकिने असीम प्रीत छ।

विभुको पहिलो शब्द

त्यो ‘ आ…मा..’ शब्द सुन्ने बित्तिकै तिम्री आमाको मुहारमा अलौकिक आनन्द र खुसी देखें । सायद तिमीले ‘ बाबा ‘ भनेर शब्द उच्चारण गरेको भए मेरो खुसी त्यो बिन्दुसम्म पुग्ने थिएन जति तिम्री आमाको पुगेको थियो।

निर्दोष बालापन

मेरो एउटा साथी थियो। नामले निर्दोष कामले फटाहा। यो कुरा हामी कक्षा ६, ७ र ८ हुँदाको हो। कक्षा ६मा म जिन्दगीमै पहिलो चोटी विद्यालय परिवर्तन गरी अर्कोमा गएको थिएँ। दोस्रो विद्यालयको पहिलो दिन, युनिफर्म नलगाएको कारण म असेम्ब्लीबाट निकालिएँ। असेम्ब्लीबाट निकालिनु पूर्व, मेरो नयाँ विद्यालयको नयाँ साथीसँग भेट भएको थियो। ऊ पनि विद्यालयको सिमेन्टको […]

ट्रेकिङ्ग/हाइकिङ्गको क्रममा हराउँदा {part 1}

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँकै डाँडा-काँडा हुन् या पर बिकटका ठाउँ या विश्वका जुनसुकै ठाउँ हुन्, जताततै – मान्छेहरुले बाटो बिराउने अस्वभाविक होइन | हाईकिङ्ग  र ट्रेकिङ्गका क्रममा हराएर बेपत्ता भएका सयौँ  मानिस यसका दृष्टान्त […]